सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

ई लाईबेरी

 


आख्यान

आख्यान भन्नाले कुनै कथा, गथन, वा किस्सा भन्ने सम्झनु पर्छ। यसले कुनै घटनाको वर्णन गर्दछ, जसले सुन्ने वा पढ्ने मानिसहरूलाई मनोरञ्जन गराउँछ र सिक्षा प्रदान गर्दछ। यसमा कथा, किस्सा, लोककथा, नेपाली मौलिककथा, उपन्यास, कविता, लघुकथा, र कथाश्रेणीको विभिन्न प्रकारहरू समावेश हुन्छन्।

२ साहित्य

साहित्य भन्नाले लेखकको भाषामा मनोवैज्ञानिक, सामाजिक, धार्मिक, सांस्कृतिक, व्यक्तिगत, वा कल्पनात्मक अनुभव, विचार, र भावनाहरूको अभिव्यक्ति हो। यसले कविता, कथा, उपन्यास, नाटक, गध्यकाव्य, लेख, निबन्ध, गीत, लघुकथा, आफ्नो अनुभव, विचार, र अध्ययनको विषयहरूमा आधारित हुन सक्छ। साहित्यले समाज, संस्कृति, तथा मानवताको अवलोकन गराउँछ, र यसले व्यक्तिगत रूपमा तथा समूहको रूपमा मानवीय अनुभवहरू साझा गर्दछ।

३ साहित्यका उद्देश्यहरु

कुन उद्देश्य पूरा गर्नका लागि साहित्य लेखिन्छ, त्यो नै सुरुदेखि आजसम्मको विवाद र बहसको मुख्य विषयवस्तु हो । पूर्वीय सभ्यताका चिन्तक, विद्य्वान र अध्येताहरु पश्चिमा संस्कृतिका अन्वेषकहरुले साहित्यको प्रयोजनबारे आदिकालदेखि आजसम्म फरक– फरक धारणा प्रकट गर्दै आएका पाईन्छन् ।

४ विश्व साहित्यको छोटो इतिहास

विश्व साहित्यको इतिहास हेर्दा विभिन्न युगहरुमा मानिसको विकास सँगै साहित्यको पनि विकास भएको पाईन्छ । इतिहासको विभिन्न समय र कालखण्डहरुमा भिन्न–भिन्न राज्यको अनुभव, प्रतिस्पर्धा, विद्रोह, आर्थिक परिवर्तन, धार्मिक परंपरा, तात्विक उत्थान, राजनीतिक परिवर्तन र वैज्ञानिक खोजको परिणामका रुपमा साहित्य प्रतिविम्बित हुने गर्दछ ।

       प्राचीन साहित्य

विश्व साहित्यको आदिम कालमा, बारम्बार सुहाएका प्राचीन संस्कृतिक केन्द्रहरुमा, जस्तो कि मिश्र, मेसोपोटामिया, ग्राक, रोमन, चीनिया, भारतीय, अरबी र इन्का र आन्टेक सिविलाईजेसन्समा साहित्यिक रचनाहरु विकसित भएका थिए । 

६.मध्यकालीन साहित्य

मध्यकालीन युगमा, युरोपमा साहित्यको विकास भएको थियो । जस्तो कि रोमन्स, गाथिक कथाहरु, आर्थरियन लेजेन्डहरु, र चौपाईकविता । मध्यकालिन युगमा युरोपमा पुनर्जागरण काल थियो । जसमा रचनात्मक पुनर्जागरण, विज्ञान, तात्विकता, राजनीतिक निर्माण क्षेत्रमा प्रभावशाली थियो ।

७.आधुनिक साहित्य

१८ औँ र १९ औँ शताब्दीमा, उत्तर अमेरिका, युरोप, जापान र पूर्वी एसियामा आधुनिक साहित्यको विकास भयो । जसले औषत मानिसको जीवन सम्बन्धी धार्मिकता, विचार र भावनाहरुलाई विशेष रुपमा प्रतिबिम्बित गरेको थियो ।

८. साहित्यिक विद्रोह

२० औँ शताब्दीमा, मानव इतिहासको भिन्न–भिन्न क्षेत्रमा साहित्यिक विद्रोहका रुपमा असर पारका थिए । यसमा मोर्डालिजम, पोष्ट–मोर्डालिजम, फेमिनिस्म जस्ता आन्दोलनहरु समावेश भएका थिए ।

९. आधुनिकताको युग

यस युगमा विज्ञान, प्रविधि, तात्विकता र सामाजिक परिवर्तनले साहित्यिक रचनात्मक क्षेत्रहरुमा महत्वपूर्ण परिवर्तनहरु ल्याएका थिए ।

१०. नेपाली साहित्यको इतिहास

साहित्यको इतिहासलाई सामाजिक–सास्कृतिक मुल्य मान्यताहरुका कालजन्य तथ्यहरुको शङ्खलाबद्ध अनुसन्धानको परिणाम मान्न सकिन्छ । सामान्य इतिहास मानिसको अतीतको कथा हो भने साहित्य इतिहास साहित्यकारकोस् सास्कृतिक चिन्तनबाट प्राप्त कृतिका सामाजिक प्रभावहरुको खृङ्खलाबद्ध कथा हो । 

कल विभाजनलाई इतिहास लेखनकलाको अनिवार्य शर्त मानिएकाले इतिहासकारहरुको ध्यान यसतिर आकर्षित भएको देखिन्छ । तर प्रत्येक इतिहासकारको दृष्टिकोण आ–आफ्नै किसिमको छ र प्रत्येक इतिहास एउटा निश्चित मापदण्ड अनुसार हेर्ने गरेको पाईन्छ ।

११ नेपाली साहित्यको काल विभाजन

नेपाली भाषाको इतिहास निकै पुरानो छ तापनि नेपाली साहित्यको इतिहास भने त्यति लामो छैन । नेपाली साहित्यको काल विभाजन सम्बन्धमा इतिहासकारहरुले फरक फरक धारणा राखेका छन् । जस अनुसार अधिकांश विद्धानहरुले निम्न लिखित त्रिकालिक अवधारणालाई अगाडि सारेको पाईन्छ ।

नेपाली साहित्यको प्राथमिक काल (वि.सं. १८२६–१८७२)

यो अवधिमा नेपाली साहित्यको औपचारिक सुरुवात भएको मान्छ सकिन्छ । जसलाई विभिन्न धारामा विभाजन गरेर अध्ययन गर्न सकिन्छ ।

१२ वीरधारा(वि.सं.१८२६–१८७२)

सुवानन्ददासद्धारा लिलित पृथ्वीनारायण शीर्षक कविताबट प्राथमिक नेपाली साहित्यको प्रारम्भ भएको देखिन्छ । सुवानन्ददासका बारेमा निश्चित जानकारी प्राप्त छैन् । यिनको एउटै मात्र कविता पृथ्वीनाराणण हो । कल दीक्षितले सबभन्दा पहिला यसलाई प्रकाशनमा ल्याएको पाईन्छ । नेपाली भाषामा पहिलो हुने सौभाग्य पाएको प्रस्तुत कवितामा ध्वनितात्विक विशषेताहरुको पनि समावेश देखिन्छ । शक्तिवल्लभ अर्याल यसकालका अर्का कवि हुन् । यिनी पृथ्वीनाराण शाहका राजपुरोहित थिए भन्ने भनाई छ

