सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

सामाजिक संजालको दुरुप्रयोग र सुरक्षा चुनौति

 


सामाजिक संजाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया गर्न र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी संजालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन् । जसमा फेसबुक, इन्स्टाग्राम, ट्विटर, लिंक्डइन, टिकटोक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी संजालहरूले व्यक्तिहरूलाई एकसाथ जोड्न, सामाजिक राजनीतिक, सांस्कृतिक, र मनोरञ्जनीय सामग्री प्राप्त गर्न र साझा गर्न मद्दत गरीरहेका छन् ।

सन् २०२२ मा, फेसबुकले सार्वजनिक  गरेको आँकडा  अनुसार विश्वमा २.९ अर्ब (२९० करोड) मानिसहरू यसका सक्रिय प्रयागकर्ता  रहेका छन्। सन् २०२२ मा, युटुबले पनि आफ्नो प्रयोगकर्ता सार्वजनिक गर्यो । जसको आँकडामा लगभग २.१५ अर्ब (२१५ करोड) मानिसहरू यसको सक्रिय प्रयागकर्ता रहेका छन्। युटुबले विश्वभरि विभिन्न धर्म, सांस्कृतिक, विज्ञान, मनोरञ्जन, शिक्षा, र अन्य क्षेत्रमा सामग्री प्रसारण गर्दछ। यसले लोकप्रियता, विस्तार, र प्रभावमा विश्वभरि पहुँच प्राप्त गरेको छ।

यसै गरी अन्य सामाजिक संञ्जालहरुको  प्रयोग  कर्तालाई हेर्ने हो भने पनि त्यतिकै व्यापक रुपमा  विस्तार  भैरहेको  छ । जस्तो कि टिकटोक प्रयोगकर्ता आँकडामा लगभग ९.५ अर्ब (९५० करोड), इन्स्टाग्राम  प्रयोगकर्ता लगभग १६ अर्ब (१६०० करोड), लिंक्डइन प्रयोगकर्ता आँकडामा लगभग ७.५ अर्ब (७५० करोड), टम्ब्लर प्रयोगकर्ता लगभग ५७ मिलियन (५.७ करोड), रेडिट प्रयोगकर्ता आँकडामा लगभग ४७ करोड रहेको छन् ।

यसले के प्रमाणित गर्दछ भने आजको दुनियाँमा  कुनै पनि मानिस सोसल मिडियाबाट अछुतो छैन ।

आज दुनियाँको जुनसुकै कुनामा रहेर पनि मानिसले एक्लो  महसुस  गर्न पर्दैन  । ऊ सामाजिक संजाल प्रयोग गर्छ भने यसै मार्फत समुहमै रहेको हुन्छ । आफ्नो विचार अनुभव र जीवनका हाँसो, खुसी, दुःख, समस्या सियर गरीरहेको हुन्छ ।

आज हामीले प्रत्यक्ष देखि राखेका छौँ । जीवनको कठिन अवस्था  झेलीरहेका  मानिसहरुलाई सामाजिक संञ्जाल मार्फत नै सहयोग जुटाउने र प्रदान गर्ने काम समेत भईरहेको छ । भुकम्प, बाढी, पहिरो, आगजनी जस्ता प्राकृतिक प्रकोपको बेलामा समेत सामाजिक सञ्जाल मार्फत विश्वभरीबाट राहत सहयोग संकलन गर्ने र वितरण गर्ने काम समेत भईरहेको छ 

यस्तो लाग्छ  सुचना र संचारको दुनियाँ भनेको यो युगको अद्भुत क्रान्ति हो । यस मार्फत नै मानिसहरुले कठिन भन्दा  कठिन कार्यहरु सहज रुपमा गरीरहेका छन् । राजनीतिक संगठन र सामाजिक  गतिविधिलाई क्रियाशिल बनाईरहेका छन् । कति मानिसले सामाजिक संजाललाई व्यवसायिक प्याटफमको  रुपमा समेत प्रयोग गरिरहेका छन् । यसले व्यापारीहरुलाई अधिक लाभ समेत  प्रदान गरिरहेको छ 

यसका अलवा सामाजिक सञ्जालले मानिसलाई विचार तथा अनुभव साझा गर्न सक्षम बनाईरहेको छ । सामाजिकीकरण हुन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । साथै मानिसहरु बीचमा विश्वभरी पहुँच विस्तार गराईरहेको छ    विभिन्न भेषभुसा र  भाषाहरू मार्फत संस्कृतिक रुपमा  जोडिरहेको छ 

