सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

अधिनायकवाद स्वीकर्य तर समृद्धी अनिवार्य

 

 

साझा सवालको एउटा भाग हेर्ने अवसर जुरेको थियो । तत्कालिन प्रधानमन्त्री सेर वहादुर देउवालाई जनताको तर्फबाट प्रश्न थियो लिक्वानलाई सिंगापुर दिँदा ढुङ्गो दिईएको थियो त्यसलाई हिरा बनाए । तर नेपाललाई तपाईको हातमा दिँदा हिरा दिईएको थियो तपाईले ढुङ्गा बनाएर छोड्नु भो ।त्यतिबेला त्यो निक्कैनै चर्चा पनि पाएको थियो ।

आज आज कम्युनिष्टहरुको हातमा सत्ता हुँदा यो सवाल झनै गम्भिर तरिकाले उठाउनुपर्ने समय आएको छ । देशका उर्जाशिल युवाहरु विदेशी भुमिमा सस्तो भन्दा सस्तो मुल्यमा महंगो श्रम, र पसिना बेचिरहेको देख्दा लाग्छ साँच्चै हाम्रो देशले पनि लिक्वान जन्माउन किन सकेन होला ? जसले एक्लो प्रयासले सिंगापुरलाई करिव ६० वर्षमै ढुङ्गाबाट हिरा बनाए ।

क्षेत्रफलको हिसाबले नेपालभन्दा निक्कै सानो सिंगापुर आर्थिक विकासको दृष्टीकोणले केही दशक अगाडि सम्म नेपाल भन्दा निक्कै गरिव र कमजोर सिंगापुर थियो । हिजो त्यही दयनिय अवस्थामा गुज्रिएको देशले आज विश्वलाईनै चकित पारेको छ ।

बढी केन्द्रियताले अधिनायकवादी बनाउँछ, भने बढी स्वतन्त्रताले अराजक । यद्यपि देश स्वतन्त्रताको नाममा अराजकतै अराजक झुण्डहरुको चंगुलमा जानुभन्दा लिक्वान जस्ता केही अधिनायकवादी नेताले नेतृत्व लिएमा कुनै आपत्ति छैन ताकि हाम्रो देशले पनि केही वर्षमै काचुली फेर्न सकोस् । एउटा सानो टापु देश जो कुनैबेला मलेसिया फेडेरेशन अन्तरगत थियो । जब लिक्वान युको उदय भयो मलेसियाबाट छुट्टीएर स्वतन्त्र बन्यो ।

त्यसपछि लगातार रुपमा आर्थिक, सामाजिक, र भौतिक विकासले भड्को मा¥यो । उनी एक अधिनायकवादी नेता हुन् । विकास र समृद्धी प्राप्त गर्नका लागि सिंगापुरका जनताले कतिपय स्वतन्त्रतालाई तिलान्जली समेत दिएका थिए । नेपालमा लामो समय समानता र स्वतन्त्रताको सघर्ष भयो । वर्ग मुक्तिका लागि युद्ध भए रगतहरु बगे । विकास र समृद्धीका कुरा नारामा मात्र सिमित भए । समानताको नाममा भएका ठूला ठुला सघर्षले विधि विधान र अनुसासन कायम गर्न सकेन । जसको कारण देशै संकटको जोखिमा र¥यो ।

विकास र समृद्धीको कुरा गर्दा हामीले विकासका विभिन्न आयामहरुको मापन गर्नु पर्छ । नेपालको सापेक्षतामा आर्थिक बृद्धी, भौतिक पूर्वाधारको निर्माण, सामाजिक सहिष्णुता, प्रगतिशिल सास्कृतिक रुपान्तरण, स्रोत साधन माथिको सार्वजनिक पहुच । जनतालाई निःशुल्क तथा सर्वसुलव शिक्षा, स्वाथ्यमा सवैको पहुच, आम नेपालीलाई रोजगारीको अवसरनै नेपालको सन्दर्भमा सबैभन्दा ठूलो विकास र समृद्धी हो ।

देश विकासको लागि आवस्यक पर्ने महत्वपूर्ण विषय शुसासन पनि हो । अनुसासित जनता , जनप्रिय सरकार र जन भावनाको प्रतिनिधित्व गर्न सक्ने भिजन भएको नेता हुनु आवश्यक हुन्छ । भिजन भएको नेता र सरकार भएन भने देशमा विकास र समृद्धी हुन सक्दैन । देश विकासको लागि देश हाक्ने नेताको टाउकोमा विकासको खाका हुनु पर्दछ ।

राजनीतिक परिवर्तन, आन्दोलन, सघर्षको दौडमा नेपालले ७० वर्ष यता धेरै उतारचडाब झेल्यो । यस्ता विमकाय बलिदानीपूर्ण सघर्षको कारण देशमा लोकतान्त्रीक गणतन्त्रको स्थापना त भएको छ । तर यो व्यवस्था पनि अपेक्षाकृत विकास र समृद्धी हुन सकेको छैन । 

माथि सिंङगापुरको उदाहरण हेरे जस्तै हामी संसारका विकास सिल धेरै मुलुकहरुलाई पढ्न सक्छौँ । राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्ति र विकासका लागि पहिलो पटक अगाडि आएको युरोप हो । त्यहा आजभन्दा चार पाच सताब्दी अगाडि देखिनै विकास हुन थालेको हो । अझ कोरिया र जापानको इतिहास हेर्दा हाम्रो देशको भन्दा नाजुक अवस्थाबाट अगाडि बढेको देखिन्छ । दोस्रो विश्व युद्धको अवधिसम्म ध्वस्त भैसकेको जापानले अमेरिकासँग आत्मासमर्पण त ग¥यो । तत्कालको लागि राष्ट्रियता र सार्वभौमिकता माथि ठूलो क्षति भएको देखियो ।

