सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

भ्लादिमिर पुटिनबाट शिक्नुपर्ने पक्षहरु ।

 

भ्यादिमिर पुटिनको नाम नसुन्नेहरु विरलै होलान् । उनको कार्यकालमानै रसियाको अर्थतन्त्रले काचुली फेर्यो । जबकि देशको खस्कदो अर्थतन्त्र उनको उदयपछि लगातार आठ बर्षसम्म बृद्धी भैरह्यो । त्यो अबधिमा क्रय शक्तिअनुसार मापन गरिने जिडिपी ७२ प्रतिशत बृद्धि भयो । आय २.५ गुणाले बढ्यो, ज्याला तलब ३ गुणा भन्दा धेरैले बढ्यो । गरिबी, बेरोजगारी, अशिक्षा विस्तारै घट्दै घट्दै  गए । शान्ति सुरक्षा, आत्माविस्वास र खुसी जीवनको स्तर उल्लेखनिय रुपले बृद्धी हुँदै गयो ।

ईराक युद्धपछि तेल र ग्यासको मुल्यमा भएको पाँच गुणा बृद्धि, कम्युनिष्ट शासन पछिको आर्थिक मन्दी र वित्तिय संकटबाट पुनः देश सामान्यकरण तर्फ उन्मुख भयो । वैदेशिक लगानीमा बृद्धी र विवेकपूर्ण आर्थिक तथा वित्तिय नीतिहरु ल्याईए । जसको परिणाम स्वरुप  राष्ट्रको अर्थ व्यवस्था निक्कैनै बलियो भयो । उनले ठूलो मात्रामा सैन्य सुधार र प्रहरी सुधारको काम  गरे । 

७ अक्टुबर १९५२ मा लेनिनग्रादमा  जन्मिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन संसारको  एक प्रभावशाली राजनीतिज्ञ हुन् । भनाईनै छ संसारका अरु धेरै शासकहरुले पुटिन जस्तो बन्न सपना त देखे तर उनी जस्तो बन्न कहिल्यै सकेनन् । उनी दुनियाको अद्भुत पात्र मध्य एक हुन् । कसैले कल्पनानै गर्न नसक्ने रसिया जस्तो बेथिति र भ्रष्ट्राटारले जकडिएको देशलाई उनले आजको विकाश र समृद्धपूर्ण राष्ट्रको रुपमा स्थापित गरिदिए । 

बाल्यकाल 

भ्यादिमिर पुटिन बच्चामा एक निर्दोस र सुन्दर बालक थिए । उनको जन्म हुनुभन्दा पहिलेनै उनको बुबाआमाको दुई सन्तान अर्थात दुईजना छोराहरुको मृत्यु भईसकेको थियो । उनी तेस्रो सन्तानको रुपमा जन्मिएका हुन् । बाल्य अवस्था देखिनै जिज्ञासु स्वावका पुटिन परिवार अत्यन्त धनी नभएर सामान्य परिवारमा हुर्किएका छन् । उनकी आमा कारखानामा काम गर्दथिन् भने उनका बुबा सोभियत तौसेनामा कन्सक्रिप्ट थिए । उनकी आमा एकदमै दयालु र मिलनशार स्वभावकी थिईन् भनेर उल्लेख गरेको पाईन्छ ।

 भ्यादिमिर पुटिनले प्रारम्भिक शिक्षा हासिल गरेपछि क्रममा लेनिनग्राड स्टेट विश्वविद्यालयबाट कानुनको अध्ययन गरे । त्यस पश्चात उनले राज्यको सुरक्षा मामिला हेर्ने निकाय केजीबीमा संलग्न भए । उनले केजीबी (राज्य सुरक्षा समितिका लागि) मा एक वर्ष विदेशी गुप्तचर अधिकारीको रुपमा पनि काम गरे । उनले पहिलो काम दोस्रो निर्देशनालयमा पाए । त्यहा उनको काम अमेरिकी गुप्तचर सिआईबीको बारे जानकारी संकलन गर्नु थियो । त्यसपछि उनलाई पहिलो निर्देशनालयमा बढुवा गरियो । त्यहाँ उनको काम विदेहशीलाई जासुसी गर्ने र विदेशीलाई बेजिबीमा भर्ति गर्नु थियो । उनले जागिर गर्दै जाँदा सोभिएत संघ विस्तारै विघठन उल्मुख हुँदै गयो । उनका पुराना शिक्षक सोन्चेक (अहिले नाम परिबर्तन गरिएका)े सेम पिटर्स वर्क मियर बनेका थिए । उनले पुटिनलाई आफुसँग काम गर्न निमन्त्रणा गरे । 

१९९० मा उनी सक्रिय केजीबी सेवाबाट लेफ्टिनेन्ट कर्नलको श्रेणीमा सेवानिबृत्त भए र सस्थाको बाह्य सम्बन्धको लागि उत्तर दायित्व सहित लेनिनग्राड स्टेट विश्वविद्यालयको प्रोरन्टर हुन रसिया फर्के । त्यसपछि उनी सेन्ट पिटर्सबर्गका पहिलो प्रजानान्त्रिक निर्वाचित मेयर सोबचकको सल्लाहकार भए । पुटिनले आफ्नो क्षमता प्रस्तुत गरेर चाँडै सोबचकको विश्वास जित्न पनि सफल भए ।  

