मासिकचक्र महिलाहरुको नियमित जैविक प्रकृया हो । यो मानिसहरुमा मात्र होइन अन्य प्राणीहरुमा समेत हुने गर्दछ । यो प्राकृतिक विषयलाई हाम्रो समाजले सामान्य रुपमा लिनुपर्ने हो, तर जटिलता तर्फ धकेल्दै महिलाको जीबनलाई कठिन भन्दा कठिन बनाई रहेका छन् ।
नियमित मासिकचक्रलाई ‘महिनाबारी’ शब्दले सम्बोधन गर्नुले महिनामा एकपटक बार्नुपर्ने अर्थात असुद्धहुने भन्ने भाव दर्शाउँछ । त्यसैले रजस्वलालाई महिनाबारी भन्दा पनि मासिकचक्र भन्न उपयुक्त होला ।
नछुनेहुनु, परसर्नु, मैनाबारीहुनु, छुईहुनु शब्दले एउटै अर्थ दिन्छ कि महिलाहरु यतिबेला अपवित्र र अछुत हुने गर्दछन् । नेपालको कतिपय जिल्लाहरुमा अझै रजस्वलालाई छाउपडी प्रथाको रुपमा बार्ने प्रचलन कायमै छ ।
जसरी छाउपछि प्रथा राष्ट्रिय, अन्तराष्टिय चर्चा र चासोको विषय बनेको छ । त्यसरीनै अन्य समुदायमा कायम रहेको ‘महिनावारी’ प्रथालाई त्यति महत्व दिएको पाईदैन । समाजमा जरो गाडेर बसेको यो अन्धविस्वासले आजपनि महिलाहरुलाई खिल बनेर दुखाई रहेको छ ।
अझै उच्चशिक्षा हासिल गरेका, देश दुनियाँ बुझेका शिक्षित दिदीबैनीहरु आफैले,‘म त परसरेकी छु, भान्सामा जानु हुँदैन ।’ भनेको सुन्दा अचम्म मात्र होइन आजित लाग्छ ।
हैन महिलाहरुको रजस्वला असुद्ध हुनुको बैज्ञानिक कारण के हो ? यदि रजस्वला असुद्ध हो भने संसारका मानिसहरु सुद्ध कसरी हुन्छन् ? जबकि मान्छे बनेकै रजस्वलाको रगतले हो । रजस्वला भनेको महिलाहरुको प्राकृतिक सफाई प्रकृया हो ।
जुन एउटी केटी परिपक्व र स्वस्थ भएको संकेत हो । यदि कुनै बालिकाको छिटै मासिकचक्र सुरु भयो भने उनी संन्तान उत्पादनको लागि तयार भईन् भन्ने संकेत पनि हो । शरीरका विकार पदार्थहरु बगेर जाने कारण यो बेला महिलाहरुले आफुमा परिवर्तन आएको र आनन्दीत भएको महसुस गर्छन् । यो पाकृतिक रुपमा पवित्र प्रकृया सामाजिक रुपमा कसरी अपवित्र भयो ?
अशिक्षित बृद्ध पुस्ताको रुढीवादी सोचको विषय फरक हो । शिक्षित महिलाहरु जसले यस्तो सामाजिक ‘कु’ प्रथाको विरुद्धमा विद्रोह गर्नुपर्ने ठाउँमा जबरजस्ता सामाजिक विरासत धान्नमा गौरव गरेको देखिन्छ ।
रजस्वला भनेको महिलाहरुको शारीरिक परिवर्तनको एक सामान्य प्रकृया हो जसलाई बार्नु पर्दैन भनेर तर्क गर्दा हामीलाई लाई कु सस्कारी, धर्म छाडाको उपमाले गाली गरीन्छ ।
विभेदको ऐतिहासिक पृष्ठभुमी
जतिबेला प्राकृतिक विकासले मानिसलाई केहि चेतनाको अवस्थामा ल्याईपु¥यायो । त्यतिबेलाको अविकसित मानसिकलाले महिलाहरुको नियमित मासिक प्रकृयालाई सामान्य रुपमा स्वीकार गर्न सकेन र उनिहरु चकित परे ।
रगत बगेको देखेर डर, त्रास, आबेग र आश्चर्यले गाज्न थाल्यो । रजस्वला र प्रजनन्को कारण देखाई महिलाहरुलाई पुरुषहरु भन्दा जबरजस्त रुपमा कमजोर जस्तो देखाईयो । त्यतिबेलाको ऐन कानुन भनेकै धर्म थियो । धार्मिक गुरुहरु सबै महिला नभई पुरुषहरुनै थिए ।
चेतनाको अभावको कारण बगेको रगतलाई त्यसबेलाको महिलाहरुले व्यवस्थित तरिकाले सरसफाईमा ध्यान दिन सकेनन् । बगेको रगतलाई फोहोर पदार्थको रुपमा लिईयो । फोहोरी हुने कारणले उनीहरुलाई अपवित्र र असुद्ध हुने प्रथाकोको सुरुवात भयो ।
महिलाहरु फोहोरी हुन्छ् । कमजोर हुन्छन् र अर्काको साहारा नभई बाच्न सक्दैनन् भन्ने सोच जबरजस्ती रुपमा स्थापित गरियो । प्रजनन् र रजस्वलालाई लिएर हिन्दु धर्मले त झन् महिलाहरु माथि अत्याचारको डण्डानै बर्षाएको छ ।
जस्तो कि महिनाबारी नबार्नेलाई पापी भन्ने, सजाए दिने तथा सामाजिक बहिस्करण गर्ने सम्मका कृयाकलापहरु गरिए । यस्तै यस्तै सामाजिक प्रथाहरुको कारणले महिलाहरुलाई मानशिक रुपमा कमजोर बनाईयो ।
