सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

कविताः एउटा सपनाको अन्त्य भुपि शेरचन

 


हामी आफुखुसी कहिल्यै मिल्न नसक्ने, कसैले मिलाई दिनुपर्ने 

हामी आफुखुसी कहिल्यै छुट्टीन नसक्ने, कसैले छुटाई दिनुपर्ने । 

पुरानो क्यारेमबोर्डको गोटी हौं । 

एउटा मनोरञ्जक खेलका सामाग्री 

आफ्नो गति हराएका, एउटा स्टाईकरद्धारा सञ्चालित हौँं । 

हामी मानिस कम र बढ्ता गोटी हौँ । 

कवि भुपि शेरचनको यो कविता बढ्दा आज पनि मलाई हाम्रो नेपाली राजनीतिको बास्थविकताले पोलिरहेको छ । राजनीतिक स्थिरता र नेपालको विकासको आशा बोकेका जनताहरुले कहिल्यै पनि अपेक्षा पुरा हुन सकेन । यो हुनुमा दोषि को विस्तारै बहस गर्दै गरौला । तर आज जे भैरहेको छ राष्ट्र र नागरिकको लागि पक्कै पनि राम्रो भैरहेको छैन । 

Post a Comment

0 Comments