
वि.स २०२० सालको भाद्र १ देखि लागु गरिएको नयाँ मुलुकी ऐनले छुवाछुत सम्बन्धि पुराना, ऐन, नियम तथा कानुनको व्यवस्थालाई समाप्त पर्दै नयाँ व्यवस्था लागु ग¥यो । जसमा एउटा मान्छेले अर्को मान्छे माथि गर्ने छुवाछुट तथा भेदभावलाई कानुनी र दण्डनिय व्यवहारको रुपमा लियो ।
यस पश्चत जातजाती बीचमा रहेको विभेदलाई केही हदसम्म कम गर्न त सफल भयो तर । सोचे जस्तो उपलब्धी हासिल हुन सकेन । दलित र गैर दलित मात्र होइन दलित दलित बीचमा पनि भेदभाव र छुवाछुतको भावनाले गर्दा दलितहरुनै संगठित भएर आफ्नो अधिकारको निम्ति आवाज उठाउन सकेनन् । जतीय र छुवाछुत प्रथाले सोचे जस्तो उपलब्धी हासिल गर्न सकेन ।
आजसम्म पनि समाजमा केही हदसम्म परिवर्तनका संकेतहरु देखिए पनि सोचेजस्तो उपलब्धी हासिल हुन सकेको छैन । शहरी क्षेत्र, शैक्षिक सस्थाहरु, सरकारी कार्यालयहरु जस्ता सार्वजनिक ठाउँहरुमा अझै यसका अवशेसहरु बाँकी रहेका छन् ।
भेदभावको सिकार भएका दलित जातीहरुमा पनि दमाई, कामी, सार्की, पोडे, चमार जस्ता वर्गहरुमा विभाजन गरी दलित दलितको बीचमा पनि अन्र्तर विरोध सिर्जना गरिदिएको अवस्था छ । साथै उनीहरुको समस्याबारे आवश्यता अनुसारको राज्यको तर्फबाट गर्नु पर्ने दायित्व पनि यथेष्ट मात्रामा उपलब्ध भएको छैन ।
यसैलाई ध्यानमा राखेर यो अध्ययन सामाग्री तयार पारिएको हो ।
यस अध्ययन् म्ुख्यगरी प्रश्नावली विधिमार्फत तयार पारिएको छ । साथै अन्र्तरवार्त एवम् लक्षित समुहसँग टलफल समेत गरिएको छ । लक्षित समुह छलफल पश्चात विवरणात्म र विश्लेषणात्मक ढाँचामा तयार पारिएको यस अध्ययनको क्रममा दलित जातीहरु संयुक्त परिवार छाड्दै एकल परिवार तर्फ उन्मुख भएको पाईयो ।
परम्परागत पेशा छाड्दै नयाँ पेशा तथा रोजगारीका क्षेत्र तर्फ आकर्षित भएको पाईयो ।
बढ्दो विज्ञान र प्रविधिको विकाससँगै सञ्चारका माध्यमको प्रयोग, वैदेशिक रोजगारी र विदेश गएर फर्कनेहरुको प्रभावको कारण उनीहरुको जीवनशैली एवम् दैनिक व्यवहार क्रमश परिवर्तन हुँदै गैरहेको छ । साथै शैक्षिक र सामाजिक कार्यमा दलित महिलाहरुको सहभागिता पनि बढ्दै गैरहेको छ ।
वर्तमान संविधानले निश्चित प्रतिशत दलित महिलाहरुलाई राजनीतिक ओहोदाको पद सुुनिश्ति गरेपछि त झन् दलित महिलाहरुको राजनीति प्रति पनि चासो र सहभागिता बढीरहेको हामी देख्न सक्छौँ । विगतको तुलनामा वर्तमान समयमा सस्कार, सस्कृति, खानपान, भेषभुसा र सस्कार सस्कृतिमा पनि काफि परिवर्तन आईहेको छ ।
त्यस्तै त्यहाँका दलित महिलाहरुको रोजगारी र शिपमुलक कार्यहरुमा पनि आकर्षण बढीरहेको पाईयो । आर्थिक रुपमा सम्पन्नता तर्फ उन्मुख समेत भएको पाईयो । महिलाहरु घरेलुकामको अलव कुनैन कुनै पेशा व्यवसायमा जोडिएको र नजेडियकाहरु पनि त्यस्तै अवसरको खोजिमा रहेको पाईयो ।
गढी गाउँपालिकामा दलित जातीको सामाजिक आर्थिक तथा शैक्षिक अवस्थाको अध्ययन पश्चात केही सुधारहरु गर्नुपर्ने आवश्यकताहरु देखियो । दलित महिलाहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउनको लागि केही उत्पादनमुलक कामहरु जस्तो कि घरेलु उद्योग तथा सिप मुलक तालिमको व्यवस्था गर्नुपर्ने आवश्यकता र आधुनिकिकरण गर्नुपर्ने अवस्था देखियो ।
यसैगरी राज्यले हाल व्यवस्था गरेको आरक्षणको व्यवस्थालाई लक्षित वर्ग एवम् समुदायसम्म पु¥याउनको लागि सरकारी तबरबाट प्रभावकारी अनुगमनको व्यवस्था गर्नुप¥या
अध्याय .