सानै देखि  प्रतिभाशाली व्यक्ति 

हुने विरुवाको चिल्लो पात भनेझै भ्यादिमिर पुटिन बाल्यबालदेखिनै असाध्यै क्षमतावान् र चलाख बालक थिए । अन्तरिक्ष अनुसन्धानमा ख्याती कमाएका तत्कालिन सोभियत संघका राष्ट्रिय नायक युरि गागरिनको कथा सुनेर हुर्किएका उनी अन्तरिक्षयात्री बन्ने सपना देख्थे । 

किशोरावस्था देखिनै उनलाई विश्वका प्रमुख युद्धहरुमा जासुसहरुले खेलेको भुमिकाको बारेमा लेखिएको चर्चित कथाहरुले आकर्षित गर्दथे । जसको कारण पनि उनले सोभियत संघको गुप्तचर संस्था केजिबीमा सेवा गर्ने इच्छा राखे । त्यसका लागि कानुनको राम्रो ज्ञान हुनु आवश्यक थियो । उनले लेनिनग्राद राजकीय विश्वविलायलमा भर्ना भए । उनलाई बेजिबी ऐजेन्टको रुपमा सन् १९८५मा तत्कालिन पूर्वी जर्मनीमा नियुक्त गरियो । उर्जावान र प्रतिभाशाली युवा भएकै कारणले उनलाई पाँच वर्षमा एउटै कार्यालयभित्र दुईपटक बढुवा गरियो । सन् १९९०मा जर्मनीबाट फिर्ता भएपछि उनले लेनिनग्रादको मेयरको अन्राष्ट्रिय सम्बन्ध सल्लाहकारको रुपमा काम गर्न थाले । 

राजनीतिक जीवन 

१९९९ डिसेम्बरमा राष्ट्रपति येन्तसिनले कार्यकाल पुरा हुनुभन्दा अगाडिनै पदबाट राजीनामा दिए जसको परिणामस्वरुप तीन महिना भित्र राष्ट्रपतिको चुनाव गरियो । उक्त चुनावमा पुटिनले ५२.९४ प्रतिशत मत प्राप्त गरी विजय हासिल गरेका थिए । ९ अगस्ट १९९९ मा पुटिनलाई उपप्रधानमन्त्री नियुक्त गरिए । जसमा उनी तीन जना मध्य एक थिए । त्यही दिन राष्ट्रपति बेरिस येल्तसिनले उनलाई रुसी संघिय सरकारको कार्यबाहक प्रधानमन्त्रीको रुपमा नियुक्त गरे । 

त्यतिबेला उनलाई यल्तसिनले आफ्नो उत्तराधिकारीको रुपमा समेत प्रस्तुत गरे । त्यसदिन पुटिनले राष्ट्रपति पदको नुनाबमा लड्ने सहमति जनाए । १६ अगस्टमा, राजकीय डुमाले पुटिनको पक्षमा २३३ मत दिएर प्रधानमन्त्री पदमा उनको नियुक्तिलाई अनुमति दियो । बहुमतको लागि २२६ आवस्यक भएकोमा उनले साधारण बहुमत प्राप्त गरेका थिए । त्यसपछि उनी रुसको पाँचौ प्रधानमन्त्री बने 

सन् १९९९ डिसेम्बरमा राष्ट्रपति येन्तसिनले कार्यकाल पुरा हुनुभन्दा अगाडिनै आफ्नो पदबाट राजीनामा दिए र रुसको संविधान अनुसार उनी कार्यबाहक राष्ट्रपति बने । त्यसपछि उनले भ्रष्टाचार र यावत बेथितिहरुको अन्त्य गर्नको लागि कडाईका साथ कदमहरु चाल्न सुरु गरे । सन् २००४ मा उनी दोस्रो कार्यकाल पनि राष्ट्रपति निर्वाचित भए । रुसको संबैधानिक व्यवस्था अनुसार लगातार तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्न नपाउने व्यवस्था अनुसार उनले निर्वाचनमा भाग लिन पाएनन् र प्रधानमन्त्री बने । सन् २०१२ मा फेरी उनी तेस्रो पटक राष्ट्रतिमा निर्वाचित भए । २०१२ मा पुटिनले लगभग ६४ प्रतिशत भोटले पुन राष्ट्रपतिको तेस्रो कार्यकालमा समेत विजय हासिल गरे ।

