सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

गहना र फेसनले विगारेका महिला


टिकटक, युटुब तथा सामाजिक संञ्जाल चियाउँदा लाग्छ अब त महिलाहरु धेरै स्वतन्त्र भैसके छन् ।   आहाँ ! दिदीबहिनीहरुको सान । पुरुष भन्दा केही कुरामा पनि कमी त छैनन् । झलक्क देख्दा खुसी पनि लाग्छ । झनै पहिरनमा देखिने बोल्डनेसले त सामाजिक विभेदबाट उत्पन्न हुने पीडा र बेदनाबाट महिलाहरु कत्ति छिट्टै माथि उठिसकेछन् । अब त विशेष अधिकार र महिला मुक्तिका ऐजेण्डाहरु सार्थक भैसके छन् । पितृसत्ता निक्कै नै कमजोर भएछ । अब समानता र महिला अधिकार प्राप्तिको लडाईमा समय खर्चने दिन गए । 

तर वास्थविकता अर्कै छ । सोचेभन्दा निक्कै फरक । महिलाहरु बाहिर देखिए जस्तो स्वतन्त्र छैनन् । सभ्यताको नाममा हुने बन्धन र स्वतन्त्रताको नाममा हुने अराजकता दुवै चिज महिला अधिकारको  लागि घातक पक्ष हुन् । एकातिर सामन्ती संस्कारले महिलालाई सन्तान उत्पादन गर्ने मेसिन मात्र ठान्दछ । यो सस्कारले महिलाहरुलाई सब्य र सुसिल बनाउने नाममा झञ्झटिलो गहना र पहिरनले पसु सरह घरको चौघेरा भित्र बाँधेर  राख्दछ । अर्कातिर पुँजीवादी सस्कृतिले महिलालाई बोल्ड बनाउने नाममा पुँजीकृत गर्दै फेसनको होडबाजीमा फसाई साधन बनाएर प्रयोग गर्छ । र प्रयोग गरेपछि नकाम बनाएर फाल्छ । 

समय सँगै बदलिएका महिलाका आवस्यकता र चाहनाहरु । फेरीएको सामाजिक परिबेस र जीवनशैली झट्ट हेर्दा सामान्य जस्तो लाग्न सक्ला । तर यसले महिलाका शारिरीक, मानशिक र आर्थिक पक्ष कसरी ध्वस्त बनाईरहेको छ भन्ने विषय भने पक्कै सामान्य होईन । 

आज संस्कार, संस्कृति, रितिरिवाज र चालचलन मात्र परिमार्जित भएका छैनन् । यसलाई अपनाउने महिलाहरुका तरिका बदलिएका छन् । पुजीवादले महिला स्वतन्त्रताको केही पाटोलाई निश्चित हदसम्म खुकुलो पारे जस्तो छ लाग्छ । तर यसले नयाँ तरिकाले शोषण गरीरहेको विषय थाहानै नहुन सक्छ ।  

नेपाली महिलाहरुको चेतनास्तर आज पनि सोचेजति विकसित हुन सकेको छैन । समयसँगै फेरिएको फेसनमोह, बाक्लिदै गएको गरगहना व्यापार, मौलाउँदै गएको उपभोक्तावादी प्रवृत्ति यसको बलियो उदाहरण हो । यसले महिलाका अधिकार र स्वतन्त्रतालाई मजबुत बनाउने भन्दा पनि पितृसत्तात्मक चिन्तनलाई नै थप मलजल गरेको छ । 

सक्षम, स्वतन्त्र र स्वनिर्भर महिलाहरु गहना र फेसन मोहमा भुल्दैनन् । उनीहरुले परिवार र समाजलाई एकिकृत गरी बाँधेर राख्छन् । तर पुजीवादी सस्कृतिले बोल्ड बनाएका महिलाहरुको कारण आज परिबार र समाज विखण्डित भैरहेको छ । पुँजीवादले महिलाहरुलाई सवल, सक्षम र प्रतिस्पर्धी बनाएको छैन, बरु फेसन, श्रृगार र गहना मोहमा फसाएर क्रमशः कमजोर र परनिर्भर बनाएको छ । 

आज मुख्यतयाः पहिरनको क्षेत्रमा देखिएको दुईवटा अतिवादले हाम्रो जीवनशैलीलाई झन जटिलतातर्फ उन्मुख गराई राखेको छ । एकथरि महिलाहरु साडी, गरगहना, चुरा, पोतेमा सजिएर जीवनशैलीलाई नै भद्धा र जटिल बनाई रहेका छन् । अर्का थरि महिलाहरु स्वतन्त्रताको नाममा अंग प्रदर्शन हुने पहिरन लगाउन पाउनुमा आफुलाई स्वतन्त्र र अधिकारसम्पन्न भएको भ्रममा बाचिरहेका छन् ।  

यी दुवै अतिवाद महिला अधिकारको खिलापमा छन् । एकातिर बढ्दो आधुनिकतासँगै भित्रिएको फेसनको छाडापन । अर्कोतिर यथास्थितिवादी सोचको कारण कायम रहेको अन्धविस्वास, रुढीवादी परम्परा दुवैले महिलाको अधिकार खोसिरहेको छ । दुवै अतिवादले महिलालाई मान्छेको रुपमा नहेरी वस्तु वा मेसिनको रुपमा प्रयोग गरिरहेको छ ।  

