नेपाल पैसा नभएर होइन, देशको श्रोत साधनको उचित व्यवस्थापन नभएर पछि परेको हो । नेपाल गरिब मुलुक होइन, विकासको आदर्श मोडल तयार गर्ने सक्षम नेतृत्वको अभावको कारण परनिर्भर भएको हो । नेपालीहरुले जति मस्ति गर्न अरु देशका मानिसले कहाँ जानेका छन् र ? एम सिसिको कुल बजेट भन्दा कयौ गुणा बढी पैसा त नेपालीहरुले बिदेशी रक्सी पिएर सिध्याउँछन् ।
प्रणय दिवसमा गुलबको फुल खरिदको लागि मात्रै करौडौ पैसा बिदेश जान्छ । अरबौ पैसा त सुन र हिरा खरिदको लागि विदेशीन्छ । पशुपतिको भेटी मात्र भारतलाई दिनु नपर्ने हो भने एमसिसी जस्ता आयोजनाहरु कति सञ्चालन हुन्थे होला ? नेपालीहरुको आधा वर्ष त चार्डपर्ब, भोजभतेर, पार्टी, लुगा, गहना प्रदर्शन गरेरै वित्छ । सरल जीवन बाच्नको लागि त थोरै पैसाले पुग्छ ।
तर यहाँ मोजमस्तिको लागि भ्रष्टाचार गरिन्छ । नेपाली शासकहरुको भ्रष्ट मानसिकताको कारण दाताहरुले अनुदानमा समेत सर्त राख्न थाले । आजसम्म आएका अनुदान सहयोगहरु कसरी बालुवामा पानी हाले सरह भयो भन्ने उदाहरण विआरआई र एमसिसिका सर्तहरुले सावित गरिसकेको छ । कुन दिन देखि जाईका र एडिविहरुले पनि सर्त लगाउन बेर छैन । भ्रष्टाचार गर्नको लागि देशकै कानुन परिमार्जन गर्न सक्छन् हाम्रो देशको शासकहरु ।
त्यसैले नेपाली दाजुभाई दिदीबैनीहरु कृपया, मागेर मिठो खानु भन्दा आफ्नो पसिनाले कमाएको खोले खाएर बाँचौ । सकेसम्म बैदेशिस अनुदाननै नलिउ, लिनै परे यसको उचित सदुपयोग हुनेगरी लिउँ । एमसिसि लागु हुने साथै नेपालमा अमेरिकी सेनाले परेड खेल्छ भन्ने विषय चाहि सत्य होइन । उक्त आयोजना लागु हुने साथै नेपाको राष्ट्रियता धरापमा पर्ने भन्ने पनि होईन ।
बरु आजको विश्व राष्ट्रहरु बीचको अन्तरसम्बन्ध र निर्भरताको युग हो । एम सिसिकै कारण बैदेसिक सम्बन्धहरुलाई कटुतामा परिणत नगरौ । अमेरीका हाम्रो दुस्मन होइन । अमेरिका मात्र किन? विश्वको कुनैपनि राष्ट्रसँग नेपालको द्धन्द हुनु हुँदैन । दुस्मनी साच्नु हुँदैन । हाम्रो देश आफैमा सुन्दर र शान्त मुलुक हो । लाग्छ शक्तिशाली राष्ट्रहरुले पनि नेपाललाई शान्त रहेकै हेर्न चाहान्छन् । सुन्दर कुटनीतिक सम्बन्ध बनाउन चाहान्छन् ।
0 Comments