समस्याको बीचमा पनि राजनीतिक प्रभाव घटेन 

सन् २०१४ को सुरुवातमा रुसले क्रिमियालाई आफ्नो देशमा विलय गरायो । त्यसपछि डोनबासको युद्धपछि तेलको मुल्यमा अन्तराष्ट्रिय प्रतिबन्ध लगाईयो । सन् २०१५ मा जीडिपि ३.७ प्रतिशतले घट्यो । सन् २०१६ मा रुसी अर्थ व्यवस्थामा ०.३ जीडीपी बृद्धि देखा प¥यो र मन्दी आधिकारिक रुपमा समाप्त भयो । तैपनि पुटिनले सन् २०१८ को चुनाबमा ६७ प्रतिशतले भोट प्राप्त गरी सन् २०२४ सम्मका लागि पुन राष्ट्रपतिमा निर्वाचित भए । किन राष्ट्र समस्यामा पर्दा पनि पुटिन प्रतिको जनताको आकर्षण घटेन भन्ने सवालमा कुरा गर्दा विश्लेषक हरु बताउँछन् कि 

जतिबेला रुस अझै संकटमा थियो अर्थात देश पुरै भ्रष्टाचारको दबदबामा भासिएको थियो । संगठित अपराध र माफियाहरुले देशलाई चुसिरहेका थिए । यस्तो विकराल स्थितिको बीचमानै उनी सत्ता समाल्न आईपुगेका थिए । उनले आर्थिक, सामाजिक र राजनीतिक रुपमा रसियामा कायापलट गरे र आफुपनि शक्तिशाली बने । निरन्तर लामो समय सत्तामा रहेर पनि कम आलोचना खेप्ने व्यक्तिहरु मध्य उनी एक हुन् । जनताले उनलाई रुचाएको देखिन्छ । रुसी राष्ट्रपति कार्यालय क्रेम्लिनका डेम्यूटी चीफ अफ स्टाफले उतिकै भनेका होइनन् ‘पुटिन विनाको रुस के रुस ?’

रोचक पक्षहरु

भ्यादिमिर पुटिन जुडोको खेलाडि हुन् । परराष्ट्र मामिलामा पुटिनले कृतिम बौदिकताको पक्षमा बोलेका छन् । उनले भनेका छन् कि ‘कृतिम बौद्धिकता भविष्य हो, रसियाको लागि मात्र नभई सम्पूर्ण मानव जातिका लागि यसबाट विशाल अबसर प्राप्त गर्न सकिन्छ ।’ उनको स्वभाव अत्यन्तै अनौठो खालको छ । जस्तोकि तब तपाईलाई कसैले हेप्छ अथवा आक्रमण गर्दछ भने त्यो भन्दा पहिल्यैनै आफुले उसलाई आक्रमण गरेर थला पारिदिनुपर्छ भन्ने रहेको छ । जस्तो कि नेपालीमा उखान जस्तो ढुंङ्गाले हान्नेलाई फुलले हान्ने होइन कि कसैले ढुङ्गाले हान्न खोजेको खण्डमा उसलाई ईटाले हानेर पहिल्यै थला पार्दिनुपर्छ भन्ने उनको मान्यता रहेको छ । उनी अन्त्यन्तै मिलनसार व्यक्तित्व पनि हुन् । उनका समिपमा रहेका साथीहरुले भने अनुसार उनी सहयोगी र हंस मुखि स्वभावका धनी पनि हुन् । 

पुटिनको मातहत, रसियाको नेटो र अमेरिकासँगको विभिन्न चरण हुँदै गुज्रियो । पुटिन पहिलो पटक राष्ट्रपति बन्दा सम्बन्ध साबधानीपूर्ण थियो । सन् २००१ सेप्टेब्र ११ को हमला पछि पुटिनले तुरुन्तै अमेरिकाको आतंकवाद विरुद्धको युद्धलाई समर्थन गरे र साझेदारीको अबसर देखा पर्यो । यद्यपि अमेरिकाले रुसी सिमाना सम्मै नेटोको विस्तार र एकपक्षीय रुपमा सन् १९७२ को एन्टी व्यालेस्थिक मिसाईल सन्धिबाट हात झिकेर प्रतिक्रिया दियो । जब रसियाले इराक युद्धको समर्थन गरेन र जब पुटिन आफ्नो आन्तरिक तथा विदेश नीतिमा पश्चिमसँग फरक र टाढा हुँदै गए, सम्बन्ध विग्रन थाल्यो । अमेरिकी मुलधारका मिडियाहरुले उनको विरोध गर्न थाले । 

सन् २०२४ राष्ट्रपति भ्यादिमिर पुटिनको कार्यकाल सकिदै छ । यो कार्यकाल सकिएपछि पनि फेरी उनी चुनाब लडेर सत्तामा बसिरहन सक्ने सम्भावना छ । सन् २०२४ मा फेरी उनी चुनाव लडेर निर्वाचित भएभने सन् २०३६ सम्म सत्तामा बसीरहन सक्छन् । एक्काईसौँ शताब्दीको रुसले केवल म्यादिमिर पुटिनलाई मात्र शीर्ष नेताका रुपमा चिन्दछ भन्ने चर्चित भनाईलेनै पुष्टि गर्दछ कि उनको रुसमा मात्र होइन विश्वमानै अधिक प्रभाव रहेको छ । 


Post a Comment

0 Comments