सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

बलत्कार, विरामी र उपचार


बलत्कारको विरामी र उपचार
घुमघामको लागि राजधानिबाट ओरालो लागेपछि मनमा एउटा सोच पलाएको थियो यस घुमघामलाई बढी भन्दा बढी अध्ययन भ्रमण बनाउने । अध्ययनको विषयबस्तु भने अहिलेको जल्दोबल्दो समस्यासँग सम्बन्धित थियो ‘बालिका बलत्कार’ । राजधानी रहँदा यही घटना पढ्दा पढ्दै र सुन्दासुन्दै झण्डै यो पंक्तिकार आफै विक्षिप्त हुन खोजेकी थिई ।
पिडितका पक्षमा गरिएको अदालती निर्णयले थोरै भनेपनि सितलता थपेको थियो । तर पनि मनमा एउटा कुतुहलता बाँकीनै थियो । बलत्किृतत यी बालिकाहरु समाजमा कस्तो अवस्थामा रहन्छन् होला ? यिनिहरुको बाल बनोविज्ञानमा यस घटनाले कस्तो असर पार्छ होला ? समाजले यस्ता बालिकहरुलाई मायाँ र सहयोग गरेर अगाडि बढाउला के ? अनि उसका साथीहरुले उसलाई गर्ने व्यवहार कस्तो होला ? के यी नानीहरुले पनि अरु बालबालिकाले जस्तै समाजमा सामान्य जीवन व्यतित गर्न सकिरहेका होलान् ?
कतै समाजको, समकक्षीहरुको फरक व्यवहारले उनीहरु मनोवैज्ञानिक आहात मा त बाच्न बाध्य छैनन् ? अप्रत्यक्ष रुपमा गरिने भेदभावपूर्ण व्यवहारले उनीहरुको सिंगो जीवन वर्तादीतिर उन्मूख हुँदै त छैन ? यी र यस्तै प्रश्नहरुको जबाफ खोज्ने प्रयत्नमानै घुमघामको समय विताउने सोच पलाएको थियो मनमा ।
“मलाई तिम्रो साथी सीतासँग भेटाउ नानु !““नाई त्यो त फोहोरी छ, ।”“किन?”“ रुम्बा बाजेसँग नाम जोडेर जिस्याउछन नी सबैले उसलाई त ”“ तिम्री साथी हैन त ऊ ?”“ पहिला त हो अब त हैन । ” “किन?” “मम्मी बाबाले त्यस्ताको संगत गर्न हुँदैन भन्नु भा छ । ” “साच्चै भन त आज भोली कोपिला स्कुल जान्छे की जाँदीन ? ”“ कहिले काही जान्थी आज भोली त छोडिसकी” “किन?” “स्कुल गएपछि सरहरुले पनि साथीहरुले पनि जिस्क्याउँछन् उसलाई त ।”“ आज भोली ऊ के गर्दै छे थाहा छ तिमीलाई ?”“ कुन्नी त के गर्दैछे ? अहिले त उसँग केही पनि बोल्दैनन् हामी पनि बोल्दैनौ, उस्कै मम्मीसँग मेलापाता जान्छे होला नी ?”
