सागरको तरंगहरूले जोडेर । हिफाजत गरेर लुकाएर । हुर्काउदै छु म मेरो सपनालाई । आँचलमा छोपेर, छिपाएर । सानै छ ऊ अहिले । टुट्न सक्छ , फुट्न सक्छ । कमसल र कोमल छ । दुश्मनले लुट्न सक्छ । ज्वालामुखी हो ऊ झिल्को छ अहिले । मेघ उठ्नु अघिको मिल्को छ अहिले । जसरी हुर्काएकी थिईन् , मेरी आमाले मलाई, छोपेर पछ्यौरीले । त्यसरी नै हुर्काएँदै छु, सपनाको त्यो विज अहिले । आज ऊ सानो छ भर्दै छु रंगहरु । पढाउँदै छु एउटा पुराण । भोली ठुलो हुने छ । ऊ आफैमा ईन्द्रेही हुने छ , भर्नुपर्दैन रंगहरु । घोकाउनु पर्दैन सुगालाई झै ‘गोपी कृष्ण कऊ’ ऊ त आफैमा कृष्ण हुने छ । रच्ने छ कुरुक्षेत्र । खैचिएर तान्ने छ सातै समुद्रलाई । असत्य माथी सत्यको विषय । न्याय र समानताले भरीएको । एउटा स्वर्णीम समाज । हो, त्यही हो, मैले हुकाईरहेको मेरो सपना ।

चुनौतिको पर्खालभित्र छ हाम्रो सपना ।



 


मान्छेमा कमजोरी र खुबी दुबै गुण हुन्छन् । जन्मदा कसैले पनि विशेस क्षमता लिएर आएका हुँदैनन् । बाँकी कुरा परिवेशले निर्धारण गर्दछ । कसैले क्षमतालाई फलाउने, फुलाउने, हुर्काउने र खार्ने उचित वातावरण पाउँछन् भने कसैले आफुले जन्मसिद्ध लिएर आएको कला, क्षमता र योग्यतालाई हुर्काउने अवसरनै पाउँदैनन् र उसै मरेर जान्छ । जसले अवसर पाउँदैनन् क्षमता योग्यता र कला विहिन बनेर बाच्न बाध्य हुन्छन् उनीहरु । 

 यो बहसलाई नेपालको राजनीतिसँग जोड्ने कोसिस गरिएको छ । हामीले भन्दै आएका छौ वर्गीय समाजमा हरेक कुरा वर्गीय हुन्छ । यहाँ राजनीति पनि वर्गीय छ ।  जहाँ वर्गीय सत्ता छ त्याहाँ वर्गसंघर्ष हुनु स्वभाविक हो । समस्याको पहिचान गरौन गडबड सबै यसैमा छ । 

एउटा अबोध बालकले जन्मने साथै वर्गीय असमानताको झेल्न बाध्य हुन्छ । समान अवसर पाउँदैन । समान शिक्षा पाउँदैन । सम्मानित व्यवहार पाउँदैन । गरिबी र अपमानपूर्ण व्यवारको सिकार भएको एउटा बालकको मानसिकतामा विद्रोहको विऊ त्यहीबाट रोपिन्छ । आफुलाई बौद्धिक भन्नु रुचाउने नेपालका केही मान्छेहरुको झुण्ड छन् जो मानव अधिकारको ओकालत गरेर थाक्दैनन् । उनीहरुले कहिल्यै देख्दैनन् एउटा गरिबले शिक्षा र स्वाथ्यमा बहुँच नपुगेर गुमाएको मानव अधिकार । बरु देख्छन् अधिकार प्राप्तीको लडाईमा उठेका आवाजलाई अराजक र उग्र बामपन्थी भड्काव । 

केही मान्छेहरुले कुतर्क गरेको म सुन्न सक्छु ‘ अब राजनीतिक क्रान्तिको औचित्य सकियोः अब आर्थिक विकास तर्फ लाग्ने ।’ वास्थमा यथास्थितिवादी दृष्टिबाट सोच्ने उनीहरुने हुन् प्रगतिको बाधक हुन् ।  वर्गीय समाजमा हरेक मान्छे कुनै न कुनै विशेष वर्गको सदस्य भएर रहन्छः उसमा कुनै न कुनै वर्गको गहिरो छाप परेकै हुन्छ । 

एक सन्दर्भमा माओले भन्नु भएको थियो । क्रान्ति भनेको भोज भतेर होइन, न लेख लेख्नु हो, न चित्रकारी गर्नु हो, न त कारचोपी गर्नु हो, त्यो त्यति परिस्कृत हुँदैन त्यो त्यति सूविस्ताको र नम्र हुँदैन, यो शान्त, दयालु, शिष्ट, संयमित र उदार हुँदैन । क्रान्ति भनेको विद्रोह हो हिंसा द्धारा गरिने यस्तो कृया हो जसबाट एउटा वर्गले अर्को वर्गलाई पल्टाईदिन्छ । ’

क्रान्ति सत्तँ पल्टाउने लडाईनै हो । तर क्रात्किारीहरुले सत्रुहरु को हुन् । साथीहरु को हुन् यतिसम्म त चिन्नुपर्छ । विगतका सबै क्रान्तिकारी आन्दोलनहरु किन धोकामा टुङ्गीए भन्ने कुराको मुल जरो पनि थाहा छ । सच्चा मित्र र सच्चा दुश्मनको पहिचान गर्न नसक्नु एउटा कारण रहेछ । जुन हामीले अहिले पहिचान गरिसकेका छौँ । सबै पार्टी भित्र र सबै क्षेत्रभित्र हाम्रा सच्चा मित्रहरु  छन् । सबै पार्टी भित्रका सच्चा क्रान्तिकारी मित्रहरुलाई एकताबद्ध गराउने हाम्रो अभियान जारी छ । एक्लो बृहस्पति झुटा भने जस्तै एकाद पार्टी कार्यकर्ताले मात्र केही गर्न सक्दैनन्  । देशमा आमूल परिवर्तन ल्याउनको लागि सबै क्षेत्रका देश भक्त तथा परिवर्तन प्रेमी क्रान्तिकारी शक्तिहरु एक हुनै पर्छ । 

