सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

योगा गरौ, रोग भगाउँ ।


परिभाषा

योग एक साधना हो । प्रकृतिसँग आत्माको एकाकार गराउनु र आनन्द लिनु हो । आधुनिक योगका प्रसिद्ध नायक रामदेब बाबाका अनुसार योग भनेको एक समाधी हो । आफुले आफैलाई चिन्नु हो । योगी श्री अरविन्दका अनुसार परमेश्वरको साथ एकत्व प्राप्तिका लागि गरिने प्रयास हो । धार्मिक विस्वास अनुसार आत्मादर्शन र समाधीदेखि कर्मक्षेत्रसम्म जोड्ने माध्यम हो । ध्यान, आसन तथा साधनाका माध्यमबाट मन र शरीरलाई जोड्ने क्रिया हो । महर्षि पतञ्जलीका अनुसार चित्तका बृत्तिलाई वास्थविक विरोध गर्नु हो । यो सन्तुलित रुपमा मानिसहरुको शारीरिक र मानशिक शक्ति सुधारको माध्यम हो । 

बुदागत रुपमा योगलाई निम्नानुसार परिभाषित गर्न सकिन्छ । 

क) मनलाई तनसँग जोड्नु र स्थिर बनाउनु ।

ख) शरीर र मनबाट विकार चिजहरु हटाउने प्रयत्न गर्नु । 

ग) आफुभित्र रहेको रोगको विरोध गर्नु । 

घ) अज्ञानताबाट ज्ञान तर्फ जानु ।

ङ) निर्बलताबाट सबलता तर्फ लम्किनु । 

च) असफलताबाट सफता तर्फ जानु । 

छ) असीमितता तर्फको आध्यात्मिक यात्रा । 

ज) आफ्नो ईच्छाशक्तिलाई परआत्माको ईच्छाशक्तिमा संयोजन गर्नु । 

समग्रमा भन्नु पर्दा योग भनेको एकाकार हुनु, मिल्नु वा जोडिनुलाई भनिन्छ । अर्को शब्दमा जीवात्मा र परमात्माको मिलननै योग हो । 

परिचय

जसरी शरिरलाई जिवित राख्नको लागि खाना र अक्सिनको आवश्यकता हुन्छ । त्यसरीनै स्वस्थ जीवन बाच्नको लागि योगा, ध्यान र शारीरिक कसरतको आवश्यकता हुन्छ । यो मानिसलाई शारिरीक र मानशिक रुपमा दन्तरुष्त राख्ने आसन हो । पछिल्लो समय विश्वमा योग आसनहरु निक्कै लोकप्रिय बन्दै गईरहेका छन् । योगा नगर्नेहरुको तुलनामा नियमित योगा गर्नेहरुको मानशिक, शारीरीक तथा सामाजिक अवस्था राम्रो भएको पाईएको छ । 

हजारौ बर्ष अगाडि ऋषिहरुले योग, ध्यान मार्फतनै ज्ञान आर्जन गर्ने गर्दथे । विश्व स्वाथ्य संगठनका अनुसार योगा सबै उमेर समुहका मानिसको लागि अपरिहार्य छ । योगको खास अर्थ जोड्नु हो । अझ स्पष्ट भाषामा भन्दा हाम्रा जतिपनि नकारात्मक विचार तथा भावहरुलाई फालेर सकारात्मकतालाई जोड्दै जानु पनि हो । योग साधारण व्यायाम मात्रै हैन । यो शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेर निरोगी राख्ने सबैभन्दा राम्रो विधि हो । चन्चल मनलाई शान्त गराउने माध्यम योग हो । यसको अर्थ समाधि वा महसुस हो । महर्षि ब्यासका अनुसार योगको अर्थ समाधि हो । साधनाको माध्यमबाट मनलाई प्रकृतिसँग जोडेर आनन्द प्राप्तिको साधनानै योग हो । १२ वर्षसम्म विधिपूर्वक योगा गर्नाले साधकलाई सिद्धी प्राप्ति हुन्छ । यसमा विभिन्न मुद्राहरु, आसन, प्रणयामहरु हुन्छन् । जसका माध्यमबाट शरीरलाई निर्मल उवम् मनलाई शान्त र एकचित्त बनाउँछ । 

