महिला हिंसाका घटनाहरु जतिपनि घटेका छन् ती केवल पुरुषबाट मात्र नभई महिलाबाट महिलानै पिडित भएका घटनाहरु पनि छन् । यसको मतलब पुरुषबाट महिला हिंसा हुँदैन भन्ने होइन । बरु यो सत्य हो कि वर्षौ देखि सत्ता पुरुषको हातमा रह्यो । त्यसैले महिलाहरु भन्दा पुरुषहरु शक्तिशाली भएको कारण शिक्षा, स्वास्थ्य, अर्थ, सास्कृतिक मान्यता र अभ्यास मार्फत राजनीतिक वर्चस्व समेत पुरुषहरुकै हातमा पुग्यो । पुरुषहरु शोषक जस्ता देखिए महिलाहरु शोसित जस्ता ।
पितृसत्ताले महिलालाई मात्र होइन पुरुषहरुलाई पनि पिडित बनाएको छ । महिला हिंसा अन्त्य नभएसम्म पुरुषहरु पनि पिडित हुन्छन् । सुन्दा अनौठो लाग्न सक्छ । कसरी ? प्रश्न उठ्न सक्छ । कसैलाई त अचम्म पनि लाग्ला । तर हामी जो भोगिराखेका छौ यसलाई नकार्न सक्दैनौ । पितृसत्ता रुढीवाद हो । जुन सोच पुररुषमा मात्र होइन महिलामा पनि हुन्छ । कालान्तर देखि जरा गाडेर बसेको यो सोचले महिला पुरुष दुवैलाई पिगित बनाएको छ ।
आज हामी जे भोगेका छौँ समाजको लागि अभिसाप हो । पितृसत्ताको सिकार हुनेमा महिला मात्र छैनन् । पुरषहरु पनि हिंसाको दोहोरो मारमा देखिन्छन् । हनतः अधिकांश पुरुषहरुको सोच आफुलाई महिला भन्दा शक्तिशाली र अब्बल देखाउने हुन्छ । जतिपनि मानशिक र शारीरिक हिंसा हुन्छन् ती सब चुपचाप सहने र आफुमाथी भएको हिंसालाई प्रचारमा ल्याउन चाहदैनन् । कसैले आफु हिंसाको सिकार भएको थाहा पायो भने हाँसोको पात्र बन्ने डरले उनीहरु हिंसा सहन बाध्य छन् ।
मानव समुदायमा मात्र होइन प्राणीजगत्को प्राकृतिक नियमनै रहेछ । शक्तिशालीले कमजोरलाई शोषण गर्ने । अझै शोषण मात्र होइन दमन गर्ने । यस्तै पितृसत्तात्मक सोच भएका महिलाहरुले आफु भन्दा कमजोर महिलालाई दवाउने गर्न थाले । महिलालाई मात्र होइन शक्तिमा रहेका महिलाले कमजोर अवस्थाका पुरुषहरुलाई दबाउने प्रवृत्ति देखिन थाल्यो ।
लैङ्गीकताको आधारमा श्रम विभाजन नेपाली समाजको विशेषता हो । विशेष गरी महिलाले घरको काम र पुरुषले घर बाहिरको काम गर्ने चलन रहेको छ । कामको आवश्यकताको दृष्टीले घरबाहिर र घर भित्रको कामको महत्व बराबर हुन्छ । घरबाहिरको काम गर्नु र कमाएर ल्याउनु चुनातिपूर्ण काम हो भने घरभित्रको काम गर्नु र घर समाल्नु झन्जटिलो अनुत्पादक काम हो । कोही मानिस महिला हुँदैमा घर भित्रको काम गर्नु पर्ने र कोही मानिस पुरुष हुँदैमा घर बाहिरको काम गर्नुे पर्ने बाध्यात्मक अवस्था हामीले देखेका मात्रै होइन भोगेका छौँ ।