परिचय
१.१ अध्ययनको पृष्ठभुमि
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा दलित समुदायको जनसङ्या करिब ३५ लाख रहेको छ । जुन देशको कुल जनसङ्याको १३ प्रतिशत हुन आउँछ । यो समुदायले सदियौँ देखि जातिय छुवाछुत जस्तो अमानविय व्यवहार सहँदै आएको छ ।
दलितहरु समाजको न्युन स्तरको जीवन जिउन बाध्य छन् । उपल्लो जाति भनिने मान्छेहरुले दलितहरुलाई तल्लो स्तरको व्यवहार गर्दछन् । धार्मिक मान्यता अनुसार मुख्यतया हिन्दु सस्कार अनुसार दलितहरुलाई समाजको पानी नचल्ने वर्गको रुपमा राखेर भेदभाव गरेको पाईन्छ ।
उनीहरुलाई सामाजिक हिसाबमानै दलित बनाईएको छ । नेपालको वर्तमान संविधान अनुसार पनि कुनैपनि जातका आधारमा गरिने छुवाछुत तथा भेदभावलाई गैर कानुनी मानिएको छ । तर अझैपनि दलितहरु सामाजिक छुवाछुत तथा भेदभाववाट पिडित, शैक्षिक रुपले पछाडि पारिएका, आर्थिक रुपले शोषित र राजनीतिक हिसाबले पाखा पारिएका छन् ।
दलित जातीहरुमा पनि अन्य जातीमा जस्तै पितृसत्तात्मक सामाजिक संरचना रहेको पाईन्छ । नेपालमा सामाजिक मुल्य र मान्यता अनुसार दलितलाई दोस्रो दर्जाको नागकिको रुपमा दैनिक जीवनमा बाच्न बाध्य पारिएको छ ।
नेपाली समाजमा दलितहरु धेरै प्रकारका भेदभाव र विभेदको सामाना गरी शोषण र अत्याचार सहेर बाच्न बाध्य छन् । दास्रो उनीहरुले गर्ने कामका आधारमा शोषित छन् । आर्थिक र शैक्षिक अवस्था कमजोर भएको कारण पनि नेपाली समाजमा दलितहरु परम्परादेखि पछाडि पारिँदै आएका छन् । फलस्वरुप उनीहरु समाजमा भुमिका विहिन रहेका छन् । भुमिका विहिन भएका कारणले पनि नीति निर्माण तथा माथिल्लो होओदामा पुग्न सकिरहेका छैनन् ।
केही दलित समुदायको महिला तथा किसोरीहरु देह व्यपार तथा बधुवा मजदुरको रुपमा समेत काम गर्न बाध्य छन् । यस्तै प्रकारले दलित बालबालिकाहरु प्राथमिक शिक्षा, आधारभुत स्वाथ्य शिक्षा, सफा पिउने पानी सरसफाईको पहुँचबाट समेत बन्चित छन् ।
माथि उल्लेखित अवस्था नेपाल राज्यको हरेक क्षेत्रमा बसोबास गर्ने दलित समुदायका साझा समस्याका साथै चुनौति पनि हो । दलित समुदायमा आफैभित्र कायम छुवाछुत र बाहिरी समुदायले बनाएको भेदभावजन्य छुवाछुत प्रथा साथै कानुनी, सामाजिक, आर्थिक अधिकारबाट हेपिएर बाँच्न विवस यो समुदायको आफ्नै कथा व्याथा कायम छ ।