ज्ञान विज्ञान विस्तार गर्न, शैक्षिक सामाग्री उत्पादन गर्न, साझा गर्न र साक्षात्कार गर्न  समेत सघाई रहेका छ । कतिपय मानिसहरुले सामाजिक सञ्जाललाई बजार व्यवस्थापन अनुसंधान, ब्रान्डिङ र ग्राहक सेवाका रूपमा समेत प्रयोग गरीरहेका छन् । यसले ल्याएको खुलापनले र मनोरञ्जनका लागि उपयुक्त सामग्री प्रदान गरीरहेको छ ।

विडम्बना सामाजिक सञ्जालका यावत् किसिमका फाईदाहरु हुँदाहुँदै पनि यसको उचित किसिमले प्रयोग नगर्दा आजभोली सामाजिक संजालको दुरुपोग बढ्दै गएको छ र  आजको दुनियाँलाई ठूलो चुनौति थपेको छ ।

सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले आजभोली पत्रकारीता जस्तो मर्यादिन पेशा माथि नै प्रश्न उठ्न थालको छ । जस्तो कि गलत संदेश प्रसारण र छाडा र अपाच्य दृष्यहरुको प्रचार प्रसार । पत्रकारीताको सामान्य नीति नियमको समेत ख्यान  नगरी गरीने गलत समाचार सम्प्रेषण

बढ्दो साईबर अपराध जसले विना कारण मानिसको जीवनमा समस्या  सृजना गरीरहेको छ । मानशिक समस्या निम्त्याई रहेको छ । दिनप्रतिदिन आत्माहत्याका घटनाहरु  घटिरहेका छन् । अनावस्यक आर्थिक  भार थापिरहेको छ । तथा कतिपय मानिसहरुलाई शरीरिक रुपममा  समेत दुःख दिईरहेको छ । सामाजिक सञ्चालको प्रयोगले गर्दा हत्या, हिंसा, बलात्कार, हपहरण, चोरी, डकैति जस्ता अपराधिक घटना समेत घटीरहेको छ ।

कतिपय टिनेजर उमेरका केटाकेटीहरु सामाजिक सञ्जाल मार्फत नजिक हुने, प्रेममा पर्ने, पढाई विगोर विवाह गर्ने जस्ता कारणले  परिवारीक पारीवारीक समस्याहरु समेत निम्ति रहेको छ । कतिपय मानिसले सम्पर्क गर्ने, सम्बन्ध बढाउने, विभिन्न किसिमका लोभलालच देखाउने कालान्तरमा सामाजिक सञ्जाल मार्फत ब्लाकमेलिङ् गर्ने । डर धम्कि देखाएर पैसाको बार्गेनिङ्ग गर्ने जस्ता कु कार्य समेत गर्दै आएको देखिन्छ । 

सामाजिक संञ्चालको बढ्दो प्रयागले मानिसहरुको समयको दुरुपयोग समेत गरीरहेका छन् । कति आवश्यक काममा समेत बाधा सिर्जना गरीरहेको छ । कतिपय मानिसहरुको दैनिक जीवनमा समेत असर पारीरहेको छ  । विद्यार्थीहरु पढ्ने समयमा समाजिक संजाल चलाएर समय खेर फालिरहेका छन् । गृहणीहरुमा समेत यसको तल बस्न थालेको छ । पारिवारीक जीवन नै लथालिंग हुने गरी यसको दुरुपयोग बढेको छ ।

यसका अतिरिक्त डाटा प्राईवेसीमा चुनौती थपिरहेको छ । सामाजिक संजालमा  उपलब्ध जानकारीहरुले पनि कतिपय गोपनियताहरु भंग गरीरहेको छ । जसको कारण व्यक्तिगत डाढाको गलत प्रयोग हुन सक्ने चुनौति रहन्छ । कतिपय अपराधिक घटनाहरु घटाउन समेत यसले सहयोग गर्ने गरेको यथार्थ समेत सार्वजनिक भएका छन् । 

सामाजिक संजालको दुरुपयोग कसरी नियम र नियन्त्रण गर्ने ?

