सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

जो बाईडेनबारे केही जानौ ।

 जन्म र बाल्यकाल 

जो बाईडेन अमेरिकाको ४७ औँ राष्ट्रपति हुन् । उनको पुरा नाम जोसेफ रोबिनेट बाईडेन जुनियर हो । जन्म सयुक्त राज्य अमेरिकाको स्क्रान्सटन पेन्सिलनेभिया २० नोभेम्बर २०४२ मा भएको हो । उनी १० वर्षको हुँदा उनको परिवार बेल मिंगटन आए । बाल्यकालमा उनी चतुर र तेजिलो थिएनन् । सामान्य बालक थिए । बोलिमा केही समस्या थियो । सामान्य विद्यार्थी भए पनि पढाईमा भने कमजोर थिएनन् । 

पहिल्यै देखि उनी भाषण कलामा भने त्यति पोक्त थिएनन् । उनी अरु नेताहरुले जस्तो दमदार भाषण गर्न कला थिएन उनको । यति सम्म कि काहिं त उनी बोल्दाबोल्दै रोकिन्थे । यो समस्याबाट उनी आफै हैरान थिए । र आफुलाई निखारनको लागि धेरै मिहेनत गरे । बोलि सुधारको लागि लामो समयसम्म ठूलोठूलो स्वरमा किताबहरु पढ्थे । ऐनाको अगाडि उभिएर घण्टौ बोलिरहन्थे । जसको परिणाम केही भने पनि सकारात्मक आयो । 


उनको बुबाको तेलको विजनेस थियो । विजनेसमा घाटा भएको कारण उनको परिवारलाई आर्थिक संकट प¥यो । कारण उनी नोकरीको खोजिमा संघर्षरत रहे । उनको बुबाको कार विक्रिवितरण केन्द्रमा नोकरी मिल्यो । कही भनेपनि आर्थिक सहजता मिल्यो र परिवार विल्मिंगटन बेलाबेयरमा बसाई स¥यो । त्यहि उनले  बेलाबेयरर्स विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे । साईराकस विश्वविद्यालयबाट कानुन संकायमा स्नातकोत्तर शिक्षाको उपाधि प्राप्त गरे । 

उनका धेरै राम्रा आनीबानी मध्य अल्कोहल नपिउनु पनि एक हो । उनी भन्थे,There are enough alcoholics in my family अथात् मेरो परिवारमा पर्याप्त हल्कोहल छन् । त्यसैले मलाई यसको आवश्यकता छैन ।’ यसको अर्थ परिवारमा पहिल्यै अत्यधिक मादक पदार्थ खाने मान्छेहरु थिए । त्यहीबाट हैरान भएका उनी कहिल्यै अल्कोहल तिर आकर्षित भएनन् । अहिले सात दशक पार गरिसक्दा उनको शरीर स्वस्थ र निरोगी छ । उनलाई देखेर मान्छेहरु भन्ने गर्छन कि बाईडेनको हल्कोहल नपिउने बानी उचित थियो । 

पारीवारीक जीवन । 

२७ अगष्ट १९६६ मा ३० वर्षको उमेरमा बाईडेनले जुलियासँग विहे गरे । उनबाट तीन वटा बच्चा जन्म भयो । बाईडेनलाई पहिले देखिनै छोरी मन पथ्र्यो । छोरीको जन्म पनि भयो । उनको राजनीतिक र परिवारीक जीवन सुखद् र खुसी साथ अगाडि बडिरहेकै थियो । 


तर यो धेरै समय टिक्न सकेन । २८ डिसेम्बर १९७२ उनको लागि कालो दिन भनेर आयो । त्यसै दिन देशै भरी क्रिसमसको उमंग थियो । बाईडेन परिबार पनि क्रिसमस मनाउने सपिङ्गको लागि घरबाट निस्कियो । परिवारका सबै सदस्य कारमा थिए । अचानक कार दुर्घटना भयो र उनकी श्रीमति र एक वर्षकी छोरीको मृत्यु भयो । उनका दुई छोरा पनि उक्त कार दुघर्टनामा गम्भिर घाईते भए ।


उनको जीवन संघर्ष अझै पेचिलो बन्दै गयो । बाईडेन यो समय धेरै विचलित भए । उनले राजनीति छोडेर छोराहरुको हेरचाहमा जुट्ने सोच न बनाएका होईनन् । तर उनको सपनाले त्यसो हुन दिएन । उनलाई जसरी पनि अमेरीका परिवर्तन गर्नु थियो । साथीहरुले उनलाई राजनीति नछोड्न सल्ला दिए । परीवारको मद्दतमा छोराहरुको पालन पोषण गर्दै उनी राजनीतिमा जोडिदै रहे । त्यतिबेला बाईडेन डेमेक्रेटिक पार्टीका सदस्य थिए र आज पनि छन् । 


त्यसपछि पनि जीवनका अगाडिका दिनहरु उनका लागि सहज रहेन । केही सहज बनाउने चाहनामा उनले १९७७ मा जिलरेसी जिल बाईडेनसँग दोस्रो विवाह गरे । उनी आजसम्म पनि सँगै छिन् । कार दुर्घटनाबाट त संयोगले बाच्न सफलभएका जेठो छोराको सन् २०१५ मा क्यान्सरका कारण मृत्यु भयो । उनको पारीबारीक जीवनमा पिडा माथि पिडा थपियो । तर पनि उनी हतास भएनन् र अडिक भएर अगाडि बढीरहे । 