१३ भक्तिधारा(वि.सं.१८७३–१९४०)

प्राथमिक नेपाली साहित्यको प्रारम्भमा स्मृतिकाव्यले विशिष्ट स्थान लिएको देखिन्छ भने परवर्ती समयमा भक्तिकाव्यको वर्चस्व रहेको पाईन्छ । यस कालमा दुईवटा धाराले अग्रगति लिएका छन् । कृष्णभक्ति धारा र रामभक्ति धारा । कृष्णभक्ति धाराका कविहरुमा इन्दिरस, विद्ययारण्य केशरी अर्याल, वशसन्त शर्मा यदुनाथ पोखरेल, रघुनाथ भट्ट पोखरेल, पतञ्जली गजु¥याल, रहेका देखिन्छन् भने रामभक्ति धाराका कविहरुमध्ये भानुभक्त आचार्य नै सर्वप्रमुख रहेका पाईन्छन् ।

त्यसै गरी निर्गुण भक्ति धाराका कविहरुमा उदय लहरीका रचयिता ज्ञानदिल दासको नाम अग्र स्थानमा रहेको दृष्टिगत गर्न सकिन्छ । १७७३ देखि १९३९ सम्मको समयलाई भक्तिकाल मानिन्छ ।

१४ प्राथमिक नेपाली कथा

(वि.सं. १८२७ देखि १९५७ सम्मको समयावधिलाई नेपाली कथाको प्राथमिक काल भनिन्छ । अहिलेसम्मको खोज अनुसन्धानका आधारमा शक्तिवल्लभ अर्यालद्धारा लिखित महाभारत विराट पर्व(१८२७) नेपाली साहित्यको पहिलो आख्यानात्मक कृति हो ।

१५ प्राथमिक नेपाली उपन्यास(वि.स.१८२७–१९४५)

नेपाली उपन्यासको इतिहासलाई हेर्दा विक्रम सम्वत् १८२७ देखि १९४५ सम्मको समयावधिलाई नेपाली उपन्यासको प्राथमिक काल भनिन्छ । यो नेपाली उपन्यासको पृष्ठभूमि काल पनि हो । यसरी प्राथमिक कालीन नेपाली उपन्यासको इतिहासलाई हेर्दा शक्तिवल्लभ अर्यालको महाभारत विराटपर्व(१८२७) नेपाली उपन्यासको सर्वप्रथम प्रारम्भ विन्दु ठहरीएको छ ।

१६ प्राथमिक नेपाली नाटक(वि.सं.१८५५–१९४३)

विक्रम सम्वत १८५५ देखि विक्रम संम्वत १९४३ सालसम्मको समयावधिलाई नेपाली साहित्यको प्राथमिक काल भनिन्छ । शक्तिवल्लभ अर्यालद्धारा संस्कृतबाट नेपालीमा अनूदित हास्यकलम्व(१९५५) नाटकलाई नेपाली नाटकका प्रारम्भ विन्दु मानिएको छ । यस नाटकमा चत्रि, अभिनय, सम्बादजस्ता नाटकीय तत्वको उपस्थिति रहेको पाईन्छ । यसपछिको अर्को अनूदिन कृतिमा भवानीदत्त पाण्डेको मुद्राराक्षस(१८९२ तिर) रहेको देखिन्छ । नेपाली नाटकको प्रारुप निर्माणका लागि यी कृतिहरु महत्वपूर्ण मानिन्छन् । यो समयावधि भाषामा नाटक अनुवादको थालनीका रुपमा परिचित छ ।

१७ माध्यमिक नेपाली कविता(वि.सं.१९४१–१९७४)

वि.सं. १९४० देखि नेपाली कविता साहित्यको माध्यमिक काल प्रारम्भ भएको पाईन्छ भने यसै कालमा सृङ्गारिक धाराको उदय र चरमोत्कर्ष भएको देखिन्छ । यस कालका प्रतिनीति कवि मोतीराम भट्ट(वि.सं.१९३३–१९५३) हुन् । अग्रेजी शिक्षा प्राप्त कवि मोतीराम भट्टले नेपालीमा गजलको श्रीगणेश गरेर नेपाली कवितामा शृङ्गारको परम्परा बसालेका हुन् । समस्यापूर्तिको चलन चलाएर यिनले नेपाली साहित्यका निम्ति उपयुक्त प्रेरक वातावरणको सिर्जना गरेको देखिन्छ । एउटा काधँमा गद्य साहित्य र अर्को काँधमा पद्य साहित्यलाई बोकेर हिड्ने एउटै मोतीराम प्रकाशक, पत्रकार, नाटककार, जीवनी लेखक, समालोचक, कवि र भाषसेवी पनि हुन् । प्राथमिक कालमा मुलतः पद्य साहित्यको वर्चन्व रहेको पाईन्छ भने माभ्यमिक कालमा गद्य र पद्य दुवैको सन्तुलित विकास भएको देखिन्छ । नेपाल एकीकरणको आरम्भदेखि मोतीराम भट्टको उदयकालसम्म १३८ वर्षको अन्तरालमा निकै गद्य कृतिहरु फेला परेका छन् । तर गद्य फाँटका साहित्य विधाहरु फस्टाएको चाहिं मोतिरामकै पालादेखि हो ।

१८ माध्यमिक नेपाली कथा(वि.सं. १९५८१९९१)

विक्रम संम्वत १८७२ देखि १९९० सम्मको समयावधिलाई नेपाली कथा साहित्यको माध्यमिक काल भनिन्छ । आजसम्मको खोज अनुसन्धान अनुसार पिनासको कथा(वि.सं. १८७२) नै पहिलो नेपाली कथा ठहरिएको छ ।

१९ माध्यमिक नेपाली उपन्यास(वि.सं. १९४६–१९९०)

शिभदक्त शर्माको वीरसिक्का(१९४६) बाट नेपाली उपन्यासको माध्यमिक काल सुरु भएको देखिन्छ । यस कृतिमा आँख्यानगत विशेषताहरु निकै रहेका पाईन्छन् । वीरसिक्का पछि प्रेमसागर, बेतालपच्चिसी, बहत्तर सुधाको कथा, नलोपाख्यान, विदुला–पुत्र संवाद जस्ता कृतिहरु आएका देखिन्छन् । यी कृतिहरु मुल संस्कृतबाट नेपाली अनुवाद गरिएका हुन् । संस्कृतको प्रभाव परेका यसपछि आएका कृतिहरुमा राप्रसाद शर्माको गायक चरित्र र महासती अनसुया, माधव प्रसाद शर्माको उषाचरित्र, नित्यानन्द सिग्द्यालको नलदमयन्ती, विष्णुचरण श्रेष्ठको भीष्म प्रतिज्ञा, ऋद्धि बहादुर मल्लको शर्मिष्ठा जस्ता कृतिहरु रहेका पाईन्छन् ।

२० माध्यमिक नेपाली नाटक(वि.सं.१९४४–१९८५)