मानिसहरुलाई राज्य तथा  सम्बन्धित नियमनकारी निकायहरुले नै सामाजिक संजालको सकारात्मक र नकारात्मक प्रभावको बारेमा शिक्षित  र जागरुक बनाउन जरुरी छ । यस्ता सामाजिक संजाल तथा  प्लेटफर्महरुले नै आफ्नो सेवाको नीतिहरु तथा  सुरक्षा मापदण्डहरु व्यवस्थापन  गर्नुपर्छ प्रयोग कर्तालाई पालना गराउन लगाउनु पर्दछ ।

प्लेटफमहरुले नै उपयोगकर्ताहरूलाई उनीहरूको व्यक्तिगत डाटाको सुरक्षित र गोप्य राख्ने मार्गहरू प्रदान गर्नुपर्छ। साथै  सकारात्मकता, समर्थन, र सम्बन्ध निर्माणका लागि सामाजिक संजालमा सकारात्मक संवादको लागि प्रोत्साहन गर्नुपर्छ।

सामाजिक संजालमा निगरानी, बुद्धिमत्ता, र सामाजिक प्रतिष्ठाको बारेमा प्रयोगकर्ताहरूलाई शिक्षित बनाउने उपायहरू उपलब्ध गराउनुपर्छ। उपयोगकर्ताहरूलाई निजी तथा सुरक्षित राख्ने लागि कम्प्युटर सेक्युरिटीको बारेमा शिक्षा दिनुपर्छ। सामाजिक संजालले व्यवहार विकारको पहिचान गर्न र दुरुपयोगलाई जाँच गर्नका लागि अभियानहरू सञ्चालन गर्नुपर्छ।

चाहे जेसुकै भएपनि सुचना र संचारको विकास आजको दुनियाँको अद्भुत उपलब्धी हो । आजको दुनियाँमा हामी विज्ञान र प्रविधिको यति ठूलो विकासलाई  नकारेर बाच्न सक्दैनौँ । जसको बढीभन्दा बढी सदुपयोग गर्न  सक्नु नै  आधुनिक दुनियाँको रफ्तारमा दौडिन सक्नु हो ।

विज्ञानको यो विशाल उपलब्धीलाई हाम्रा पुर्खाहरुले न देख्न पाए न सुन्न पाए । त्यो  कालो  युगमा जन्मिए, कालै युगमा वितेर गए । सायद उनिहरुले कल्पना समेत गरेका थिएनन् होला एक दिन यो विश्व एउटा सानो गाउँ हुने छ भनेर । कहिल्यै महसुस पनि गरेका थिएनन् होला ओछ्यानमै बसेर सात समुन्द्र पारीको प्रियजन सँग घण्टौँ गफिन सकिन्छ भनेर । आजको  यो  स्वर्णिम युग देख्न सम्म पाएका भए कति धन्य हुने  थिए होलान् ती मान्छेहरु ।

हिजोको अध्यारो दुनियाँ र आजको झिलिमिली दुनियाँ दाजेर हेरौन । साँच्चै कति स्वर्णीम युगमा  बाच्न पाएका छौँ हामी । एउटा पत्र लेखेर सम्बन्धित मान्छेको हातमा पर्नको लागि महिनौ कुर्नु कुर्नु पर्ने त्यो  जमाना अनि विश्वको जुनसुकै ठाउँबाट पनि सेकेण्ड भरमा भावना साटासाट गर्न पाईने आजको यो दुनियाँ । हिजोका हाम्रा  पुर्खाहरु त्यो कालो युगमा कति कष्टकर जीवन बाँचेका थिएँ होलान् । जहाँ न उज्यालो थियो न सञ्चार थियो । एक  ठाउँबाट अर्को ठाउँ जान समेत महिनौ पाईताला खियाउनु पथ्र्यो । यस मानेमा  हामी कयौ गुणा भाग्यमानी छौँ ।

निश्कर्ष

त्यसैले यो सोशल मिडिया प्लेटफर्महरूलाई सकारात्मक र परिपक्व उपयोगमा संलग्न गराउनको लागि नकारात्मक प्रभावहरूको नियन्त्रण गरौँ । जसका लागि लागि सशक्त कार्यक्रम र नीतिहरू अवलम्बन गरौँ ।

कामना गरौ यो भाग्यले हामी आफैलाई नपोलोस् । विज्ञानको यो अद्भुत विकासले हामी आफैलाई नखाओस् । यसले प्रेमिल दुनियाँ निर्माण गरोस् । जीवन जीउन अझै सहज बनाओस् ।

Post a Comment

0 Comments