प्रकार 

यो एक प्रकारको उपचार विधि पनि हो । गुरुको मार्ग निर्देशनमा गरीने योग साधाना झनै लाभदायक हुन्छ । ती मध्य मुख्यतथा तीन प्रकारका योगहरु प्रचलनमा रहेका छन् । ज्ञानयोग, कर्मयोग र भक्ति योग ।

१. ज्ञानयोगः मन र प्रकृति एकाकार एकाकार गराउनु ज्ञानयोग हो । अर्थात आत्म र गैरआत्मा बीच भेद गर्न सिकाउने र शास्त्रको अध्ययन, सन्यासीहरुको सानिन्ध्यि र ध्यानको तरिकाहरुको माध्यमले आध्यात्मिक अस्तित्वको ज्ञान सिकाउनु हो । यो आत्मा र व्यक्तको समाधिसम्मको यात्रा पनि हो । 

२. कर्मयोगः फलप्राप्तिको आशा विना गरेको कुनैपनि काम नै कर्मयोग हो । विना स्वार्थ गरिने समाजसेवा पनि कर्मयोग हो । भागबत गीताले पनि भक्तिपूर्वक गरेको कार्यलाई कर्मयोग भनेको छ । जसमा तन,मन, धन र समयको लगानी रहेको हुन्छ । कर्म नै पुजा र आरधाना हो । जो निस्काम बस्छ उसको जीवित शरीर पनि मशानघाट हो । 

३. भक्तियोग ः सेवाको भावनानै भक्तियोग हो । जस्तो कसैको इच्छा र चाहानामा ठेस न¥याउनु पनि भक्तियोग हो । यो सच्चा अनुयायी घमण्डबाट मुक्त विनम्र र दुनियाको भलो चाहने चतना हो । 

योेग प्रदीपमा योगका १० प्रकारको वर्णन गरिएको छ । ती हुन् ज्ञानयोग, कर्मयोग, भक्तियोग, राजयोग अष्टाङ्ग योग, हठयोग, लययोग, ध्यानयोग, मन्त्रयोग, क्रियायोग । पतंजलिले अष्टाङ्ग योगलाई बढी महत्व दिएको छ ।   

फाईदा

योग आसन तथा प्राणायमका विभिन्न फाईदाहरु रहेका छन् ।

१ . अरु शारीरिक कसरतहरुले शारीरिक स्वास्थ बनाउन मात्र मद्दत गर्नछ भने योगाले, शारीरिक, मानशिक र सामाजिक स्थिति समेत सुधार गर्ने काम गर्दछ । 

२. योगाले मान्छेको सोच्ने तरिकामानै फेलबदल ल्याईदिन्छ । योगामा गरिने विभिन्न आशनहरुले मानिसको दिर्घ रोगलाई पनि विस्तारै निको गराउँछ । 

३. मुटु, रक्तसञ्चार, मधुमेह जस्ता रोगहरुबाट बचाउँछ । प्राणायाम, कपालभाती जस्ता स्वास क्रियाले शरीरमा अक्सिजनको प्रवाह बढाएर छाला र क्यान्सर लगायतको जटिल रोगहरुबाट समेत जोगाउने काम गर्दछ ।

४. ध्यानले मानशिक रुपमा शसक्त बनाउनुका साथै तनाब, उदासीपन, छटपटी कम गर्दछ । 

५. डिप्रेसन हुनबाट बचाउँछ । 

६. प्रत्येक व्यक्ति तथा परिवारले योगलाई जीवन शैली बनायर प्रयोगमा ल्याउने हो भने दिर्घरोगबाट समेत छुटकारा पाउन सकिन्छ । 