विक्रम सम्वत् १९४४ देखि १९८५ सम्मको समयावधिलाई नेपाली नाटकको माध्यमिक काल भनिन्छ । माध्यमिक नेपाली कविता र आख्यानजस्तै माध्यमिक नेपाली नाटक पनि शृङ्गारिक प्रवृत्तिकै देखिन्छन् । मोतिराम भट्टद्धारा लेखिएको पाहिलो नाटक शकुन्छला(१९४४–१९४८) हो भने अर्को नाट प्रियदर्शिका(१९४८) हो । उनले लेखेका ५ वटा नाटकहरुमा प्रियदर्शिका मात्र अहिले उपलब्ध छ । यस समयका अर्का नाटककार हुन् सम्भुप्रसाद ढुङ्गेल(१९४६–१९८६) । यिनी यस समयावधिका महत्वपूर्ण लेखक हुन् । शकुन्तला(१९७२–१९७३) लगायत यिनका पाँचवटा नाटक उपलब्ध छन् । ढुङ्गेल पछिका अर्का नाटककार पहलमानसिंह स्वार(१९३५–१९९१) हुन् । माध्यमिक कालीन नाटकको इतिहासमा स्वार पनि महत्वपूर्ण मान्छिन् । यिनका सातवटा उपलब्ध नाटकमध्ये अटलबहादुर(१९७२) महत्वपूर्ण मानिन्छ ।

२१ माध्यमिक नेपाली समालोचना

नेपाली साहित्यमा माध्यमिक काल भए तापनि समालोचनाका सन्दर्भमा चाहिँ यो समय प्रारम्भिक चरण मानिन्छ । हरिहर अधिकारी । मोतीराम भट्ट नेपाली समालोचनाका प्रवर्तक तथा प्रथम समालोचक हुन् । कवि भानुभक्त आचार्यको जीवन चरित्र नामक समालोचनात्मक कृतिबाट भट्टले समालोचना विदाको प्रारम्भ गरेका हुन् ।

२२ कविता भनेको के हो ?

कविता भन्नाले विशेष रूपमा व्यक्त गरिएको भावनाहरू, अनुभवहरू, र विचारहरूको शैलीमा लेखिएको साहित्यिक कृति हो। यसमा रचनात्मकता, संवेदनशीलता, औपचारिक रचनात्मक शैली, छनौट र अर्थात्मकता आदि समावेश हुन्छ। कविता लेखन विभिन्न विषयमा भएको अनुभव, विचार, भावना, अर्थ, तथा वातावरणको ब्याख्या गर्न सक्छ। यसले समाजको सामाजिक, सांस्कृतिक, धार्मिक, र राजनीतिक विषयमा अभिव्यक्ति गर्दछ र अक्सर सुन्दरता, उत्कृष्टता, र विचारपूर्णताका कारण प्रशंसा पाउँछ।

२३ नेपाली कवितामा परिस्कारवादी धारा (१९५७–१९९०)

मुख्यतः कवितामा भाषा, शैली र संरचनाका कमजोरीहरु हटाई त्यसको परिष्कार, भावको परिष्कार, मानवीय मनका चारित्रिक, नैतिक एवंआध्यात्मिक चेतनाको परिष्कार परिष्कारवादी धाराका मूल प्रवृत्ति हुन् । आधुनिक नेपाली कवितामा यस धाराको प्रारम्भ लेखनाथ पौड्यालबाट भएको हो

परम्परागत शास्त्रीय छन्दहरुलाई समातेर त्यसमा थप परिष्कार र निर्माण समेत गर्दै अघि बढेका चन्द्र प्रसाद न्यौपाने, डिल्लीरमण शर्मा, अज्र्याल, भुवनहरि सिग्देल, बलदेव गाउँले, बुनु लामिछाने, प्रल्हाद पोखरेल, घनश्याम कँडेल, देवी नेपाल, हरि खनाल, नवराज लंसाल, डा, रमेशचन्द्र अधिकारी आदिको भूमिका वर्तमान समयमा ज्यादै महत्वपूर्ण देखिन्छ । 

२४ नेपाली कवितामा स्वच्छन्दतावादी धारा(वि.सं. १९९१–२०१६)

स्वच्छन्दतावाद शब्द अङ्ग्रेजी ९च्यmबलतष्अष्कm०को नेपाली रुपान्तरण हो । वैयक्तिकता, स्वच्छन्द अभिव्यक्ति बौद्धिकताको घेराबाट मुक्ति, काल्पनिकता, भावुकता, प्रकृतिप्रेम, सौन्दर्यप्रति विशेष आकर्षण, कृत्रिमताबाट मुक्ति आदि स्वच्छन्दतावादी धाराका प्रमुख विशेषता हुन् । आधुनिक नेपाली कविताको विकासमा यस धाराको महत्वपूर्ण योगदान रहेको छ । यो परिष्कारको विरुद्धमा आएको आन्दोलन हो ।

२५ नेपाली कवितामा प्रयोगवादी धारा(वि.सं.२०१७–२०२९)

कथ्य र शिल्प दुबै दृष्टिले नवीनतम् साहित्यिक आन्दोलनका रुपमा लिईने प्रयागवाद पश्चिमी साहित्य जगन्मा प्रचलित स्वच्छन्दतावादी प्रवृत्तिलाई अस्वीकार गरी वस्तुपरक ढङ्गले अघि सारिएको साहित्यिक पष््रयोगकने नयाँ अवधारणा हो । यो प्रयोगवादी धाराका नामबाट नेपाली साहित्यमा परिचित छ । यसधाराका कविताहरुमा विसङ्गत जीवन, निस्सार एवं शुन्य अभिव्यक्ति, परपरागत भाषा–व्याकरणको बेवास्ता दुर्बोध्य एवं विशृखलित भावसंयोजन विम्ब र प्रतीकको अधिक प्रयाग आदि प्रवृत्तिगत विशेषता भेटिन्छन् ।

२६ नेपाली कवितामा समसामयिक धारा (वि.स २०३० देखि यता )

यस धाराले समाजको विभिन्न पक्ष, दुःख, सुख, प्रेम, विरह, राजनीति, संघर्ष, आत्माविश्वास र सामाजिक परिवर्तनको बारेमा उजागर गर्दछ । यी कविताहरुले नेपाली भाषा साहित्यको विकास र समृद्धिलाई मध्यनगर गर्दछ । सामाजिक, राजनीतिक, धार्मिक र व्यक्तिगत विषयलाई छलफल गर्दछ र नयाँ सोचलाई पोत्साहन प्रदान गर्दछ । यसले नेपाली समाजलाई आधुनिकता, अभिबृद्धी र संघर्षको अनुभव गराउँछ ।

२७ कथा भनेका के हो ?