यो समाजमा पनि उँच निचको भावना रहेको छ । पहाडि दलित भित्र रहेको दमाई, कामी र सार्की यी तीन जाती भित्र पनि तल्लो जात र माथिल्लो जातको रुपमा वर्गीकरण गरको पाईन्छ । जस्तो दमाई जातीलाई कामी र सार्कीको घरभित्र पस्न दिईदैन । र दमाई जातीले तोएको पानी र भात समेत कामी र सार्की जातीले खाँदैन ।
मानव सम्याता विकासको इतिहाँस अनुसार बढी शक्ति भएकाहरुले कम शक्ति भएकाहरुलाई बल प्रयोग गरेर आफ्नो अधिनमा राख्ने र शक्ति विस्तार गर्ने महत्वकांक्षी मनोवृत्तिको प्रारम्भ देखिनै मनोबृद्धीको प्रारम्भदेखिनै मानव मानव बीच उँच निचको विभेद विकास भएको हो ।
इ.पू १५८ मा मनुले मनुस्मृति रचना गरेर वर्णाश्रम धर्मलाई वैधानिकता प्रदान गरे हिन्दु धर्म भन्न थालियो । चार जात ३६ वर्णको सन्दर्भ पनि पछि जोडिएको हो । त्यसैमा बाहुन जातीहरुलाई सबैभन्दा उच्च तथा दलितहरुलाई सबैभन्दा निच मान्ने चलन सुरु भयो । यही बाटनै मानव मानव विचको विभेद सुरु भएको हो ।
नेपालको सन्दर्भमा भन्दा लिच्छविकाल देखिनै जातजातीहरुलाई १८ जातमा कायम गरियो । ई.स ६०० सम्ममा यहाँको वर्णाश्रम समाजमा छुवाछुत भित्रिएको थियो । वाग्मति उपत्यकामा राजा जयस्थिति मल्ल (इ.स १३६०–१३९९) ले ४ वर्ण ६४ जातको स्थिति बसाल्दै जातिय छुवाछुतलाई कडाईका साथ लागु गरे भने जातपात छुवाछुत प्रथालाई अझ बढी प्राथमिकता दिईयो । त्यसपछिका शासक पृथ्वी नारायण शाह प्रथालाई कानुनी रुप दिईयो ।
नेपाली समाजमा दलितहरुलाई आर्थिक, सामाजिक, सास्कृतिक, राजनीतिक, शैक्षिक तथा अन्य यस्तै विषयहरुमा समेत परम्परादेखिनै पछाडि पारिँदै आएका छन् । उनीहरु वर्षौ देखि शोषित र उत्पिडित छन् । समाजलेनै कामको आधारमा विभाजन गरी उनिहरुले गर्दै आएको पेशालाई कमजोर सावित गरेका छन् । आर्थिक हिसाबले न्युन आय भएका ।
शैक्षिक हिसाबले कम पढलेख गरेका । राजनीतिक हिसाबले मुलधार भन्दा बाहिर बसेका । सामाजिक हिसाबले कमजोर सामाजिक हैसियत भएका वर्गलाईनै हाम्रो समाजले दलित तथा तल्लो जातिमा विभाजन गरिदियो । यो यस्तो गहन तरिकाले समाजमा अवस्थित भयो कि आजसम्म पनि संविधानमानै व्यवस्था गरेर जातीय विभेद विरुद्धको अभियानलाई तिब्रता दिँदा सम्म आजसम्म यो कु प्रथालाई अन्त्य गर्न सकिएको छैन ।
