सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

Showing posts with the label राजनीतिShow all
नेपाली विशेषताको समाजवादी व्यवस्था
नेपाल पैसाले होइन व्यवस्थाकिय क्षमताको अभावले गरिब भएको हो
संसदिय व्यवस्थाको विकल्पमा कुन व्यवस्था ?
जो बाईडेनबारे केही जानौ ।
भ्लादिमिर पुटिनबाट शिक्नुपर्ने पक्षहरु ।
चुनौतिको पर्खालभित्र छ हाम्रो सपना ।
अधिनायकवाद स्वीकर्य तर समृद्धी अनिवार्य
आठ मार्च, वर्गसंघर्ष र महिला मुक्ति
 ‘युद्ध सधैका लागि अन्त्य होस्’
Load More That is All