तर ५०६० वर्षको अवधिमा दु्रत गतिमा विकास ग¥यो । अहिले हाम्रा नेपालीहरुले जसरी जापान रोजगारीको लागि भिसा पाउँदा पनि ठूलै सपलता मिलेको मान्न परिरहेको छ । उत्तर कोरिया र दक्षिण कोरियाले पनि थोरै समयमा कायाँपलट गरे । सन् २०१७ मा आर्थिक विकासको दृष्टीकोणको दृष्टीकोणले विश्वकै एक नम्मरमा पर्न पर्न सफल कतार पनि चामत्कारीक शैलीमा अगाडि आएको हो । बेलायतको उपनिवेसमा एक सय नब्बे वर्ष विताएको छिमेकी राष्ट्र भारत । जापानीहरुसँर्ग वर्षौ वर्षसम्म वारपारको लडाईमाको चंगुमा परेको चिन समेतले आज अमेरिका, बेलायत, फ्रान्स, रुसको समरुप लिईसकेको छ ।

अधिकारको नाममा हुने अराजकता र हुल हुज्जतले विकास र समृद्धी हुन्न । विकास हुनका लागि देशका प्रत्येक नागरिकले श्रम गर्नुपर्छ । पसिना बढाउनुपर्छ । उत्पादन गर्नुपर्छ । उत्पादित बस्तुलाई बजार व्यवस्थापन गर्न सक्नुपर्छ । या भनौ राज्यलेनै प्रत्यक नागरिकलाई एक पल समय पनि फुर्सद बस्न नदिई परिचालन गर्न सक्नु पर्दछ ।

न कि राजनीतिक भेला, छलफल, बैठक, सभा, सम्मेलन, चियापान, भेटघाट, राजनीतिक प्रशिक्षण, प्रचारप्रचार, बहस, पर्चा, पम्पेट । यो सबै राजनीतिक खेती हो जो तेस्रो र चौथो विश्वमा पछिल्ला शताब्दीमा अत्यधिक फस्टाउँदो थियो । सत्ता प्राप्त गर्ने र सत्ता ढाल्ने खेलमा जनताले भाग लिँदा स्वतन्त्रता अवस्य प्राप्त गरेका हुन् । तर गाँस प्राप्त गर्न सकेनन् । बास र रोजगारी प्राप्त गर्न सकेनन् ।

दश वर्ष जनयुद्ध गरेर हजारौ, लाखौ जनतालाई अग्रमोर्चामा ल्याउन उत्प्रेरित गर्ने त्यस्ता कमाण्डरहरु समेत पछिल्लो समयमा नेपालको श्रम बजारमा कतै विकेनन् र विदेशीन बाध्य भए । वाक स्वतन्त्रता मात्र सबै चिज होइन । प्रधानमन्त्री, राष्ट्रपति देखि सरकारको ठूलो ओहोदामा बस्ने सम्मलाई सत्तोसराप गर्न पाएर के भयो र ? विहान, बेलुका त चुलो बाल्नै प¥यो । घर परिवार र छोरोछोरी पाल्नै प¥यो । चोक, गाल्ली र चिया पसलहरुमा समेत नेताको उछितो काट्न पाएर के भयो र ? जीवन बाच्नका लागि आवश्यक खाना, नाना र छानाकै सङ्कट भएपछि ।

संसार भरीको उदाहरण हेर्ने हो भने पनि सधै सबै समयमा हुने आन्दोलन, लडाई र संघर्षहरु वैज्ञानिक बस्तुवादी हुने रहेनछन् । सबै आन्दोलन, सघर्ष र युद्धहरु जनताको पक्षमा हुन्छन् भन्ने पनि होइन रहेछ । हिटलरको जातीवादी आन्दोलनमा पनि लाखौ जनताको समर्थन थियो । उनको समयमा हिटलरलाई असंख्य जनताको समर्थन थियो ।

उनको स्वईच्छाचारितालाई बुझ्दा सम्म राष्ट्र र जनताले ठूलो मुल्य चुकाईसकेका थिए । नेपालमा पनि पन्चायती शासक वर्गहरु आफ्ना विभिन्न कार्यकालहरुमा जनतालाई लामो समयसम्म भ्रम राखेर समर्थन जुटाउन सफल भएका थिए । पन्चायती तानासाहि व्यवस्था हो भनेर साबित हुँदासम्म राष्ट्रने निक्कैनै सास्थी वेहोरी सकेको थियो ।

आजको सन्दर्भ त्यस्तो न होस् । दुईतिहाई वहुमत प्राप्त गरेर सत्तासिन भएको दल नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) सँग जनताको आशा धेरै छ । यो सरकारसँग अरु सरकारलाई जस्तो गल्ती गरेर पन्छिने छुट छैन । विकास र समृद्धी भएन त के भो अरु सरकारले पनि के नै गरेका थिए र भन्ने छुट छैन । बरु अधिनायकवादी बन्ने छुट छ ।

देशमा अराजकता मच्चाउने सिके राउत जस्ता झुण्डहरुलाई आजिवन जन्म कैद गर्ने छुट छ । बलत्कारी, हत्याराहरुलाई पासो लगाउने छुट छ । भ्रष्टाचारी र बेविचारीहरुलाई नामोनिसान पार्ने छुट छ । तर जनभावना विपरित जाने छुट कदापि छैन । असफल हुने र राष्ट्रलाई दुर्घटनामा पार्ने छुट कदापि छैन । हामीलाई अधिनायकवादी स्वीकार्य छ तर देशले काचुली फेर्नु प¥यो ।

 

                      Post a Comment

                      0 Comments