नेपाल सरकार राष्ट्रिय दलित आयोगद्वारा हालसम्म २३ वटा दलित जातीको पहिचान भएको छ । सो प्रतिवेदन अनुसार नेपालमा दलितहरु मुलत तीन प्रकारका छन् । पहाडि दलितको रुपमा गन्दर्भ(गाईने) परियार(दमाई, दर्जी, सुचिकार, नगर्ची, ढोली, हुडके) वादी विश्वकर्मा(कामी, लोहार, सुनार, ओड, चुनरा, पार्की, टमरा) सार्की (मिजार, चर्मकार, भूल) यस्तै मदेसी दलित( कलर, ककैहिया, कोरी, कटिक, खत्वे (मण्डल, खङ) चमार (रजक, हिन्दु, पथरकट्टा, पासी, वाँतर, मुसहर, मेस्तर, (हल्खोर) सरभङ्ग (सरवरीया) (राष्ट्रिय दलित आयोगको प्रतिवेदन २०६४) जनजाती दलितमा नेवार दलित र हिमाली प्रदेशका दलित पनि छन् । जनजाती दलितमा कसाई, पोडे, च्यामे, कुकुले, कुचे आदि )
नेपाल कृषि प्रदान देश हो । याहाँका करिव ८५ प्रतिशत जनताहरु कृषिमा निर्भर भएर जिविको पार्जन गरिरहेका छन् । बहु सङ्ख्यक मानिसहरु कृषि जीवनमा अभ्यस्त छन् । अझ दलितको जिविकोपार्जन नै कृषि मजदुरी हो ।
परम्परागत पेशाबाट खासै आम्दामी नहुने भएकाले दलितहरु पनि आजभोली खेतिपाती र अन्य व्यापार व्यावसायमा लागेको देखिन्छ । नेपाल भौगोलिक हिसाबले हिमाल, पाहाड र तराई गरी मुख्यतया तीन भागमा धरातलिय विभाजन गरिएको छ ।
नेपालको तराईलाई अन्न भण्डारको रुपमा लिईन्छ । अन्न उब्जाउमा श्रमजिवि मानिसहरु अन्र्तरगत दलितहरु पनि रहेको पाईन्छ । दुई चार माना र दुई चार पाथी अन्न र एममुठी खाजाको भरमा दिनभरी पसिना चुवाई श्रमगरी यी दलितले अन्न उब्जाई जमिन्दार पालेका छन् ।
तर पनि यिनिहरुनै भुमिका विहिन छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने लगभग ७८ प्रतिशत दलितहरु प्रयाप्त, मुमि, आवास, खाना, स्वास्थ्य, सिहार, शिक्षा तथा रोजगारीको अभावको कारण सुकुम्वासी, हलिया भई आफ्नो रोजगारीको कारण अर्काको जग्गा १० घण्टा खटेर २, ४ माना अन्नमा चित्त बुझाउनु पर्ने अवस्था छ ।
सरदर दिनको १० १२ घण्टा खटेर काम गर्दछन् । यति गर्दागर्दै पनि घरमा विहान खाए बेलुका के खाउँको अवस्था हुन्छ अर्थात् घरमा सधै खानाको लागि अभाव भैरहन्छ । जसको कारण यिनिहरुको स्वाथ्य समेत राम्रो हुँदैन ।
यसरी दलित जातीहरु सामाजिक आधारमा कठिन परिश्रम गरेर पनि उत्पिडित अवस्थामा रहेका छन् । अन्य जातीको तुलनामा बढी परिश्रम गर्ने यो जातीले परम्परागत पेसा कलामको काम(कुटो, कोदालो, हसिया आदि बनाउने ) कार्य बाहेक हलो जोत्ने लगायत मेलापात ज्याला मजदुरीको काम गर्ने गर्दछन् ।
समान काम असमान ज्याला जातीय विभेद कामकौ पनि विभाजन र यसमा पनि छुवाछुत जस्तो घृणित व्यवहार सहेर बस्नुपर्दा पिडाबोधले दलित जातीलाई मात्र नभएर स्वयम् समाजलाई पनि सामाजिक न्याय स्थापित गर्न गाह्रो परिरहेको पाइन्छ ।
0 Comments