मुटु मानब जीवनको संवेदनशिल अंग हो । मुटु बीना हामी मानव शरीरको कल्पनासम्म गर्न सक्दैनौँ । मुटुरोग लागेर विश्वमा दैनिक लाखौ मानिसहरुको मृत्यु हुने गरेको छ । यो लेखमा हामीले मुटु रोग भनेको के हो ? यो लागेपछि के के हुन्छ र मुटुरोग लाग्न नदिनको लागि के के उपायहरु अबलम्बन गर्न सक्छौ भन्ने विषयमा चर्चा र परिचर्चा गर्ने छौँ ।
मुटुरोग एक कठिन शरिरीक समस्या हो । मुटुकोबारेमा थुप्रै अज्ञानता र अस्पष्टताहरु हुन सक्छन् । यो रोग लाग्नका कारणहरु भिन्न भिन्न छन् । कुनै मुटु रोग अस्वस्थ जीवनशैलीको कारण लाग्छ भने कुनै रोग जन्म जातै पनि हुन्छ र अरु विभिन्न कारणहरुले पनि हुन्छ । मुटुरोग धेरै किसिमका हुन्छन् । ती मध्ये सबैले सरल तरिकाले बुझ्ने हृदयघात हो ।
विशेषतः यो अस्वस्थ जीवनशैलीको कारण हुने गरे पनि यतिलाई मात्र आधार मान्न सकिदैन । कुनै वंशजको आधारमा जन्मजातनै आउने कारणले पनि रोगलाग्नुमा व्यक्तिलाई मात्र दोष दिन मिल्दैन । मुटुको रक्तसञ्चार गर्ने नदीहरु हुन्छन् । यो सिस्टममा गडबड हुनु मुटुरोग हो । रक्तनलीहरु विस्तारै साँघुरो हुँदै गएपछि यो रोग लाग्न थाल्छ । कतिपय हृदयघातहरु उपचार गर्न सकिने हुन्छ भने कतिपय हृदयघातहरु उपचार गर्न नसकिने हुन्छ ।
सामान्यतया एउटा बयस्क मानिसको मुटुको तौल ९ देखि ११ अंश हुन्छ । मानव शरिरको सबैभन्दा बलियो अगंको रुपमा पनि मुटुलाई लिने गरीन्छ । एक दिनमा मुटुले करिब दुई हजार क्यालन रगत पंम्प गर्छ । गर्भधान भएको करिब आठ महिना भित्रै मानिसको मुटुको निर्माण भैसकेको हुन्छ ।
केही समय अगाडि सम्म यो रोगलाई बुढ्यौली र धनी मानिसको रोग भनेर चिनिए पनि अहिले गरिब, आर्थिक अवस्था कमजोर भएका, नियमित काम वा व्यायाम गर्ने मानिसहरुमा समेत यो रोग देखिन थालेको छ । मुटु र रक्तनली सम्बन्धि रोगहरु गम्भिर प्रकारका हुन्छन् । त्यस बाट मानिसको तत्काल मृत्यु समेत हुन सक्छ । मुटु र रक्तनली सम्बन्धि रोगहरु विभिन्न प्रकारका छन् । जस्तै कोरोनरी मुटुरोग, हृदयघात, जन्मजात हुने मुटु रोग तथा उच्च रक्तचाप, मष्तिष्कघात आदि ।
मुटुरोगका लक्षणहरु
१. स्वास फेर्न गा¥हो हुनु ः यो रोग लागेपछिको पहिलो लक्षण भनेको स्वास फेर्न गा¥हो हुनु हो । सामाजिन्य हिडडुल गर्न पनि छाति भारी हुने । छिटोछिटो स्वास, प्रस्वास प्रक्रिया हुने गर्दछ । केहि बस्तुछले छातिमा अवरोध गरेजस्तो भई स्वास तान्न र छोड्न कठिन हुने गर्दछ ।
२.छाति दुख्नु ः मुटुरोगको अर्को लक्षण छाति दुख्नु पनि हो । सामान्य भन्दा फरक अवस्था हुनु र छातिमा कुनै गरौ बस्तु राखे जस्तो लक्षण देखा पर्नु यो रोग लागेको संकेत हो । स्वास तान्दा वा छोड्दा असामान्य परिस्थिति श्रीजना हुनु र कताकता सियोले छेडेको जस्तो लाग्नु पनि रोगको भयानक संकेत हो ।
३.पेटको माथिल्लो भाग दुख्नु ः मुटुरोगको अर्को लक्षण भनेको यो रोग लागेपछि भेटको माथिल्लो भागमा समेत समस्या देखिन थाल्दछ । खालिपटे हुँदा अथवा खाना खाईसकेपछि पनि भेटको माथिल्लो भागमा असामान्य तरिकाले पिडा महसुस हुन्छ भने यो मुटुरोगको लक्षण पनि हुन सक्दछ ।
४.घाँटी दुख्नु ः घाटी दुख्नु पनि मुटु रोगको लक्षण हो । घाँटी र मुटुको नशाहरु एक आपसमा अन्तर सम्बन्धित हुने कारणले गर्दा मुटुमा रोग लागेछि घाँटीमा समेत पिडा भएको अनुभब हुन थाल्दछ । सामान्यतया घाँटी दुख्नुलाई रुघाखोकीको लक्षण भनिन्छ, तर यथार्थमा त्यो मात्र नभएर लगातार घाँटी दुखिरहने समस्या छ भने यो भयानक मुटु रोगको लक्षण पनि हुन सक्छ ।
