सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

उठ्नेले समस्यामा अबसर भेट्छ । खस्नेले अबसरमा पनि समस्या देख्छ ।

एउटा भनाई छ, उठ्नेले समस्यामा अबसर भेट्छ । खस्नेले अबसरमा पनि समस्या देख्छ । विश्वमा संकट त आयो नै । यतिबेला हामीसँग दुई विकल्प छन् । दुःख मनाउ गरेर थप पिडित हुने वा संकटलाई अबसरको रुपमा सदुपयोग गर्दै अगाडि बढ्ने । संकट पछि उठेका राष्ट्रहरुको इतिहाँस हेरौँ । जापान, अमेरिका, बेलायत, चाईना जस्ता विकसित मुलुकहरु संकटपछिनै उठेका हुन् । यद्यपि विद्यमान अवस्थामा आज ती विकसित मुलुहरु पनि कोरोना संकटबाट नराम्रोसँग थलिएका छन् ।

 जसका कारण विश्वको अर्थतन्त्रमा परेको आर्थिक मन्दीले नेपालको अर्थतन्त्रलाई प्रभाव पर्ने निश्चित छ । संकटले मानिसलाई समस्यासँग जुध्यन सिकाउने रहेछ । यस्तो भयावह अवस्थामा पनि नेपालीहरु हतास नभई संकटको सहज तरिकाले व्यवस्थापन गरीरहेका छन् । वर्षेनी आउने हावाहुरी, बाढी पहिलो, भुकम्प, नाकाबन्दी जस्ता विपत्हरु समेत सहजै पचाएका नेपालीहरुले कोरोना संकटलाई समेत सामान्य रुपमा स्वीकार गरिदिए । यो हाम्रो सवल पक्ष हो । विकसित र ठूला राष्ट्रहरुमा भन्दा नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकका जनताहरुसँग अप्ठेरो अवस्थासँग जुध्ने शक्ति बढी देखियो । संघर्षले मानिसलाई स्पातिलो बनाउने रहेछ । 

जति समस्या परेपनि मान्छेले डटेर सामाना गर्नु पर्दछ । यो स्वार्थी संसारमा समस्यानै नपर्ने मान्छे त को हुन्छ र । कोही मानिसले जस्तो सुकै समस्यालाई पनि सहज रुपमा पचाई दिने क्षमता राखेका हुन्छन् भने । कोही मानिसहरु सानो सानो समस्यामा पनि आत्तिने हुन्छन् । जसले ठुला ठुला समस्या पनि हासेर सामाधा गर्न सन्छ । ऊ एक दिन माहान बन्ने छ । जो मानिस समस्या देखि डराउँदैन । 

ऊ जीवनमा पनि धेरै कुराहरुमा सफल भैरहेको हुन्छ । यो दुनियामा जसले डरलाई जितन सक्ने औकात राखेको हुन्छ । वास्थमा संसार उसैको हो । त्यसैले सोचौ कि जटिलता जसको जीवनमा पनि आएका हुन्छन् । बस् उठ्ने मान्छेले जस्तो जुकै जटिल परिस्थितिलाई पनि अबसरको रुपमा प्रयोग गर्न सक्ने क्षमता राख्दछ ।

यहाँ कामको आधारमा कोही मानिस कोही भन्दा ठुलो हुँदैन । ठुलो हुन्छ त केवल उसको माहानताको आधारमा । जसले देस, समाज र विश्वलाई केही योगदान दिन सक्छ । वास्थमा ऊ नै ठुलो मान्छे हो । जसले समाजको लागि केही योगदान गर्ने औकात राख्दैनन् । ऊ कसरी जन्मको आधारमा ठुलो हुन्छ । 

जो मानिस ग्राउण्ड लेबलबाट लडेर संघर्ष गरेर आउँछ । उसैलाई राज्य सन्चालन गर्ने अधिकार दिनुपर्छ । जसले साना साना समस्याहरुको पनि समाधान गर्न सक्दैन उसलाई राज्य सञ्चालनको जिम्मा कसरी दिन सकिन्छ । त्यसैले मुल्याङ्गकन हामीले उसको दिमागी क्षमता हेरेर गर्नु पर्दछ । न कि लवाई, खवाई गहना र फेसनमा । गहना र फेसनमा सम्पत्ति खर्च गर्नेहरुले समाज सेवा गर्ने औकात राखेका हुन्दैनन् । 

Post a Comment

0 Comments