सयुक्त राष्ट्रसंघको प्रतिवेदनमा समावेस गरिएको तथ्याङ्क अनुसार संसारमा गरिने सम्पूर्ण कामको ६० प्रतिशत काम महिलाले गर्छन् र दश प्रतिशत मात्र आम्दामी प्राप्त गर्छन् । सम्पतिको मालिकका हिसाबले दुई प्रतिशत भन्दा बढी छैनन् । दक्षिण एसियाकी चर्चीत अधिकार कर्मी कमला भासिन् भन्छिन् “अब पुरुषलाई पनि परिवर्तन गर्ने बेला आएको छ, पितृसत्ताको कारण पुरुषहरु पनि खतरामा पर्दै गएका छन् । जबसम्म महिला स्वतन्त्र हूँदैनन् तबसम्म पूरुषहरुपनि स्वतन्त्र हुँदैनन् ।”
कोहि पनि मानिस महिला वा पुरुष भएकै आधारमा शक्तिशाली र कमजोर हुने होइन । बरु पितृसत्ताले जिम्मेवार हुन र घर बाहिरको चुनौतिपूर्ण काम गर्न नदिएको कारण महिलाहरु कजोर जस्ता भएका छन् र यो समस्याको मारमा महिला पुरुष दुवै परेका छन् । पितृसत्ताले गाँजेको समाजमा महिलाहरु पनि पितृसत्तात्मक सोचबाट ग्रसित छन् । आफुलाई कमजोर ठान्छन् र पुरुषहरुलाईनै शक्तिशाली ठान्छन् । आफ्नो क्षमतामा बाँच्नुको साटो पुरुषलाई नै भरोसाको केन्द्रिको रुपमा बुझ्छन् ।
पुरुषलेनै पाल्नु पर्ने । पुरुषको भरमानै बाच्नुपर्ने सोच भएका महिलाहरु आफुभन्दा कमजोर महिला माथी हिंसा थोपछन् । आर्थिक उपार्जनको काममा पुरुषकै सक्रियाता बढी देखिन्छ भने महिलाहरु चाहेर वा नचाहेर पनि अनुत्पादक काममा पेलिन बाध्य छन् ।
महिलाहरु अनुत्पादक काममा रुमलिएपछि यसको चोट महिलाहरुले मात्र होइन पुरुषहरुले पनि खाएका छन् । जस्तै सुकै काम गरेर भएपनि पैसा कमाउनु पर्ने । परिवारीक दायित्व पुरा गनुपर्ने । भावनात्मक समवेदना रोक्नुपर्ने । रोयो भने हुतिहारा र नामर्द कहलिने डरले जबरजस्त कठोरता देखाउनुपर्ने । यहि पनि एउटा कारण हुनसक्छ पुरुषहरु अपराधिक क्रियाकलापमा बढी सक्रिय देखिने ।
हुनतः नेपालमा महिलावादी आन्दोलन निक्कै बलियो र सशक्त छ । संसदमा ३३ प्रतिशत महिलाको अधिकार सुरक्षित गरिएको छ । यो व्यवस्था संसारकै ठूलो लोकतान्त्रिक मुलुक भनेर चर्चा कमाएको छिमेकि मुलुक भारतमा समेत छैन । संसारको निक्कै थोरै देशमा कानुनत (तर व्यवहारमा छैन) महिलाले यति अधिकार पाएका छन् । शक्तिशाली पदको हिसाब गर्ने हो भने राष्ट्रपति सभामुख, प्रधान न्यायधिस ,रक्षा मन्त्री जस्ता महित्वपूर्ण पदहरु समेत महिलाले समालि सकेका छन् । तर पनि नेपालमा महिला हिंसाका घटना बढ्नु भनेको महिला र पुरुषभित्र रहेको पितृसत्ताको सोचको उपज हो ।