कथा भन्नाले कुनै घटनाको वर्णन गर्ने काव्य, गध्य, वा नाटक हुन सक्छ। यसमा कुनै पनि घटनाहरू, चरित्रहरू, स्थलहरू, र समयको वर्णन गरिन्छ जसले अध्ययन गर्ने वा आनन्दित हुने मानिसहरूलाई मनोरञ्जन प्रदान गर्दछ। यसमा एक कथाको संरचना, प्लट, वातावरण, व्यक्तित्व, विवेचन, र भावनात्मक अर्थ छनौट गर्न सक्छ। कथाले अधिकांशतः कुनै सन्दर्भमा कुनै सन्दर्भमा निर्मित गरिएको अनुभव, विचार, वा दृश्यको विवरण प्रस्तुत गर्दछ।

आधुनिक नेपाली कथा(वि.सं. १९९२ देखि हालसम्म)

२८ सामाजिक यथार्थवादी धारा

सामाजिक यथार्थवादी धाराको प्रारम्भ विक्रम सम्वत १९९२ देखि भएको हो । यस धारामा रहेर कथा लेखनको प्रारम्भ गर्ने पहिलो कथाकार गुरु प्रसाद मैनाली हुन् । उनको नासो(१९९२) कथाबाट यस धाराको प्रारम्भ भएको पाईन्छ । आदर्शोन्मुख भएर नेपाली समाजको चित्रण गर्नु, सामाजिक मूल्य र मान्यताको यथावत् चित्रण गर्नु समाजमा रहेका कुप्रथा, सङ्कीर्ण रुढि तथा अन्ध विश्वासको विरोध गर्नु, नारी वर्गको दयनीय जीवन र प्रताडनामा बाँच्नु पर्ने विवश कथाव्यथाको चित्रण गर्नु, सामाजिक विकृत र विसङ्गतिको चित्रण गर्नु जस्ता कुराहरु यस धाराको मूल प्रवृत्तिका रुपमा रहेका छन् ।

२९ मनोवैज्ञानिक यथार्थवादी धारा

आधुनिक नेपाली कथाको मनोवैज्ञानिक यथार्थवादी धारा विभिन्न मनोवैज्ञानिक सिद्धान्तहरु र अध्ययनको आधारमा निर्माण गरिएको छ । यस धाराले मानवमनको भित्री अन्तरदृष्टि, भावनात्मक अवस्था, मनोवैज्ञानिक प्रक्रिया र सामाजिक परिवर्तनका सन्दर्भमा कथाहरुलाई अध्ययन गर्दछ । यसले कथाहरुको कथा बाचन, पात्रहरुको मनोवैज्ञानिक विश्लेषण र सामाजिक परिवर्तनको प्रतिकूलनलाई गहिरो रुपमा छान्ने प्रयास गर्दछ ।

यो धारा मुख्यतः मानव मनको अध्ययनमा लागू हुने विभिन्न सिद्धान्तहरु र अध्ययनको प्रयोगमा आधारित छ । यसमा सामाजिक, राजनीतिक, आर्थिक, औद्योगिक र पारिवारीक परिस्थितिहरुको प्रभाव, मानवीय संवन्ध र सामाजिक प्रतिकूलताहरुलाई प्रमुखतः अध्ययन गरिन्छ । यसले कथाहरुलाई मानवमनको भित्री समस्याहरुको परिधिको रुपमा व्याख्या गर्दछ र मानवमनको अस्तित्व र संघर्षको विभिन्न आयामहरुलाई प्रकट गर्दछ ।

३० प्रगतिवादी धारा

प्रगतिवादी धारा आधुनिक नेपाली कथाको सशक्त धारा हो । यसलाई आलोचनात्मक यथार्थवादी धारा पनि भनिन्छ । समाजमा व्याप्त विकृतिबाट समाजलाई मुक्त पार्ने अपेषा राख्नु, विसङ्गति, कुरीति, अन्धविश्वासप्रति तिखो व्यङ्ग्य गर्नु, शोषण सहित समाजको चाहना राख्नु, सामन्ती मनोवृत्तिको भण्डाफोर गर्नु, धनी वर्गको दुष्प्रवृत्तिप्रति घृणा व्यक्त गर्नु, अन्याय, अत्याचार आदिको यथार्थ चित्रण गर्नु जस्ता कुराहरु यस धाराका प्रमुख उद्देश्य एवं विशेषता हुन् । २००७ सालको क्रान्ति पश्चात् नेपालमा प्रगतिवादी धारा देखा परेको हो ।

३१ प्रयोगवादी धारा

साहित्य र रचनाको परम्परागत मुल्य र मान्यतालाई तोडेर नयाँ पद्धतिको अवलम्बन गर्नु प्रयोगवाद हो । यसले कथ्य र शिल्प दुबैमा नयाँ खोजी गर्छ । नेपाली साहित्यमा प्रयोगवादी कथा लेखनको प्रारम्भ गर्ने ईन्द्र बहादुर खाई हुन् ।

३२ समसामयिक धारा(वि.सं.२०३६ देखि हालसम्म)

विक्रम संम्वत २०३६ पछिको कथा लेखन काललाई समसामयिक धारा भनिन्छ । यस धारा अन्तर्गत लेखिएका कथाहरु समसामयिक कथाका रुपमा चिन्छिन् । यस धाराका कथाहरुले नेपाली कथालाई वैश्विक सन्दर्भ सँग जोड्ने कार्य गरेका छन् । सामाजिक जीवन मुल्यको स्थापना, जीवनको यथार्थ र सत्यको प्रस्तुति, सामाजिक विकृति र विसंङगतिप्रति व्यङ्ग्य जस्ता कुराहरु यस धाराका कथागत प्रवृत्ति हुन् ।

३३ उपन्यास भनेको के हो ?

उपन्यास भन्नाले लम्बा काव्यात्मक कृतिमा व्यक्त गरिएको कथालाई उल्लेख गर्दछ। यसमा विभिन्न पात्रहरू, स्थलहरू, र समयको वर्णन गरिएको रहेछ। उपन्यासले घटनाक्रम, कथा, र व्यक्तित्वको विकास र बदलावलाई विस्तारपूर्वक अवलोकन गर्दछ। यो लामो काव्यात्मक कृति अवधिमा बारम्बार प्रकाशित हुने भएको रहेछ। उपन्यासले नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ।

आधुनिक नेपाली उपन्यास(वि.सं. १९९१ देखि हालसम्म)

३४ आदर्शोन्मुख यथार्थवादी धारा

जीवनको यथार्थ घटनाको चित्रण गरी जीव्न यस्तो हुनुपर्छ भन्नु आदर्शवाद हो । आधुनिक नेपाली उपन्यासमा रुद्रराज पाण्डेको रुपमति उपन्यास(१९९१) एउटा महत्वपूर्ण कोशेढुङ्गा हो । यसैबाट आधुनिक नेपाली उपन्यास र आदर्शोन्मुख यथार्थवादी धाराको प्रारम्भ भएको पाईन्छ । घटना, पात्र र परिवेशको यथार्थ चित्रण गरी अन्तिममा नियतिका सहारामा आदर्श स्थापना गर्नु यस धाराको प्रमुख उद्देश्य हो । यस धाराको केन्द्रीय उपन्यासकार पनि रुद्रराज पाण्डे नै हुन् ।

३५ स्वच्छन्दतावादी धारा

वैयक्तिकता, काल्पनिकता, विद्रोहात्मकता, भावुकता, प्रकृतिप्रेम, कृतिमताबाट मुक्ति जस्ता कुराहरु स्वच्छन्दतावादी धाराका मूल प्रवृत्ति हुन् ।

३६ सामाजिक यथार्थवादी धारा

जनजीवनका संस्कार, रहनसहन, आचरण, व्यवहार आदिको इमानदारीताका साथ यथातथ्य वर्णन गर्नु सामाजिक यथार्थवादी धाराको प्रमुख विशेषता हो । आधुनिक नेपाली उपन्यास परम्परामा लैलनसिंह बाङ्देलको मुलुक बाहिर(२००४० को प्रकाशनसँगै सामाजिक यथार्थवादी उपन्यासको प्रारम्भ भएको पाईन्छ ।