५.सामान्य भन्दा बढी मुटु ढुकढुक गर्नु ः सामान्य अवस्था भन्दा बढी मुटु धड्किन थाल्यो भने पनि यो मुटुमा खतरा रोग लागिसकेको लक्षण हुन सक्छ । जस कारण मानिसहरु अकाल मृत्यु झेल्न बाध्य हुन सक्छ । त्यसैले यसलाई गम्भिर रुपमा लिएर उपचार तर्फ लाग्नुनै यो रोगबाट बच्ने अर्को उपाय हुन सक्छ ।
६. धेरै पसिना आउने ः मुटुरोग लागेपछि अरु सामान्य अवस्थामा भन्दा बढी पसिना आउने । हिड्दा धड्कन बढ्ने हुन सक्छ । असामान्य तरिकाले विना कारण पनि पसिना आउने गर्न थाल्यो भने यो खतराको संकेत हुन सक्छ । त्यसैले धेरै पसिना आउनुलाई हेलचेक्याई नगरी उपचार तर्फ लाग्नुनै मुटुरोग बाट बच्ने अर्को उपाय हो ।
७. वाकवाक लागिरहने ः विना कारण वान्ता हुने अथवा वाकवाकी लागिरहन्छ भने पनि यो मुटु रोगको लक्षण हुन सक्दछ । चिरचिर पसिना आउने । खाली पेटमा पनि वाकवाकी लागिरहने लक्षण देखा प¥यो भने शरीरले केही खतराको संकेत दिँदै छ भन्ने बुझ्नु पर्दछ ।
८.काम नगरी बस्दा पनि थकान महसुस हुने ः जब शरिरमा केही नकारात्मक पक्षहरुले डेरा जमाई सकेको हुन्छ । त्यतिबेला मुटु रोगका कारण केही कामनै नगरी बस्दा पनि थकान महसुस हुने गर्दछ भने यो अनिष्टताको संकेत हो । सामान्य हलचल गर्दा र दैनिक जीवनका कामहरु गर्दा असहज महसुस हुन्छ भने पक्कै पनि यो मुटुरोगको लक्षण पनि हुन सक्दछ ।
९.विना कारण तनाब बहसुस हुनेः शरिरमा मुटुरोग लागेको अर्को लक्षण हो विना कारण तनाब बहसुस भैरहनु । शरिरमा देखिएको परिवर्तनको हरेक पक्षहरुलाई पहिलेनै दिमागले थाहा पाउने कारणले गर्दा पनि यो लक्षण देखिन सक्छ । जतिसुकै प्रयास गर्दा पनि खुसी नहुने संकेत देखियो भने यसलाई सामान्य रुपमा नलिएर चिकित्सकको सल्लाहमा जानु आवश्यक हुन्छ ।
१०. हात झमझमाउनेः यस्ता संकेतहरु हरु फरक–फरक कारणले गर्दा देखिने गरेपनि हात झमझम गर्नु पनि मुटुरोगको लक्षण हो । बेलाबेला हातमा सियोले घोचेजस्तो पिडा महसुस हुन थाल्यो भने शरिरमा केही नकारात्मक पक्षहरुको विकास हुँदैछ भनी बुझ्नु पर्दछ ।
११. बेलाबेला चेतना विहिन जस्तो हुनेः मुटुरोगको अर्को लक्षण हो बेलाबेला चेतना विहिन जस्तो हुने । जब शरिरको आवस्यकता अनुसारको मुटुले रक्तसञ्चार गर्न सक्दैन । त्यतिबेला मष्तिष्कमा प्रयाप्त मात्रामा रगत पुग्दैन र चेतना हराउने जस्ता संकेतहरु देखा पर्दछ । यसलाई सामान्य रुपमा नलिएर बेलैमा उपचार गर्न सकियो भने रोग निको पनि हुने गर्दछ ।
मुटुरोगबाट बच्ने उपायहरु ।
मुटुरोग सुन्दा जटिल छ तर जीवनशैलीमा सामान्य परिवर्तन ल्याए पनि यो रोगबाट बच्न सकिन्छ । विशेषगरी रोगहरु मानिसको सामान्य भन्दा समान्य कमजोरीको कारणले लाग्ने गर्दछ । जसबाट बच्नका लागि धेरै ठूलो मिहेनत पनि गर्न पर्दैन । खानपान र जीवन शैलीलाई अनुशासित बनायो भने पनि भयानक रोगहरुबाट बच्न सकिन्छ । पछिल्लो चरणमा मौलाएको अस्वस्थ जीवनशैलीको कारण पनि धेरै मानिसहरु मुटुरोगको चपेटा झेल्न बाध्य भईरहेका छन् । जसलाई न्युनिकरण गर्नको लागि डक्टरहरुले निम्न उपायहरु अबलम्बन गर्न सल्लाह दिएका छन् ।
१. चुरोट सुर्तिको सेवन नगर्ने ।
२. नियमित शारिरीक व्यायाम गर्ने ।
४. साग सब्जी र फलफुल बढी खाने ।
५.चिल्लो र अस्वस्थ खानेकुरा नखाने ।
७. पत्रुखानालाई पुरै त्यागदिने ।
८.मानशिक तनाब कम गर्ने ।
९. तौल ठिक राख्ने ।
१०. नियमित परिक्षण गर्ने ।
११. माछामासु अत्यधिक सेवन नगर्ने ।
१२. जाँडरक्सी अर्थात अल्कोहल जन्य पदार्थको प्रयोग सकेसम्म नगर्ने । कुनैकारणबस गर्नुपरेमा थोरै मात्रमा मात्र गर्ने । यसरी माथी उल्लेखित उपायहरु अबलम्बन गरौँ मुटुरोग लाग्न बाट बँचौ अनि शरिर र पैसाको क्षति नभोगौँ धन्यवाद ।
0 Comments