सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

एउटा फरक कथाः चोट

  

जति पटक बोलाउँदा पनि दिले नबोलेपछि दिक्क भएकी हजुरआमाले अब उसलाई बोलाउनै छोडिन् । उनी आफै निक्कै असक्त र कमजोर थिईन् । यस्तो अवस्थाकी हजुरआमाले नातीको भावनात्मक उद्धेलनलाई बुझ्न सक्ने पनि कुरो भएन । उता दिले नबोल्नुको कारण भने अलि फरक थियो । हो दिले नबोल्न थालेको धेरै दिन भएकै थिएन । यति छोटो समयमा पनि मान्छेको जीवनमा भयानक परिवर्तन आउने रहेछ । दिलेको यसरी व्यवहार परिवर्तन हुनुको कारण भने समाजले बुझ्न सकेन । या भनौ कतिपय बुझेका मानिसहरुले पनि नबुझेझै गरिदिए । चुपचाप एकै ठाउँमा बसिरहने, खाना पनि नखाने, काम पनि नगर्ने, कसैसँग पनि नबोल्ने उसको अनौठो र परिवर्तित व्यवहारले सबैजना आजित भैसकेका थिए । 


अब विस्तारै दिले परिवार, समाज र साथीभाई बाट एक्लिदै गयो । पढाई छोड्यो, दैनिक गरिरहेको काम छोड्यो । धेरै जसो एकान्तमा टोलाएर बस्नु र अनौठो अनौठो व्यवहार देखाउनु उसको दिनचर्या हुन थाल्यो । अब परिवार र समाजले पनि उसलाई वेवास्था गर्न थालिसकेका थिए । किनकी दिलेले सामाजिक र पारिवारिक उत्तरदायित्व छोडिसकेको थियो । अब ऊ आजभन्दा भोली भन्दा पर्सि । दिन प्रतिदिन मानसिक रोगको चपेटामा पर्दै थियो । मानसिक रोगनै यस्तो अवस्था हो जुन रोग लागेपछि न विरामीले आफु विरामी भएको कुरा थाहा पाउँन सक्छ । न आफन्त र परिवारले विरामीलाई विरामी जस्तो व्यवहार गरेर सहज रुपमा उपचार गर्छन् । 

एक दिन दिले एक्कासी गाउँबाट हरायो । आफन्त र परिवारले केही दिन  त खोजतलास गरे । तर ऊ फेला पर्न सकेन । खोज्दा खोज्दा कति कतै केही पत्तो नलागेपछि आफन्तहरु निरास भएर फर्किए । दिले हरायो । त्यस पछि ऊ कहिल्यै फर्किएन । अनन्त कालका लागि वेपत्ता भयो । 

तर अझ पनि दिलेको हजुरआमालाई भने उसको यादले हरपल घोचि रहन्छ । तर दिलेको कुनै अत्तोपत्तो थिएन । सायद ऊ मरिसक्यो भनेर आफन्तले पनि मायाँ मारिसकेका थिए । तर हजुरआमालाई भने मनमा झिनो आशा बाँकि थियो । एकदिन दिले फर्कन्छ भन्ने कुरामा । 

साँच्चै गरिब र दलित परिवारमा जन्म लिनुनै दिलेको लागि जीन्दगीको सबैभन्दा ठुलो अभिसाफ बन्दियो । हो दिले कुनैदिन गाउँको सोझो र ईमान्दार केटा थियो । मिहेनति, लगनशिल र अनुसासित भएको कारणले छात्रबृत्ति पाएर उसले उच्च शिक्षासम्म अध्ययन गर्न सफल भएको थियो । तर दिलेको पारिवारीक अवस्था भने असाध्यै नाजुक थियो । 

बुबाको विदेशमा मृत्यु भएको दोस्रो वर्ष नै दिलेकी आमाले उसलाई छोडेर अर्को विहे गरिन् ।  त्यहि दिन देखि दिले टुहुरो भयो । आमाले छोडेर हिड्दा ऊ तीन वर्षको मात्र थियो । तीन वर्षको उमेर देखि ऊ हजुरआमासँगै हुर्किएको हो । हुर्किन त हुर्कियो तर पाउन पर्ने बालापनको मायाँहरु केही पाउन सकेन । किनभने दिलेकी हजुरआमालाई बुढ्यौलीले निक्कैनै च्यापिसकेको थियो । 

बढ्दो महंगी, परिवारको नाजुक अवस्थाको प्रत्यक्ष प्रवाब उसको मष्तिष्कमा शिधा रुपमा पर्दै गयो । अब दिरेले आफुलाई एक्लो, बेसहारा र असुरक्षित महसुस गर्न थाल्यो । अब उसलाई मायाँ गर्ने संसारमा कोही बाँकी छैनन् जस्तो लाग्न थाल्यो । याहि सम्झिएर ऊ धेरै दिन धुरुधुरु रोयो । 

उसको यो पिडालाई कसैले पनि गम्भिर रुपमा लिएनन् । र ऊ मानसिक रुपमा विक्षिप्त  हुँदै गयो । 

 विदेसमा कमाउन जाँदा बुबाको मृत्यु भएको । सानैमा आमाले छोडेर गएको । बुढ्यौलीले च्यापेकी हजुरआमाले आफु नखाई नखाई हुकार्को । गरिबीको चपेटा खेपेको सम्झीयो । सानै उमेरमा यति ठूलो बज्रपात पचाएको दिलेको दिमागलाई नेगेटिभ हर्मोनले जित्न थाल्यो । दिलेले आफैले आफुलाई समाल्न सकेन । आफुसँगै हुर्किदै गरेको सामाजिक र पारिवारीक दायित्व समेत उसको लागि बोझ बनेर आयो । यी सामान्य विषयलाई पनि व्यवस्थापन गर्न नसक्दा ऊ मानसिक रोगी भयो । 

यो कथाको सन्देश हो बैदेशिक रोजगारीले देशमा रेमिट्यान्स भित्र्याएको मात्र होइन । कति परिवारलाई उजाड पारेको छ । कति बालबालिकाहरुको नैसर्गिक अधिकार खोसिएको छ । जतिबेला उनिहरुलाई मायाँ चाहिएको हुन्छ त्यतिबेला अविभावकको माया पाउन नसकेपछि उनीहरु टुड्छन् । किसोर अवस्थामा उनीहरुलाई अविभावकको हौसला, प्रेरणा र संरक्षणको आवस्यकता पर्दछ । उनीहरुको उत्तर दायित्व परिवार र समाजले लिनु पर्दछ । आज कति किसोर किसोरीहरु उचित मार्गनिर्देशनको अभावमा कुलतमा फसेर आफैलाई बर्वाद पारिरहेका छन् । दिले एउटा प्रतिनिधि पात्र मात्र हो  । उसको जस्तो घटना अरु किसोर किसोरीहरुले भोग्नु नपरोस् । 

Post a Comment

0 Comments