उमेशको फोन आयो,‘सिवानी अनर्थ भयो त छिटो आईज ।’ सिवानीलाई कुरा बुझ्न मुस्किल प¥यो । र उसले भनी,‘के भयो उमेश ।’ उमेसले भन्यो,‘अरु केही नसोध त तुरुन्त आईज ।’ ऊ निश्कै आश्चर्यमा परी । यस भन्दा अगाडि उमेसले यसरी आत्तिएर फोन गरेको थिएन । सिवानीलाई लाग्यो पक्कै केही अनर्थ भयो । नत्र उमेश ढाट्ने खालेको मान्छे होइन । अझ सिवानीको कलेज भरीकै सबैभन्दा सोझो केटाको परिचय बनाएको थियो उमेसले ।
सिवानीले आत्तिएर फोन काटि र फटापट तयार भएर घरबाट निस्की । एउटा भयानक परिदृष्य उसको दिमागमा नाचिरहेको थियो । उमेस उसको चाहेको मान्छे । फेरी आफुले चाहेकै मान्छे जीवनमा पाईन्छ नै भन्ने पनि होइन । आफुले चाहेकै विषय पाईन्छ भन्ने पनि होइन । जीवनका हरेक असफलतासँग पैठेजोरी खेलेकी सिवानीको लागि सामान्य असफलता केही पनि होइन । जीवनमा आउने हरेक समस्याहरुसँग जुध्न ऊ तयार थिई । आज पनि उसले हरेक परि आउने समस्याको समाधान गर्छु भनेरे अगाडि बढेकी थिई ।
बाटोमा उमेससँग भेट भयो । सिवानीले आत्तिएर सोधी,‘के भयो उमेस’उमेस बोलेन । यस्तो लाग्छ ठिक यतिबेला उमेस सिवानीसँग निक्कै रिसाएको थियो । रिसाउनुको कारण भने सिवानीले थाहा पाउन सकिन । उसोत पहिले पनि उमेस सानो सानो कुरामा पनि रिसाई रहने मान्छे हो । झगडा गरिरहने प्रकृतिको मान्छे भएको कारण सिवानीलाई त्यति अनौठो त लागेन । उमेसको यो नराम्रो बानीसँग सिवानी राम्रैसँग परिचित थिई । तैपनि आज भने सिवानीलाई कस्तो कस्तो नरमाईलो भने फिल भयो । किनकी यतिविधि आत्तिएर फोन गरेको थियो । भेटेपछि भने उमेसको विचित्रको व्यवहारले सिवानी दिक्क भई । ‘तिमी बोल्छौ कि म फर्किऊँ ?’ अहिले भने सिवानी कड्किएरै बोली । नत्र उमेसको अगाडि यसरी झर्किएर कहिल्यै बोल्दीन थिई ।
अनौठो त के भयो भने उमेस ग्वा ग्वा रुन थाल्यो । सिवानी फेरी छक्क परी । उमेस सानो सानो कुरामा रिसाउथ्यो । तर त्यति छीटो रुने मान्छे होईन । तर आज के भयो ? उमेस एक्कासी रोयो । यो रुवाईमा पक्कै पनि असङ्य अनिष्टताको संकेत देखिएको छ । ‘भन त उमेस के भयो ?’ सिवानीले भनी । यतिबेला भने ऊ पहिले जस्तो झर्केकी थिईन । नरम भएर मायाँलु पाराले उमेसको कपाल चलाउदै बोलिरहेकी थिई ।
उमेशको मुखबाट एउटा शब्द निस्कियो जुन शब्दले सिवानी एकपटक मुर्छित भई । उसले चिच्याएर भनी । ‘तिमीले यति छिटो मलाई छोडेर जान सक्दैनौ उमेस ।’ उमेसले भन्यो,‘जानु पर्छ सिवानी यो संसारको नियम हो । प्रकृतिको नियमलाई भत्काउन सक्ने हामी को नै हौ र ?’ एकैछिन अगाडि रोईरहेको उमेसले अव भने सिवानीलाई आफै सम्झाउन थालेको थियो । परिपक्व व्यवहारकी धनी सिवानी भने सानो बच्चा जस्तै पिलपिल रुन थालेकी थिई । ‘भोली अप्रेसन छ सायद बाच्दिन होला यहि भेट हाम्रो अन्तिम हुन सक्छ सिवानी, आफुलाई समाल, जीवनमा धेरै प्रगति गर । म भन्दा राम्रो मान्छे पाउँछेस तैले ।’
त्यसपछि उमेस फटाफट बाटो लाग्यो । सिवानी उमेसलाई हेरेर निक्कैबेर रोईरही । उसलाई घर फर्किन मनै लागने । किनकिन उमेससँगै अस्पताल जाउँजाउँ लाग्यो । ऊ दौडिएर उमेसको पछिपछि गई । सिधै उमेसको घरमा जान मन लागेन । घरमाथिको पाखाबाट उमेसको आगनमा चियाई । वातावरण अलि भिन्न प्रकृतिको थियो ।
उमेसले ऊ सँग जे भनेको थियो । त्यस्तो केही थिएन उसको आँगनमा । उसले जे समाचार उमेसबाट सुनेकी थिई । त्यदि त्यसै हो भने त घरको माहोल एकदमै पिडादायी निरासापूर्ण हुनुपर्ने हो । तर त्यहाँ पिडा र बेदनाको कुनै प्रकारको भावनात्मक अभिव्यक्ति थिएन । बरु रौनकतापूर्ण नाचगान र होहल्ला थियो । सिवानीलाई कौतुहलता लाग्यो र बुझ्नका लागि जान खोजी तर आँट आएन । माथि पाखा तिर आउँदै गरेकी एकजना बटुवालाई भेटी र सोधी, ‘बाजे उमेसको घरमा के कार्य हो ?’ ती बाजेले हाँसेर जवाफ दिए । ए नानी भोली उमेसको विहे रे । त्यसैको रमझम हो ।’ बाजेको जवाफ सिवानीको लागि अर्को आश्चर्यता थियो ।
0 Comments