७. यसले औषधी उपचारमा लाग्ने खर्च बचाउँछ । सामान्य अवस्थामा रेहेका व्यक्तिहरुले उपयुक्त तरिकाले नियमित योग गर्नु फाईदाजनक हुन्छ भने विरामी, बुढापाका आदिले प्रशिक्षक तथा डक्टरहरुको सल्लाह बमोजिम शारीरिक अवस्था अनुकुलको रोग ध्यानको नियमलाई लागु गर्नु आवश्यक हुन्छ ।

८. विज्ञहरुका अनुसार डि.एन.ए.लाई समेत बदल्न सक्ने खुबी योगामा रहेको हुन्छ । 

९. शरीरमा हल्कापन आउँछ मोटोपन बड्न पाउँदैन । 

१०. प्रत्येक कोषकोषमा सक्तसञ्चार गराउँछ र स्वस्थ बनाउँछ । 

११. मन इन्द्रिय नियन्त्रण गर्न सहयोग पु¥याउँछ । 

१२. शरीरले अक्सिजन ग्रहण गर्ने क्षमताको विकास गराउँछ । 

१३. नशाहरु सफा हुन्छन् । 

१४. रोग प्रतिरोधात्मक क्षमताको विकास हुन्छ । 

१५. पाचन प्रणाली मजबुत बनाउँछ । 

१६. अहिंसा, शान्ति, सतचरित्र निर्माण जस्ता सद्गुणको विकास गराउँछ । 

योगका नियमहरु 

१. योग तथा प्रायायाम गर्दा बिभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ । 

२. सकेसम्म योग अध्यास गर्ने ठाउँ शान्त, सफा र स्वच्त हावाआउने ठाउँ हुनु उपयुक्त हुन्छ । जस्तो, खालिचौर, सफा  खुल्लाकोठा, झत, आगन, फुलबारी, बगैचा, नदीकिनार, जंगल हुनु राम्रो हो । 

३. विहानको उज्याले हुनु अगावै योग तथा प्राणायम ग¥यो भने अत्यधिक लाभ प्राप्ति हुन्छ । त्यो सम्भव नभए विहान ८ बजेसम्मको समय उक्तम मानिन्छ । 

४. खाली पेट भए बेलुका पनि योग तथा प्रणायमको अभ्यास गर्न सकिन्छ । यो सकेसम्म खाना खाएको ५ घण्टापछि वा ५ घण्टासम्म पेट खाली भएको अवस्थामा गर्नुपर्छ । अभ्यासको आधा धण्टापछि पानी पिउन र एक घण्टा पछि खाना खान सकिन्छ । 

शारीरिक अवस्था हेरेर योग आसन तथा प्राणायमहरु गर्न सकिन्छ । 

१. मन्द गति, मध्यम गति तथा तिब्र गतिमा यस्ता अध्यासहरु गर्न सकिन्छ ।

२. जसको मुटु कमजोर छ त्यस्तो व्यक्तिले प्राणायामहरु मन्द गतिमा गर्नुपर्दछ । स्वस्थ व्यक्ति तथा पुराना अध्यास गरीरहेका व्यक्तिले प्राणायाम गर्दा विस्तारै विस्तारै स्वास प्रस्वासको गति बढाउँदै मध्य र तिव्र गतिले स्वास लिने र छाड्ने गनुपर्दछ । श्वास लिदा पेट फुलाउनु हुँदैन । छाती, फोक्सोमा श्वास भर्ने र छाड्ने गर्नुपर्दछ । 

३ योग आसन तथा प्राणायम गर्दा शारीरिक अवस्थालाई ध्यान दिनुपर्दछ । अशक्त, गर्भवती, दिर्घरोगीले योग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा कठिन आसन तथा श्वास क्रिया गर्नु हुँदैन । 

४ तनाव भएको अवस्थामा पनि योग गर्नु हुँँदैन ।  

अन्त्यमा 

नेपाल सरकारले हरेक माग १ गतेको दिन योग दिवस मनाउँदै आएको छ । योग तपाईको जीवनको अपरिहार्य क्रिया बनोस् । जीवनशैली बनोस् । स्वस्थ रहनुस् । मस्त रहनुस् र व्यस्त रहनुस् । 


Post a Comment

0 Comments