मान्छेलाई सुन्दा सामान्य लाग्ला । तर पहिरन र गहना फेसनको बहस सतहमा ल्याउनु अति आवश्यक छ । पहिरनले नै मान्छेको दैनिक जीवन सहज बनाउने कि जटिल भन्ने विषयमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । आर्थिक पक्षमा होस् वा जीवनयापनको पक्षमा, मानसिक होस् वा शारिरिक सशक्तताको पक्षमा । फेसनले मान्छेको पाइला पाईलामा बाधा र अवरोध सृजना गरिरहेको हुन्छ । खास गरी महिलाहरुले लगाउने, भद्धा फेसन, साडी, गरगहना र अग्ला हिल भएका चप्पलले महिलाको जीवनशैलिलाई गरुङ्गो र असहज बनाउँछ । र छोटा र अंग प्रदर्शन गर्ने कपडा पनि महिला स्वास्थ्यको लागि फाईदा जनक होइन । 

यो यथार्थ हो कि पहिरनकै कारण पनि कतिपय महिलाहरु पुरुषको तुलनामा प्रतिस्पर्धामा आउन सकेका छैनन् । पहिरनले नै मान्छेको जीवनमा सोझो असर पारिराखेको हुन्छ । काम र श्रममा विस्वास गर्ने हामीहरुलाई पहिरनमा पनि छिटोछरितो र सहजता हुनु आवश्यक छ । वर्षौदेखि महिला पछाडि पर्नुको एउटा गुदी कारण यो पनि हो ।  समाजको बन्धन, संस्कृतिको बन्धन, परिवारको बन्धन, त्यसमाथि पनि पहिरनको बन्धन । यी सबै बन्धनहरु पार गरेर बाहिर निस्कृनु र सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा प्रतिस्पर्दामा उत्रनु महिलाको लागि फलामको चिउरा चपाउनु भन्दा पनि कठिन बनेको पहिरनको कारण पनि एक हो । फेसन र गहना मोह पनि हो महिलालाई असक्षम र कमजोर बनाउने कारण । 

स्वतन्त्रता र समानताले नै मान्छेको सृजनात्मक क्षमता बढाउँछ । उत्साहित, उत्प्रेरित र परिश्रमी महिलाहरु कहिल्ये फेसन र गहनाको होडबाजीमा फस्दैनन् । उनीहरु जीन्दगीलाई आत्मनिर्भर, क्षमतावान् र  स्वाभिमानि बनाउन तर्फ मिहेनत गर्छन् । 

वर्षौदेखि खोसिएको अधिकारको परिपूर्ति गरी जुनसुकै क्षेत्रमा पनि क्षमता र योग्यताको प्रतिस्पर्धामा सफल हुन पहिले त महिलाहरुले जीवन शैली बदल्नु पर्छ ।  आफै सचेत हुने हो भने कसैसँग अधिकार माग्न आवश्यकता नै पर्दैन । न समावेसी, समानुपातिकको नारा घन्काई रहन आवश्यक पर्छ । न दिनरातको महिला हिंसा र उत्पीडनको कथा, व्यथा सुन्न, भोग्नु र पढ्नु बाध्य हुनुपर्छ ।  

त्यसैले पछिल्ला दिनहरुमा मौलाउँदै गएको गरगहना र फेसन संस्कृति परिवर्तन गरौँ । यसले बर्गीय खाडललाई झनै फराकिलो पार्दै लगेको छ । फेसन र गहना मोहकै कारण महिलाहरु असुरक्षित छन् । मानिसले त सधंै प्रगति र उन्नतिको बाटो रोज्नु पर्दछ । महिला अधिकारको कुरा गर्दै फेसन, गरगहना अल्झिएर समय बर्बाद गर्नु भनेको काँसीको यात्रा, राँचिको बाटो समाते जस्तै हो । 

अब महिलाहरुले रितिरिवाज र पहिरनमा पनि छिटोछरितो, सजिलो र सभ्य संस्कृतिको विकास गर्नु आवश्यक छ । मनोवैज्ञानिकका अनुसार लवाई, हिडाई, वोलाई तथा दैनिक जीवनशैलीले नै मानिसको मानशिक विकासमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । 

फेसन र गहनाको उपभोक्तावादमा फसेको भए पक्कै अल्बर्ट आइस्टाईन, ग्यालिलियो बैज्ञानिक बन्ने थिएनन् ।  माक्र्स दार्शनिक बन्ने थिएनन् ।  गान्धी स्वतन्त्रताको सेनानी बन्ने थिएनन् ।  न्युटन जस्ता माहान् मान्छेहरु उपभोक्ताबादमा फसेर समय बबार्द गरेको भए पक्कै यस धर्तिलाई सुन्दर आविस्कार दिन सक्दैन थिए । पुँजीवादी उपभोक्ताबादमा फसेको भए मेकमिलनले साइकलको आविस्कार गर्न सक्दैन थिए । ब्रिगेटरले घडीको आविस्कार गर्न सक्दैन थिए होला । मार्कोनीले रेडियोको आविस्कार गर्न सक्दैन थिए । अलेक्जेन्डरले ग्राह्म वेलले टेलिभिजनको आविस्कार गर्न सक्दैन थिए होला । वोरभिल र ज्याकोभले हवाईजहाजको आविस्कार गर्न सक्दैन थिए होला । यसैगरी अरु धेरै वैज्ञानिकहरुले उपभोक्तावादमा फसेका भए धेरै चिजको आविस्कार गर्न सक्दैन थिए होला । 

त्यसैले सबैले श्रम र मेहनतमा विस्वास गरांै । सबैले आफ्नो क्षमताको पहिचान गरौं । पहिरन र खानपानले नेपाली नारीहरुलाई सृजनशिल बनाओस्, स्वाभिमानी बनाओस् । योग्य र क्षमतावान् बनाओस् । झनै भद्धा र असुरक्षित नबनाओस् । महिलाको सुँन्दरता पहिरन र गरगहनामा होइन, क्षमता, योग्यता र जीवन शैलीमा खोजौँ । 




Post a Comment

0 Comments