३७ ऐतिहासिक यथार्थवादी धारा

इतिहासका वास्तविक पात्र तथा घटनाको चित्रण गरी लेखिएका उपन्यासहरु ऐतिहासक यथार्थवादी उपन्यास हुन् ।

३८ अति यथार्थवादी धारा

पुराना र परम्परागत रुढि एवं व्यवस्थाहरुलाई पूर्ण अस्वीकार गर्दै प्रचलित नैतिक मुल्य र मान्यताको तीव्र विरोध गर्नु अतियथार्थवाद हो । यसलाई स्वचालित लेखन पनि भनिन्छ । जसरी मानिसले सपनामा देखेका कुराहरु तारतम्यविहीन हुन्छन् । त्यस्तै तारतम्यविहीन ढंङ्गमा रचना प्रस्तुत गर्नु स्वचालित लेखन हो ।

३९ आलोचनात्मक यथार्थवादी धारा

आलोचनात्मक यथार्थवादले शोषण र उत्पीडनको विरोध गर्छ । पूँजीवाद र शक्तिप्रतिको विराध, निन्दा र कटु आलोचना गर्नु आलोचनात्मक यथार्थवादको प्रमुख उद्देश्य हो । यस किसिमको साहित्यमा साहित्यकार आलोचनात्मक दृष्टिका रुपमा प्रस्तुत हुन्छ ।

४० मनोवैज्ञानिक÷मनोविश्लेषणात्मक यथार्थवादी धारा

मानिसका अन्तर्मूखी तथा बहिमुखी प्रबृत्तिको चित्रण गर्नु, मानसिन विकृति र विसङ्गतिको चित्रण गर्नु, आन्तरिक द्धन्द्धको चित्रण गर्नु मनोविश्लेषणात्मक यथार्थवादी धाराका मुलभुत विशेषता हुन् ।

४१ प्रकृतिवादी धारा

प्रकृतिलाई सर्वोपरी मानी प्राकृतिक नग्नताको चित्रण गर्नु प्रकृतिवादको पहिचान हो । यसबाहेक मानवको जीवन भोगाइको कुरुप पक्षको चित्रण गर्नु, मानिसका कामेच्छा र पासविक प्रवृत्तिको नग्न चित्रण गर्नु प्रकृतिवादी धाराका प्रमुख प्रवृत्ति हुन् ।

४२ विसङ्गतिवादी धारा

परम्परागत लेखन पद्धतिर्ला अस्वीकार गर्नु, मानव जीवनका सारहीनता, निरर्थकता, शुन्यता, पृथकता, मुल्यहीनता जस्ता कुराको चित्रण गर्नु, नवीन शिल्प संरचनाको प्रयाग गर्नु, विसङ्गत काव्यात्मक भाषाको प्रयोग गर्नु, नवीन शिल्प संरचनाको प्रयोग गर्नु, विसङ्गत काव्यात्मक भाषाको प्रयोग गर्नु विसङ्गतिवादी धाराको प्रमुख प्रबृत्ति हुन् ।

४३ अस्तित्ववादी धारा

मनिसको जन्म, मृत्यु, कुण्ठा, सन्त्रासआदिको सही अर्थ र सही अस्तित्वको खोजी गर्नु, मानिसको विसङ्गत जीवनमा पनि अस्तित्वको खोजी गर्नु, स्वैरकल्पनामा र चेतना प्रवाह शैलीको प्रयोग गर्नु, मानिसलाई जीवनको नवीन अर्थ र मुल्यको खोजीतिर उनमुख गराउनु अस्तित्वावादी धाराका प्रमुख विशेषता हुन् ।

४४ प्रगतिवादी धारा

समाजमा हुने  गरेको अन्याय, अत्याचार, शोषण, दमन र सामाजिक विभेद जस्ता क्रियाकलापको अन्त्य गरी त्यहाँ समानता कायम गर्ने उद्देश्य राख्नु प्रगतिवाद हो । यसलाई समाजवादी यथार्थवाद पनि भनिछ । यो धारा दवन्द्वात्मक भौतिकवादी दर्शनवाट प्रभावित छ । यसले क्रान्ति र सामाजिक परिवर्तनप्रति गतिशील दृष्टिकोण राख्छ ।

४५ प्रयोगवादी धारा

परम्परागत मूल्य र मान्यतालाई तोड्दै नवीनता र गतिशीलताको खोजी गर्नु प्रयोगवाद हो ।

४६ काव्य भनेको के हो ?

काव्य भन्नाले साहित्यिक कृतिहरू जसमा विशेष ध्यान दिइने भाषामा बनाइएका कल्पनात्मक र अभिव्यक्तिशील रचनाहरूलाई जनाउँछ। काव्यमा शब्द, अर्थ, ध्वनि, छनाई, चित्रण, र अनुभूति संगत अभिव्यक्ति गरिन्छ। यसमा भावनात्मकता, सौन्दर्य, र अनुभवको ब्याख्या गर्न सकिन्छ। काव्य विभिन्न रूपमा हुन सक्छ, जसमा कविता, गजल, छन्द, भजन, आदि समावेश हुन्छन्। काव्यमा साहित्यिक, सांस्कृतिक, र व्यक्तिगत भावनाहरूलाई अभिव्यक्त गर्न सकिन्छ।

४८            कृति भनेको के हो ?

कृति शब्दले कुनै कार्य, रचना, वा सिद्धान्तको संक्षेपमा जनाउँछ। यस शब्दले विविध क्षेत्रमा विभिन्न अर्थ र अर्थानुसार प्रयोग हुन्छ। साहित्यिक अर्थमा कृति शब्दले कुनै कविता, नाटक, उपन्यास, लेख, गीत, कला, संगीत, विज्ञान, तथा विज्ञानको कुनै विशेष कृतिको सामाग्री वा निर्माण गरिएको कार्यलाई संक्षेपमा जनाउँछ। त्यसैगरी, सामाजिक रूपमा कृति शब्दले कुनै कलाकृति, सिद्धान्त, कार्य, योजना, नीति, विचार, र विचारधारा आदि पनि सूचित गर्दछ।

नेपालका केही चर्तित साहित्यकारहरु

४९ भानुभक्त आचार्य

१८७१ असार २९–१९२५ असोज ६० एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए। आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए। उनलाई आदिकविको उपनामले सम्मान गरिएको छ। स्रोत विकिपिडिया

५० लक्ष्मीप्रसाद देवकोटा

उनी एक नेपाली कवि तथा साहित्यकार थिए। उनको जन्म वि.स १९६६ कार्तिक २७ गते लक्ष्मीपुजाको दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो । उनको निधन वि.स २०१६ भाद्र २९ मा भएको थियो। उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन्। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् ।

५१ मोतिराम भट्ट

मोतीराम भट्ट नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए।

मोतीराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरेस भट्टले नै संवत् १९४८मा कवि भानुभक्तको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ। स्रोत विकिपिडिया

५२ लेखनाथ पौड्याल

लेखनाथको जन्म बाबू दुर्गादत्त र आमा वसुन्धरा पौड्यालको जेठा छोराको रूपमा वि.स १९४१ पुष शुक्ल एकादशीको दिनमा भयो । १५ वर्षको उमेर पुगेपछि मात्र उनको अक्षर सिक्ने प्रक्रिया अघि बढ्यो । उनले घरैमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए। पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढे। उनले आफू साहित्य लेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए, त्यही ईख र दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमा उनलाई पुर्‍याएको मानिन्छ।