माथीका संवादहरु पंक्तिकाले अन्ठाउन्न वर्षका भरत मान रुम्बाबाट बलत्कृत ९ बर्षकी बालिका कोपिला कार्की (दुवैको नाम परिवर्तित )समकक्षी रिमा मैयासँग गरेको संवाद हो । यही संवादवाट छर्लङ्ग हुन्छ की ती बलत्कृत बालिकाको समाजमा अवस्था कति नाजुक रहेछ । गरिब परिवारमा जन्मिएकी सीता सरस्वती प्राथमिक विद्यालयमा कक्षा तीनमा पढ्दै थिईन् । छिमेकी रामप्रसाद पुडासैनीले ती बालिकालाई ललाई फकाई गरी दुई वर्षदेखि बलत्कार गर्दै आएको रहेछ । गाउलेहरुले गाईगाई गुईगुई हल्ला गर्न थालेपछि बालिकाकी आमाले बालिकालाई फकाएर सोध्ने क्रममा सत्यता बाहिर आएको रहेछ । घटना बाहिर आएपछि स्थानिय महिला समुहको पहलमा बलत्कारी रामप्रसाद पुडासैनीलाई स्थानियले प्रहरी प्रसासन समक्ष पु¥याएछन् । ती बलत्कारी पैसा पेल्न सक्ने क्षमता भएका व्यक्ति परेछन् । थुनामा परेको दश दिनभित्र उनी छुटीगए । घटनालाई सामसुम पार्न उनले थुनाबाट निस्किएपछि ठूलै रकम खर्च गरेछन् ।
ती बालिकाको बोलिदिने कोही नभएपछि उनले न्याय पाउने कुरै भएन बरु उल्टै त्यस बलत्कारीको धाक, धम्की र हप्की खानु परेछ । कुरो उसै साम्यसुम्य पारिएछ । घटनालाई त समान्यकरण गरियो । तर यसले दिर्घकालिन रुपमा एउटी अबोध बालिकाको जीवन मात्र बर्वाद गरेन अपराधिक गतिविधिलाई प्रसय दिने प्रबृत्ति मौलायो ।
लेखिका सारदा शर्मा भन्छिन् अस्टे«लियामा त्यहाँको टेलिभिजनले रिर्पोट गर्न सुझाउँदै हटलाईन नम्मरहरु दोहो¥याई दोहो¥र्या दिईरहेका हुन्छन् रे । महिला र बालबालिका माथी हिंसा भएमा खबर गर्ने वित्तिक्कै तत्काल प्रहरी घरमै आईपुग्छन्रे ? सुन्दा पनि अचम्म लाग्छ हामीलाई त हाम्रो नेपालमा चाँही अपराधिलाई समातेर प्रहरी चौकीमा बुझाउँदा समेत भोलीपल्टै अपराधी छुड्छ र फर्किएर आएर पिडित पक्षलाई धम्क्याउन थालिहाल्छ ।
यतिमात्र होइन हाम्रो समाजमा बलत्कृत बालिकाहरुलाई हेर्ने दृष्टीकोणमै समस्या छ । जसरी बालबालिकाहरुलाई अन्य विरामी पर्दा माया र सद्भाव दिने गरिन्छ त्यसैगरी बलत्किृत भएर विरामी परेका बालिकाहरुलाई मायाँ र सद्भाव दिने गरिँदैन । यो घटना भनेको असाध्यै संवेदनसिल घटना हो, जसद्धारा पिडित बालिकाहरु सारिरिक रुपमा सामान्य अवस्थामा आएपनि मानशिक रुपमा सामान्य अवस्थामा आउन धेरै समय लाग्छ ।
यस्ता घटनामा परेर विक्षिप्त भएका बालिकाहरु तनाब, त्रास, असुरक्षा र हिनताबोधले ग्रस्त भएका हुन्छन् । त्यसमाथी समाजले गर्ने फरक व्यवहारको कारणले उनीहरुमा मानसिक समस्या आउने खतरा प्रवल हुन्छ । अपराधि सिर उचो पारेर हिड्छ निर्दोस कलिला नानीहरु अपराधको सिकार हुन बाध्य हुन्छन् । सीताकै घटनालाई हेर्ने हो भने पनि चित्त बुझाउन सक्ने कही ठाउँनै छैन ।
परिवार, आफन्त, छरछिमेकी, शिक्षकहरु, स्थानिय पार्टीहरु कसैले पनि एउटी बालिकामाथी वर्षैदेखि भएको अन्यायलाई देखेको नदेखै गरेर बसेछन् । उनीकी आमाले समेत छोरीलाई न्याय दिलाउन कुनै पहल गरिनछन् । धिक्कर छ ती गाउँलेहरु जसले आफ्नै गाउँकी छोरीमाथी भएको निर्मम अपराधिक कर्मलाई टुलुटुलु हेरिरहे ।
यो भन्दा हृदय विहिन र गैर जिम्मेवार समाज कुन हुन सक्छ र ? अब त लाग्न थालेको छ यी बालिकाहरु पछि गएर समाजमा घुलमिल गर्न नसकेर कतै मानसिक रोगी त हुन पुग्दैनन् ? समाजका घृणा र तिरस्कार सहेर हुर्किएका यी बालिकाहरुले पछि सामाजिक उत्तरदायित्व पुरागर्न सक्ने सक्षम र सबल रुपमा आफुलाई विकसित गर्न सक्लान् ? उनको भविष्यमा हुने पारिवारीक जीवन कस्तो होला ? दाम्पत्य जीवन कस्तो होला ? उनले परिवार र समाजलाई के योगदान दिन सक्लिन् ?