राजनीतिक जीवन 

उनको भनाई छ, ‘म अमेरिकालाई सम्पूर्ण हिसाबले नयाँ दिशा दिने छु ।’ जीवनको राजनीतिक यात्राको क्रममा १९७० देखि १९७२ सम्म काँसल, काउंटी काउनसिलमा रहेर काम गरे । १९७२ मा जब उनी २९ वर्षका थिए त्यहि बेला सिनेटमा चुनिए र अमेरिकाको इतिहाँसमा पाँचौ युवा सिनेटर बने । १९८८ मा उनले अमेरीकाको राष्ट्रपतिको चुनाबमा उम्मेदबारी दिएका थिए । तर साहित्यिक चोरीको आरोपमा पछि हट्नु प¥यो । 

जे भए पनि उनको सपना थियो शक्ति आर्जन गरेर अमेरीकालाई रुपान्तरण गर्ने । जस्तो परिस्थितिमा पनि उनले अमेरीकालाई रुपानतरण गर्ने सपना देख्न छोडेनन् । त्यसैले सन् २०६६ मै उनले घोषणा गरेका थिए,‘एक दिन म अमेरीकाको राष्ट्रपति बन्ने छु ।’ जबसम्म आफुले काम गर्न सकिन्छ तबसम्म कर्तव्यबाट विमुख हुनु हुँदैन भन्ने सिद्धान्त थियो । यो भन्दा पहिलेकै चुनाबमा उनी उम्मेदबार बन्न चाहन्थे । तर बाराक ओबामाले हिलारी क्लीनटनलाई एकपटक मौका दिनुपर्ने बताएपछि उनी पछाडि हटे ।


सन् २००८ मा उनी उपराष्ट्रपतिमा चुनिए । २०१२ मा पनि दोस्रो पटक उपराष्ट्रपति बने । उनी ओबामाको कार्यकालमा सन् २००८ देखि सन् २०१६ सम्म उपराष्ट्रपतिनै भएर कुसलता पूर्वक जिम्मेवारी पुरा गरे । उमेरले आफुभन्दा निक्कै जुनियर भएर पनि विना हिचकिचाहथ उनले ओबामाको नजिक रहेर लामो समय काम गरे । अब बाईडेनको शक्तिमा उदाउने धेर्यताको सिमाना छोटीदै गईरहेको थियो । र  २०१९ अप्रिलमा उनले आफुलाई अनौपचारीक राष्ट्रपतिको उम्मेदबार घोरणा गरे ।

१७ अगष्ट २०२० मा डेमोक्रेटिक पार्टीले जो बाईडेनलाई औपचारिक रुपमै राष्ट्रपति पदको उम्मेदबार घोषणा गरे । यो चुनाबमा जे बाईडेनको जितको पक्षमा बाराक ओबामा पनि अधिक प्रयासरत रहे । तत्कालिन बर्तमान राष्ट्रपति डोनाल्ट ट्रमलाई पराजित गर्दै अमेरिकाको सन् २०२० मा उनी ४७ औँ राष्ट्रपति निर्बाचित भए । 


अमेरिकाको ईतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्ने उनी नै हुन् । उनी यस्ता व्यक्ति हुन जसले धेरै समस्या र उतार चढाबका बाबजुत पनि आफुलाई बलियो र सशक्त रुपमा उभ्याई राख्न सफल भए । पहिल्यै देखि उनको एउटै सपना थियो जसरी पनि शक्तिमा पुगेर देश बदल्ने । ७७ वर्षको उमेरमा पनि उनको त्यो सपना पुरा गरेरै छोडे । 

सामाजिक जीवन 


समाज सुधारका लागि बाईडनका तीनवटा प्राथमिकता रहेका छन् । पहिलो स्वास्थ सुरक्षा विस्तार गर्नु, दोस्रो शिक्षामा अत्यधिक लगानी गर्नु र तेस्रो सहयोग मुलुकहरुसँग सम्बन्धलाई नयाँ दिशा दिनु । सिनेटको सुरुवातमा उनले यिनै कुराहरुको ध्यान दिए । देश समाजमा सकारात्मक परिवर्तनको लागि आफ्नो के भुमिका उचित हुन्छ भन्ने विषयमा उनी हरपल सोचिरहन्थे ।

उनले राजनीतिका साथसाथै वातावरण संरक्षण सम्बन्धि काम गरे । सामाजिक स्वाथ्यको क्षेत्रमा समेत सुधारात्मक कार्यहरु गरे । उनी देशको जिम्मेवार नागरिक बन्ने हिसाबले निस्वार्थ आफ्ना कतव्यहरु निर्वाह गर्दै गए । सन् १९७४ मा टाईम म्यागाजिनको राम्रो काम गर्ने २०० व्यक्तिहरुको सुचीमा उनी पनि परे ।

सन् उनले इराक युद्धको पक्षमा भोट दिएका थिए । यसलाई उनी आफै आफुबाट भएको गल्ति भन्छन् । उनले मानब अधिकारको पक्षमा पनि धेरै काम गरेका छन् । पहिले त उनको सोचाई राष्ट्रपति बन्ने थिएन । सामाजिक र राजनीतिक बेथितिहरुको रुपान्तरण गर्ने सोचले उनलाई बलियो रुपमा राजनीतिमा ल्यायो भन्ने उनका निकटहरु बताउँछन् । 

बाईडेनले बताएका थिए उनी राष्ट्रपति बनेभने सबैभन्दा पहिले Climate change and Global warming को समाधान निकाल्ने कोसिस गर्ने छन् । उनको विचारमा वातावरण संरक्षणको पनि त्यतिनै आवश्यकता छ जति मान्छेको जीवनको रक्षा । बाईडेनले भनेका थिए अमेरिकी मुस्लिमहरुले पनि आफ्नो अधिकार पाउनुपर्छ । सबै रंङ्ग, वर्ग, क्षेत्र, लिङ्गले समान रुममा अधिार पाउनु पर्ने उनको एक उच्च सोच रहेको छ ।  


Post a Comment

0 Comments