दश वर्षको उमेरसम्ममा उनले आफ्नो गाउँमा नै संस्कृतको प्रारम्भिक शिक्षा ग्रहण गरे। १५ वर्षको भए पछि आफ्नो अध्ययन अघि बढाउन उनी काठमाडौँ आए, काठमाडौँमा आएपछि केही समय तीनधारास्थित संस्कृत छात्रावासमा बसेर उनले संस्कृतको थप अध्ययन गरे। यहाँ बस्दा नै उनमा कविता सिर्जनाप्रति विशेष चाख जागृत हुँदै गयो। तीन वर्ष पढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिन गए, तर उनी असफल भए।

उनको बनारसबाट प्रकाशित सुक्तिसुधा र कविताकल्पद्रुमुमा नेपाली र संस्कृत भाषामा कविता छापिए। साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे।

पौड्याल पठनपाठनमा नभएकाले बरालिन पनि थाले। त्यही क्रममा उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदै तराईको वीरपुर पुगे। त्यहाँ पनि उनले काम नपाएपछि उनी भौतारिदै भारतको आसामतिर लागे। त्यसैबीच उनीसँग राममणि आदीको सम्पर्क भयो। घटराज भट्टराईका अनुसार त्यसैताका हलन्त बहिष्कार अभियानमा आचार्य र पौडयालको सहमति बन्यो। पछि राममणि राणाका दरबार घुस्रेपछि पौडयाल उनलाई पछ्याउँदै काठमाडौँ आए। तर सुरुका दिनमा उनले काठमाडौँमा राम्ररी टेक्ने ठाउँ भेटेनन्। पछिचाहिँ उनले भीमशमशेर जबराका नातिहरू पढाउने जागीर पाए। राणाका सन्तान पढाउन थालेपछि पौड्यालको बिहान बेलुकाको गर्ज पनि राम्ररी टर्न थाल्यो। त्यही समय उनले आफ्नो काव्यात्मक व्यक्तित्वलाई पनि पालिस गर्ने अवसर पाए। उनको कविता पढेर नै भीमशमशेरले उनलाई हजुरिया बनाए। तर जुद्धशमशेर श्री ३ भएपछि पौडयालको शिरमा बल्लबल्ल लागेको घाम पनि अस्तायो।

 

 

उनी बनारसबाट नेपाल आएपछि नेपाली भाषामा कविता सिर्जना गर्ने क्रम तीव्र रूपमा अघि बढ्न थाल्यो। यसैबीच १९६१ सालमा उनकी धर्मपत्नीको निधन भयो। उनीमाथि अर्को पीडा थपिन पुग्यो। वि.स. १९६१ देखि १९७२ सम्म विभिन्न किसिमका विरह, वेदना, छटपटी, अभाव, वैराग्य आदिले उनलाई नराम्ररी गाँजेको थियो। यस अवस्थामा अत्यन्त विरक्त भएर उनी छप्कीवास र मुग्लानसम्म पनि पुगे। यसैबीच १९७२ सालमा उनको भेट स्वर्गद्वारी महाप्रभुसँग हुन गयो। लेखनाथ जोगी बन्ने मनशायले त्यहाँ पुगेका थिए। स्वर्गद्वारी महाप्रभुले उनलाई हरेक तरिकाले सम्झाए। उनको मार्गदर्शनबाट उनले जोगी बन्ने मनशाय चटक्कै छाडिदिए। आफूलाई कर्मशील तुल्याउनुपर्ने आवश्यकता बुझे। उनको जीवनपद्धतिमा ठूलो परिवर्तन देखा पर्न थाल्यो। यसैबीच उनले सत्यदेवीसँग विवाह पनि गरे। स्रोत विकिपिडिया

५३ गोपालप्रसाद रिमाल

गोपाल प्रसाद रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिन्छन् । काठमाडौँको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल निकै प्रतिभावान् व्यक्तिका रूपमा परिचित छन् । उनको आमाको सपना कृतिका लागि उनलाई २०२० सालको मदन पुरस्कार प्रदान गरिएको थियो । उनी वि.स. २०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भए । छन्दमा लेख्ने परम्परालाई तोडेर गद्यमा कविता लेखेका हुनाले उनी क्रान्तिकारी कविका रूपमा पनि परिचित छन् । थोरै लेखेर धेरै प्रख्यात कमाउने साहित्यकारहरू मध्ये उनी पनि एक हुन् । स्रोत विकिपिडिया

५४ बालकृष्ण सम

बालकृष्ण समको जन्म वि.स १९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको थियो। उनी नेपाली साहित्यका नाटककार र चित्रकार थिए । वि.स. २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले शमशेर जङ्बहादुर राणा हटाई सम थपेका थिए। उनी जनरल समर शमशेरका पुत्र थिए।

औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामर्थ्य प्राप्त गरेका थिए। बहुमुखी प्रतिभाका धनी बालकृष्ण समले कविता, नाटक, कथा, प्रवन्ध, निवन्ध, जीवनी आदि विभिन्न क्षेत्रमा कलम चलाएका छन्। समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ। नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक पनि थिए। उनी रेडियो नेपालका निर्देशक र गोरखापत्रका सम्पादक पनि भएका थिए। दश वर्षमा कविता लेखी साहित्यिक यात्रा सुरु गरेका समको वि।सं। १९७७मा लेखिएको ‘तानसेनको झरी’ प्रथम नाटक हो भने प्रथम प्रकाशित नाटकचाहिँ (मुटुको व्यथा १९६०) हो। यसरी सुरु भएको उनको नाट्ययात्रा वि.स. २०३५ सम्म चलिरह्यो। उनले नाटकका अतिरिक्त कविता, कथा, निबन्ध, आत्मसंस्मरण आदिमा पनि सशक्त कलम चलाएका छन्। कवितालाई बढी रुचाए पनि उनी नाटककै कारण प्रसिद्धिको शिखरमा पुगेका हुन्। स्रोत विकिपिडिया

५५ सिद्धिचरण श्रेष्ठ

सिद्धिचरण श्रेष्ठ वि.सं.१९६९ जेठ ९ – २०४९ जेठ २२० नेपालका नेपाल९नेवारी० र नेपाली भाषी कवि थिए । युगको आवाज वा युगको माग आफ्ना कृतिहरूमा ब्यक्त गरेको भन्दै उनलाई नेपाल सरकारले युगकविको पदवीबाट सम्मानित गरेको छ । पूर्वी नेपालको सगरमाथा अञ्चल अन्तर्गत ओखलढुंगा जिल्लाका तत्कालीन मालअड्डाका हाकिम ९खरिदार० तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा उनको जन्म ओखलढुंगा बजारमा वि.सं. १९६९ जेठ ९ गते भएको थियो । स्रोत विकिपिडिया

५६ विश्वेश्वरप्रसाद कोइराला

विश्वेश्वरप्रसाद कोइराला ९१९७१ भदौ २४ ( २०३९ साउन ६० नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार थिए। उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए। नेपाली भाषा साहित्यमामा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए। कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो।