हामीले उनीहरुलाई पूर्ण मान्छे बनाउनको निम्ति आजैदेखि पहल गर्न सकेनौँ भने उनीहरु पछि गएर समाजका बोझ पनि बन्न सक्छन् । सबैभन्दा पहिले हामी आफै स्पष्ट्र हुन जरुरी छ की बलत्कृत बालिकाहरुलाई अरु बालबालिका जस्तै समान व्यवहार गर्नुपर्दछ । उनीहरुमा आएको मानसिक आघातलाई न्यूनिकरण गर्न र सामान्य अवस्थामा फर्काउन अरुभन्दा बढी मायाँ दिनु पर्दछ मनोवैज्ञानिक परामर्स दिनुपर्छ ।
उनीहरुलाई हरेक काममा सबल र सक्षम बनाउन निरन्तर उत्प्रेरणा र मार्गनिर्देशन दिर्नुपर्दछ । निरन्तर अविभावकको निगरानीमा राख्नु पर्दछ । नियमित सरसल्लाह र सुझाब दिनुपर्दछ । सबैभन्दा बढी त यौन शिक्षा सम्बन्धि राम्रो ज्ञान दिनु पर्दछ । उनीहरुसँग यौन स्वाथ्य सम्बन्धि खुलेर कुरागर्नुपर्दछ । प्रेम, विवाह र यौनको बारेमा जानकारी गराउनु पर्दछ ।
उनीहरुमा सकारात्मक सोच भर्नुपर्दछ । बलात्कर केही पनि होइन यो भवितव्य दुर्घटना मात्रै हो यसले तिम्रो शारिरीक रुपमा केही पनि क्षति र असर पु¥याउँदैन भन्दै मानसिक उपचार गराउनु पर्दछ । बालबालिकाहरु विरामी पर्दा जसरी नियमित उपचार र उचित पौष्टीक तत्व सेवन गरी समान्य अवस्थामा फर्कन सक्छन् त्यस्तै बलत्कारमा परेका बालिकाहरु पनि उचित मायाँ, सद्भाव, उपचार र मानसिक उत्प्रेरणाको कारण सामान्य आवस्थामा र्फकन सक्छन् ।
सीताले भोगेको जस्तो पिडा कुनैपनि बालिकाले भोग्नु नपरोस् । आज उनी समाजबाट, साथीहरुबाट, परिवारजनबाट, शिक्षक शिक्षिकाबाट भेदभावको सिकार भई कलिलो उमेरमा स्कुल छोड्न बाध्य भईन् ? सीता त प्रतिनिधि पात्र मात्र हुन नेपालको कुनाकन्दरामा यस्ता हालतमा बाँचीरहेका कति बालिकाहरु होलान् ।
जसले जीवनको एक दशक पनि पार नगरी लागेको कलंकले गर्दा जीवनभरी आँसुमा डुबेर बाँच्न बाँध्य भईरहेका छन् । उनको बालमनोविज्ञान प्रत्यक्ष देखेपछि लाग्न थालेको छ सीता ! तिमी सक्षम र योग्य नागरिक बन्न सकौली के ? तिम्रो जीवनको कोपिला फर्किन नपाउँदै धुजाधुजा पार्ने त्यो अपराधीलाई सामाजिक बहिस्कार नगर्ने बरु उल्टै तिम्रो अबोध बाल मनोविज्ञानमा भेदभावको हिलो छ्याप्ने त्यो समाजबाट तिमीले कस्तो सस्कार सिक्दै हुर्कौली ? कसरी काटौली नानी तिमीले बाँकी जीवन ।



Post a Comment

0 Comments