यति महिलाले पनि पुरुषसँगसँगै काम गरे भने, बाच्नको लागि आत्मा निर्भर हुने थिए । पुरुषको बोझ कम हुने थियो । श्रीमतिको लागि गहना किन्ने पैसा जम्मा पर्दैन थियो । सम्पूर्ण परिवार एक्लैले पाल्नुपर्ने आर्थिक दायित्व कम हुने थियो । दिदी बहिनी तथा छोरीको लागि दाईजो दिने पैसा जम्मा गर्नु पर्दैन थियो । दाइजो प्रथा कम हुँदै जाने थियो ।
पितृसत्तात्मक समाजमा महिला भएर बाच्न मात्र होइन पुरुष भएर बाच्न कठिन छ । महिलाभन्दा पुरुषहरु शक्तिशाली र सत्ताका मालिक भए पनि यसको परिणाम स्वयम् पुरुषका लागि पनि निक्कैनै घातक छ । क्षमताभन्दा बढी आर्थिक र समाजिक जिम्मेवारीले थिचेर उनीहरु दुखी र हिंसक हुन्छन् । जबरजस्ती कोठोर हुनुपर्ने, बहादुरीता देखाउनुपर्ने । अझै हाम्रो जस्तो समाजमा व्यक्तिको क्षमता र योग्यता भन्दा बढी दायित्व बोकाईन्छ । छोराबाटनै बढी अपेक्ष राखिन्छ । घर भित्रको सजिलो काम गरेर बस्ने सुविधा हुदैन पुरुषहरुको लागि ।
महिलाहरुको लागि भने यो सुविधा उपलब्ध भएपनि श्रमको सम्मान छैन । घरबार समाल्ने, बालबच्चा हुर्काउने, कुटानी, पिसानी, धुलाई, सफाई जस्ता झन्जटिला काम महिलाको भागमा पर्ने हुदा महिलाहरुले काम गरेर पनि कामको सम्मान पाएनन् र हेपिएर बाच्न बाध्य भए ।
महिलाहरुले जसरी आँसु बगाएर मनको वेग शान्त पार्ने छुट पाए पुरुषहरुले पाएनन् । भावनात्मक र सम्वेदनात्मक हुने छुट नपाएपछि उनीहरु कठोर र हिंस्रक भए । जवरजस्ती अमानविय हुने सस्कार दिइयो । जसको कारण हत्या, हिंसा, अपराध, बलात्कार, चोरी डकैती जस्ता घृणीत कामहरुमा महिलाको भन्दा पुरुषकै बढी सहभागीता देखिन्छ ।
महिला सशक्तिकरणको नारा उठाउँदै गर्दा पुरुषका समस्यालाई ओझलमा पारियो । महिलाले पुरुषलाई निषेध गरेर अथवा पुरुषले महिलालाई निशेष गरेर कुनै पनि समाज अगाडि बढ्न सक्दैन । त्यसैले महिला आन्दोलनहरु पुरुषकै सहयोग र साझेदारीमा गर्नुपछ । पुरुषहरुको सहयोग विना महिलाले अधिकार पाउँदैनन् । महिलाको सहयोग बीना पुरुषहरु सफल हुन सक्दैनन् । त्यसैले महिला र पुरुष एक अर्काका परिपुरुक हुन् ।
निश्कर्षमा भन्नुपर्दा नेपाली समाजमा विद्यमान पितृसत्ताको विरोधमा महिला, पुरुष वा अन्य जोकोहीले पनि पितृसत्ताको विरोध गर्नु आवश्यक छ । यसको चपेटामा महिला ज्यादा परेको भएपनि पूरुष र तेस्रो लिङ्गीहरुका लागि पनि यो संरचना अभिसाप हो । समाज परिवर्तनमा लागेका सम्पूर्ण अभियान्ताहरुले यसको विरुद्ध लाग्नुपर्छ । पितृसत्ताको विरुद्ध मातृसत्ता ल्याउने होइन कि समानतापूर्ण स्वतन्त्र सत्ता ल्याउने अभियान हो । सबैले हातेमालो गरौ ।
0 Comments