५७ माधवप्रसाद घिमिरे

माधवप्रसाद घिमिरे ९जन्म वि.सं.१९७६ असोज ७ गते र मृत्यु.२०७७ भाद्र २ गते स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रूपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौँ विधा(उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका बहुमुखी प्रतिभा हुन्। प्रकृतिका अनेकन विविध पक्षहरूलाई आफ्ना जीवन्त रचनाहरूमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङ्गबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि।सं। १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए। उनका नवमञ्जरी ९वि।सं। १९९४०, घामपानी बि. सं. २०१००, नयाँ नेपाल ९वि।सं। २०१३०, किन्नर(किन्नरी वि.सं. २०३३० जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई राष्टकवि को उपाधिले सम्मान गरिएको छ। उनको मृत्यु वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौँ, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भएको हो। स्रोत विकिपिडिया

५८.वैरागी काइँला

तिलविक्रम नेम्बाङ (प्रख्यात नाम वैरागी काँहिला) हो उनको जन्मः बि. सं. १९९६ साउन २५० नेपाली साहित्यका मूर्धन्य साहित्यकार हुन् । उनी बि.सं. २०६६ देखि बि.सं.२०७० सम्म नेपाल प्रज्ञा प्रतिष्ठानको कूलपति थिए।

वैरागी काइँलाको जन्म पाँचथर जिल्लाको पौवा गाउँमा वि‍.सं. १९९६ साउन २५ गतेका दिन भएको थियो। उनले स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। वैरागी काइँला आयामेली आन्दोलन २०२० मार्फत साहित्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकारको रूपमा चिनिन्छन्। स्रोत विकिपिडिया

५९ मुकुन्दशरण उपाध्याय

मुकुन्दशरणको जन्म वि.सं. १९९७ साल वैशाख ५ गतेका दिन बाबु पं. दशरथ उपाध्याय र आमा केशरकुमारीका सुपुत्रका रूपमा हेम्जा गाउँ, कास्की जिल्लामा भएको हो। उनले संस्कृत र नेपालीमा साहित्याचार्य र एम.ए गरे। प्राध्यापनमा लामो समय बिताए। उनी नेपाली भाषा र साहित्यका क्षेत्रमा एक विशिष्ट व्यक्तित्व हुन् । नेपाली भाषालार्इ एकरूपता दिन विक्रम संवत् २०३४ देखि भाषिक आन्दोलनमा होमिएका कवि तथा भाषाविद । पौरस्त्य संस्कृति तथा दर्शन वेत्ता । स्रोत विकिपिडिया

६० लीलबहादुर क्षेत्री

लीलबहादुर क्षत्री नेपाली भाषाका साहित्यकार हुन्। उनले लेखेको उपन्यास बसाइँ निकै चर्चित कृति हो। उनका कृतिहरु बसाइ, ब्रह्मपुत्रको छेउछाउ, अतृप्त, असममा नेपाली भाषाको साह्रोगाह्रो, दोबाटो, तीन दशक बीस अभिव्यक्ति आदि रहेका छन् । स्रोत विकिपिडिया

६१ परशु प्रधान

परशु प्रधानको (जन्म वि.सं. २०००) मा भएको हो । उनी नेपाली साहित्यको क्षेत्रमा निक्कै ठूलो योगदान दिएका छन्। उनले गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउँछन्। पी.आर. प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना (वि.सं. २०१६ मा विराटनगरबाट प्रकाशित हुने छहारी मा “हाँसेकी ती चन्द्रमा” शीर्षकमा प्रकाशित भएको थियो। स्रोत विकिपिडिया

६२ अभि सुवेदी

अभि सुवेदीको जन्म वि.स. २००२ असार १७, तदनुसार सन् १९४५ जुन ३० मा भएको हो । उनी नेपाली र अङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन् । उनको स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ। करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजस्तै सर्वथा भिन्न, उच्च र गम्भीर छ । स्रोत विकिपिडिया

६३ खगेन्द्र संगौला

खगेन्द्र संग्रौला नेपालका प्रगतिशील साहित्यकार हुन्। कथा र नाटक विधामा विशेष कलम चलाउने संग्रौला पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेखहरू लेख्ने गर्छन्।

खगेन्द्र संग्रौलाको जन्म वि सं २००३ मंसिर १० गते पाँचथरको सुभाङ गाउँमा भएको थियो। उनी प्रगतिशील लेखक सङ्घ सँग आबद्ध छन् । संग्रौला हाल काठमाडौंमा बसोबास गर्दछन्।

६४. पारीजात

पारिजातको जन्म भारतको सिक्किम प्रान्त अन्तर्गत दार्जिलिङको लिङ्गिया चिया बारीमा वि.स १९९४ बैशाख महिनामा भएको थियो। उनका पिता कालुसिंह वाइबा एक चिकित्सक थिए । उनको माता अमृता मोक्तान हुन् । उनको न्वारनको नाम विष्णुकुमारी वाइबा हो । तर लामाले छेकुडोल्मा ‘तारा रानी ’ राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन पुगेको थियो । जुन उनी आफैँले रोजेकी थिइन्।

उनका असङ्ख्य कृतिहरूले जीवन्त सुवास दिएर यस नामलाई सार्थक पारेका छन्। प्रारम्भिक पढाई दार्जिलिङ मै हासिल गरी वि.स २०११ सालमा काठमाडौँ भित्रिएकी पारिजातले पद्मकन्या विद्याश्रमबाट प्रवेपद्मकन्या कलेजबाट वि.ए सम्मको पढाई हासिल गरेकी थिइन् । अङ्ग्रेजी बिषयमा एम.ए गर्ने इच्छाले त्रिभुवन विश्वविद्यालयमा भर्ना त भइन् तर २६ वर्षकै उमेरमा शारीरिक असक्तता र लेखन कार्यमा विशेष सक्रिय भएका कारणले उनको इच्छा अधुरै रह्यो । दर्शनशास्त्र र साहित्य विषयका ग्रन्थहरू खोजीखोजी पढ्ने उनको बानी थियो। पारिजात एक सङ्घर्षशील नारी थिइन्। बाल्यावस्थामै आमाको मृत्यु भएकाले मातृस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसम्म गर्न पाइनन्। त्यसपछि उनले आफ्नो एकमात्र दाजुको वियोगको पीडा पनि खप्नुपर्यो। पिताको संरक्षण र रेखदेखमा काठमाडौँमा बसी अध्ययनमा लाग्दा उनले विभिन्न अभावहरूसँग जुध्नुपर्यो। वि.स २०२९ सालमा उनका पिताको देहावसान भएपछि उनी पितृस्नेहबाट पनि वञ्चित हुनुपर्यो। पारिजातको जन्म भारतको सिक्किम प्रान्त अन्तर्गत दार्जिलिङको लिङ्गिया चिया बारीमा वि.स १९९४ बैशाख महिनामा भएको थियो। उनका पिता कालुसिंह वाइबा एक चिकित्सक थिए र माता अमृता मोक्तान हुन्। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा हो, तर लामाले छेकुडोल्मा ‘तारा रानी ’ राखिदिएका थिए। उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन पुगेको थियो, जुन उनी आफैँले रोजेकी थिइन्।

६४. नेपाली साहित्यको थालनी कहिले देखि भएको मानिन्छ ?

नेपाल एकिकरण अभियानसँगै

६५.नेपाली साहित्यको बिकासक्रमलाई कति भागमा बिभाजन गरिएको छ ?

तिन भागमा प्राथमिक काल, माध्यमिक काल र आधुनिक काल

६६. नेपाली साहित्यको सबैभन्दा पहिलो रचना कुन हो ?

