धन भनेको स्वतन्त्रता हो । धन र ध्यान एउटै स्रोत बाट आउँछ । धन लगानी गरेर ध्यान कमाए भने भित्रको प्रकाश बल्छ । भित्र अन्धकार छ भने जीवनमा कहिल्ये तृप्तिको आभास हुँदैन । बारीर सबै भरीभराउ भए पनि भित्र अध्यारो छ भने खुसी हुन सकिदैन । प्रकाशको खोजिको लागि मैले राम्रो पद पाउनै पर्छ भन्ने पनि होइन । आन्तरिक उज्यालो भयो भने मैले ठुलो प्रकाशको व्यवस्था गर्नै पर्दैन । असरी हामी आकासमा उड्न चाहान्छौ । त्यसैगरी व्यक्ति महत्वपूर्ण पदमा पुग्न चाहान्छ । गहन अतृप्तिले विद्रोह गरीरहन्छ । ऊ गहिरो अशान्तिको अनुभुति गरीरहन्छ । अलिकति धन कमाएपछि व्यक्तिलाई मनोरोग लागन नपर्ने हो । यो जीवन शैलीको समस्या हो । त्यसैले एउटा गहन प्रकाशको पुकारलाई सुन्नुस् । हरेक व्यक्ति प्रकाश उन्मुख हुनुपर्छ । जीवन भित्र लुकेको प्रकाशलाई बुझ्नुपर्छ । प्रकाशको आकांक्षा हरेक व्यक्तिको आकांक्षा हो । म भित्र प्रकाश जन्मिन्छ त्यस दिन जीवन शान्त हुन थाल्छ । तपाई ठिक भएको दिन तपाई भित्र प्रकाश जन्मन्छ । आफ्नो प्रकाशको पुकारलाई उपेक्षा नगर्नुस् । आफ्नै हृदयको प्रकाशलाई उपेक्षा नगर्नुस् । प्रकाश मन्जिल हो । आफु भित्रको प्रकाश जगाउन नसक्नुको कारण हामीले जीवनमा दुःख पाउँछौँ । आफ्नो प्रकास खोज्नोस् । ऊ त आफ्नो मस्तिमा छ । तपाईको बाजा बजाउनुस् । तपाईको बासुरी बज्यो कि बजेन त्यो हेर्नुस् । जुन दिन मैले आफुलाई हेर्न थाल्छु । लाग्छ जीवन बल्नका लागि हो । तपाई आफुलाई आस्तिक पनि नभन्नुस् । नास्तिक पनि नभन्नुस् । आफ्नो प्रकाश खोज्ने क्रममा सम्झौता नगर्नुस् ।
0 Comments