जो मानशिक रुपमा कमजोर हुन्छ ऊ खुलेर आउन र अन्यायको विरुद्धमा बोल्न र विद्रोह गर्न सक्दैन । जसले आफुलाई परेको अन्यायको विरुद्धमा बोल्न र विद्रोह गर्न सक्दैन ऊ स्वतः निम्छरो र कमजोर हुनेनै भयो । यसरी त्यतिबेलाको अविकसित मानशिकताले प्रचलनमा ल्याएको कुप्रथा आजसम्म हामीले भोग्नु परिरहेको छ ।
महिनाबारी ‘कु’ प्रथाले महिलाहरुमा पारेको दिर्घकालिन असरहरु
सुन्दा ‘महिनाबारी’ शब्द जति सामान्य छ, तर शाब्दीक रुपमा यो आफैमा विभेदी र सामाजिक रुपमा जठिल छ । विभेद र सामाजिक ‘कु’ सस्कर सुन्नेलाई सामान्य लाग्न सक्छ, तर भोग्ने र झेल्नेलाई मात्र थाहा हुन्छ यसको दर्द र पिडा । ‘क’ु प्रथा भनेको मानिसलाई बाच्न कठिन बनाउने प्रचलनन् हो । महिनावारी ‘कु’ प्रथाले महिलाहरुलाई बाच्न असाध्यै कठिन बनाई रहेको छ ।
सामाजिक असर
रजस्वला बार्नुपर्ने बाध्यात्मक परिस्थितिले पनि महिलाहरुलाई सामाजिक रुपमा जबरजस्त कमजोर स्थापित गरेको हो । जसरी एउटा परिवारमा सानो छदा छोरा र छोरीलाई समान रुपमा हुकाईन्छ । त्यसै गरी ठूलो हुँदै जाँदा जीवनशैली फरक हुँदै जान्छ ।
छोरीहरुलाई खुल्ला रुपमा समाजमा निधक्क बोल्ने र आफ्नो विचारहरु निर्धक्क रुपमा राख्ने छुट छैन । यसको कारण पनि उनीहरु जोमिनेसनमा पर्दै जान्छन् ।
छोराको तुलनामा कमजोर जस्ता देखिन्छन् । अरु को त के कुरा आफुलाई अब्बल दर्जाको माक्र्सवादी भन्ने र भौतिक विज्ञानलाई आत्मासाथ गर्छु भन्नेहरुलेनै यस्तो ‘कु’ प्रथालाई गम्भिरतापूर्वक लिएका छैनन् मात्र होइन यस्तै परे आफुलाई माक्र्सवादी भन्न रुचाउने नेत्रीहरु आफै रजस्वला बार्ने गरेको देखिन्छ ।
शारिरीक असर
महिनाबारी बानुपर्ने कारण पनि छोरीहरुमा विस्तारै शारीरीक रुपमा कमजोर छु भन्ने भनोविज्ञान बन्न जान्छ । उनीहरु शारीरीक रुपमा कठिक कसरतहरु गर्न डराउँछन् । जसको कारण शारीरिक रुपमा कमजोर बन्दै जान्छन् ।
केटाहरुका लागि जसरी खेलकुद सहज तरिकाले उपलब्ध हुन्छ । केटीहरुको लागि सहज हुन्न र उनीहरु स्वत डोमिनेसनमा पर्ने गर्दछन् । उता छोराहरुमा भने अर्को घमण्ड देखिन थाल्छ । जस्तो कि दीदी बैनीको तुलनामा आफु पवित्र ताकि कहिल्यै रजस्वला हुनु नपर्ने ।
उनीहरु भन्दा त म सुद्ध र खास मान्छे रहेछु भन्ने भावनाको विकास हुन्छ । परिबार र समाजका मान्छेहरुको व्यबहार पनि छोरा र छोरीमा भिन्नता हुने गर्दछ । अन्ततः सबै पक्षबाट केटाहरु बलिया, चोखा र केटीहरु कमजोर र अपवित्र भन्ने धारणा निर्माण हुन्छ र यहि व्यबहार समाजमा लागु हुन थाल्दछ । यसरी महिनावारी विभेदले पितृसत्तात्मक समाजलाई बलियो बनाउन मलजल गरिरहेको छ ।
मनोबैज्ञानिक असर
जसरी सामाजिक र शारिरीक रुपमा जबरजस्त केटीहरुलाई कमजोर पारिन्छ । त्यसको असर सिधासिधा रुपमा मनोबैज्ञानिक रुपमा पर्ने गर्दछ । समाजिक रुपमा लगाईने हरक लान्छना र बन्देजहरुको काराण पनि महिलाहरु मनोविबैज्ञानिक रुपमा डामिनेसनमा पर्ने गरेका छन् ।
हरेक काम गर्नको लागि आत्मा बल प्रमुख पक्ष हो । किसोरी अबस्थामा पुगेपछि केटीहरुले आफै महसुस गर्न थाल्छन् रजस्वला एक जटिल प्रत्रिया हो जसको कारण म आफैमा बन्देज र कमजोर छु । म महिला भएर जन्मनु मेरो दुभाग्य हो । मैले चोट र पिडाहरु सहनु पर्दछ । मैले कुनै विषय चित्त नबुझेपनि बोल्नु हुँदैन ।
जुन पक्षलाई सामाजिक कुरीति र कु प्रथाले पहिलेनै कमजोर पारी सकेको हुन्छ । केटीहरुमा विस्तारै आफु निक्कै कमजोर रहेको । एक्लै बाच्न नसक्ने र बाच्नैको लागि पनि कसैको सहाराको जरुरी पर्छ भन्ने सोचले घर गर्ने गर्दछ । परनिर्भर मानशिकता आफैमा घातक विषय हो ।
0 Comments