पृथ्बीनारायण शाह नामक कविता, लेखक( सुवानन्द दास)

६७. नेपाली भाषाका पहिलो कवि भनेर कसलाई मानिन्छ ?

सुवानन्द दास

६८. नेपालको पहिलो उपन्यास कुन हो ?

सुमति

६९. नेपालमा प्रज्ञाप्रतिष्ठानको स्थापना कहिले भएको थियो ?

वि.स.२०१४ असार ९

. युग कबि भन्नाले कसलाई चिनिन्छ ?

सिद्धिचरण श्रेष्ठ

७१. नेपाली साहित्यका वेदव्यास भनि चिनिने साहित्यकार को हुन् ?

हेमाङ्ग दिक्षित

७२. जापानी भाषामा अनुवाद भएको नेपालको पहिलो कृति कुन हो ?

सेतो बाघ (डायमन समशेर)

७३. सबैभन्दा धेरै भाषामा अनुवाद भएको नेपाली साहित्य कृति कुन हो ?

कालो सुर्य (भरत जंगम)

७४ हिटलर र यहुदी कृतिका लेखक को हुन् ?

        वि.पि.कोइराला

७५.पहिलो सामाजिक उपन्यास कुन हो ?

रूपमती (रुद्रराज पाण्डे)

७६.नेपाली नाट्य जगतका सेक्सपियर भनि कसलाई चिनिन्छ ?

बालकृष्ण सम

७७. हास्यव्यंग विधाका प्रसिद्ध नेपाली साहित्यकार को हुन् ?

भैरव अर्याल

७८. नेपाली साहित्यमा गजल लेख्ने पहिलो व्यक्ति को हुन् ?

मोतीराम भट्ट

७९. नेपालका राष्ट्रकवि भनि कसलाई चिनिन्छ ?

माधवप्रसाद घिमिरे (वि.स.२०६० असोज १ गते प्रदान गरिएको)

८०.आगो र पानी कृतिका सर्जक को हुन् ?

बालकृष्ण सम

८१. जनकवि केशरि भनेर कसलाई चिनिन्छ ?

धर्मराज थापा

८२. संगीत सिरोमणि भन्नाले कसलाई चिनिन्छ ?

यज्ञराज शर्मा

८३. भारत ज्योती पुरुस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?

दिर्घसिंह बम

८४. आसुकवि भन्नाले कसलाई चिनिन्छ ?

शम्भुप्रसाद दुंगेल

८५. २००७ को म्यागासेस पुरुस्कार नेपालबाट कसले पाएको हो ?

महाबिर पुन ९ ग्रामिण संचार विधामा०

८६. नेपाली भाषाको सबैभन्दा ठुलो सब्दकोस कुन हो ?

नेपाली शब्द सागर ९बसन्तकुमार शर्मा०

८७. नेपालको पहिलो निबन्ध कुन हो ?

पृथ्बीनारायण शाहको दिव्योपदेस

८८. किरात वेद भनी चिनिने मुन्धुमका लेखक को हुन् ?

इमानसिंह चेम्जोङ

८९. नेपाली साहित्यका प्रथम सहिद को हुन् ?

सुब्बा कृष्णलाल अधिकारी

९०. नेवारी साहित्यका महाकवि को हुन् ?

सिद्धिदास अमात्य

९१. रघुवंसका लेखक को हुन् ?

महाकवि कालिदास

९२. नेपाली भाषामा लेखिएको पहिलो नाटक कुन हो ?

हास्य कदम्ब

९३. नेपाली साहित्यको पहिलो साहित्यिक पत्रिका कुन हो ?

सुन्दरी

९४. सर्वप्रथम मदन पुरुस्कार पाउने कृति कुन हो ?

मन (लिलाध्वज थापा)

९५. दमिनी भिर उपन्यासका लेखक को हुन् ?

राजन मुकारुङ

९६. कर्णाली ब्लुज कृतिका लेखक को हुन् ?

बुद्दिसागर

९७. नेपाली साहित्यको प्रथम नारी महाकाव्यकार को हुन् ?

बुनु लामिछाने (याचना महाकाव्य)

९८. भजन शिरोमणि भनि कसलाई चिनिन्छ ?

भक्तराज आचार्य

९९. लिम्बु भाषामा लेखिएको पहिलो उपन्यास कुन हो ?

थत्थामा

१००. मैथली साहित्यका महाकवि को हुन् ?

विधापति

१०१. सनेसा कुन भाषासंग सम्बन्धित पत्रिका हो ?

भोजपुरी

१०२. नेपालको पहिलो महिला लेखिका को हुन् ?

ललित त्रिपुरा सुन्दरी

१०३. मगर भाषाका आदिकवि को हुन् ?

रेखबहादुर थापा मगर

१०४. साहित्यमा कति रस रहेका छन् ?

नौ रस

१०५ ऋषि व्यास

ऋषि वेदव्यास महाभारत ग्रन्थका रचयिता हुन्। व्यास एक प्राचिन भारतिय ऋषि थिए । उनले माहाभारत जस्तो महत्वपूर्ण कृतिको जन्म गराए । जसमा धर्म, राजनीति, समाज र नैतिकता को व्याख्या गरे। धर्मको माध्यमबाट समाजलाई अनुसासनमा बाँधेर राख्न उनले ठुलो योगदान गरेका थिए ।

१०६ माहाभारत ग्रन्थ

माहाभारत एक प्राचीन भारतीय काव्य महाकाव्य हो । यो हिन्दुहरूको एक प्रमुख काव्य ग्रन्थ हो । जसलाई स्मृति वर्गको ग्रन्थ मानिन्छ। यस ग्रन्थ भारतीय संस्कृतिको अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रन्थ मानिन्छ। महाभारतको प्रथम अध्याय अनुसार यो महाकाव्य ऋषि वेद व्यास द्वारा बोलेर, भगवान गणेशद्वारा लेखाइएको हो।

जसमा भारतीय संस्कृति, धर्म, राजनीति, समाज र नैतिकता तथा विविध पक्षको विस्तृत वर्णन गर्दछ । यो पहिले सस्कृत भाषामा लेखिएको थियो । हाल आएर विविध भाषामा प्रकाशित भैसकेको छ ।

१०७ राममायण ग्रन्थ

रामायण एक प्राचीन भारतीय काव्य महाकाव्य हो । जुन पहिले सस्कृत भाषामा लेखिएको थियो । यो ग्रन्थको रचनाकार महर्षि वाल्मीकि हुन् । रामायण मा विशेष गरी भगवान राम को  जीवनी, उनको अवतार, उनके परिवारका  सदस्य र उनको उनको प्रियजनहरुको वर्णन गरिएको छ । रामायणमा राम को अयोध्या नगरमा जन्म, सितासँग विवाह, अनि वनवास ।

सीताको अपहरण, हनुमान द्वारा लंका प्रवेश । लंका दहन, रावणको  वध तथा राम को अयोध्या फिर्त जस्ता  महत्वपूर्ण घटनाक्रम विस्तारमा वर्णन गरिएको छ । यस ग्रंथको माध्यमबाट धर्म, नैतिकता, प्रेम, सम्मान, तथा विश्वासको  महत्वपूर्ण सन्देश प्रवाह गरीएको छ ।

Post a Comment

0 Comments