क्रान्तिकारी पार्टीले आम जनतालाई मार्गनिर्देन गर्छ । यथास्थितिवाद गतिशिलता तर्फ जैजानको लागि प्रेरीत गर्दछ । यतिबेला प्रतिक्रियावादीहरुको भ्रममा परेका हाम्रा असल भित्रहरुलाई क्रान्तिको बाटोमा लैजानको लागि केही समय कसरत गर्नैपर्छ । जस्तोकी सत्रुहरु आफै नास भएर जाँदैनन् । बाहीरी दुश्मनलाई परास्त गरिसकेपछि पनि भित्री दुश्मन बाँकीनै रहन्छन् । बन्दुक धारी दुश्मनसँग लडिसकेपछि बन्दुक विहिन बुस्मनहरु बाँकीनै रहन्छन् । क्रान्तिकारी शक्तिहरुलाई उनीहरुले बन्दुकले जित्न नसकेपछि मित्रको रुप धारण गरेर सषड्न्त्रपूर्ण तरिकाले फसाउन सक्छन् । 

क्रान्तिकारी शक्तिसँग प्रतिक्रान्तिकारीहरु अन्तिम स्वास रहुन्जेलसम्म लड्छन् । भिन्न भिन्न स्वरुप धारण गर्दै । हामी क्रान्तिकारीहरु पनि साम्राज्यवादी तथा राष्ट्रिय प्रतिक्रियावादीहरुसँग आखिरी स्वास रहुन्जेलसम्म लडिरहन्छौ । हाम्रो तरिकाले, युद्ध कौसलता अपनाउँदै । जबसम्म पुँजीवादी व्यवस्थाको ठाउँ समाजवादी व्यवस्थाले लिन सक्दैन । माओले भनेजस्तैःप्रतिकृयावादीहरु इतिहाँसका पाङ्रालाई पछाडि धकेल्न जतिसुकै कोसिस गरुन् छिटो वा ठिलो क्रान्ति भैछाड्छ र यसले विजय पनि पाईछाड्छ । 

तर पहिलेको परिस्थितिमा जनताको मन जित्न सजिलो छैन । हामीले जबसम्म काम गरेर देखाउन सक्दैनौ तबसम्म जनताको विस्वास जित्न सक्दैनौ । वास्थमा राजनीतिक क्रान्ति भनेको सत्ता पल्टाउने खेल नै हो । तर राजनीतिक क्रान्तिको नाममा अनावस्यक कार्यक्रमहरु थोप¥यौ भने जनताहरु सचेत हुन नपाउदै क्रान्तिको नाममा जाईलाग्ने काम गर्न खोज्यौँ भने त्यो दुस्साहवाद हुनेछ । 

जनतालाई उनीहरुको इच्छाको विरुद्ध बल प्रयोग ग¥यौ भने हामी निश्चयनै असफल हुनेछौँ । तर जनताले परिवर्तनको चाहाना गर्दा पनि पार्टी अगाडि बढ्दैन भने चाहिँ त्यो दक्षिणपन्थी अवसरवाद हो । 

धेरै पटक धोका, षड्न्त्र र जालझेलको सिकार भैसकेका नेपाली जनताले राजनीतिक पार्टीका उधारो आस्वासनलाई विस्वास गर्न छोडिसकेका छन् । काम हेरेर समर्थन गर्ने कुरामा नेपालीहरु सचेत भैसकेका छन्  । काम गरेर देखाउने क्रान्तिकारी पार्टीको लागि यो पक्कैपनि राम्रो कुरा हो । तर हरेक परिस्थितिमा जनतालाई भ्रममा पार्न सफल संसदवादी दलहरुले यस पटक पनि षड्न्त्रको सिकार बनाईछाडेको कुरालाई भने कसरी नकार्न सकिन्छ र ? 

१०४ वर्षसम्म राणा शासनको भ्रममा परेका नेपाली जनता । तीस वर्षसम्म पञ्चायतीहरुको भ्रममा परेका नेपालीहरुलाई यथार्थ धरातलमा ल्याउनको लागि दशवर्षे जनयुद्धको विगुल फुक्नु प¥यो  । अब पनि हामी समाजलाई स्थिर र चुपचाप रहन दिदैनौ । सचेतनाको विगुल फुक्छौ । परिवर्तनको आह्वान गर्छौ । न्युटनको चालसम्बन्धि दोस्रो नियम अनुसार स्थिर अवस्थामा रहेको बस्तु चाल अवस्थामा लान तथा चाल अवस्थामा रहेको बस्तु स्थिर अवस्थामा ल्याउनको लागि बल प्रयोग गर्नुपर्छ । हामी सचेनामूलक बल प्रयोग गछौँ । स्थिर अवस्थामा रहेको समालाई गतिशिल बनाउँछौ । साम्यवादी समाज स्थापना गर्नको लागि मार्ग तयार गछौँ ।

 कुनै व्यक्ति र पार्टी विशेष होइन सबै नेपालीलाई सँगै लिएर अगाडि बढ्छौँ । यस्तो समाजमा लिएर जान्छौँ जहाँ मानिसका सबै भौतिक आवश्यकताहरु पुरा हुन्छन् र समाजमा सभ्याताको पनि पूर्ण विकास भैसकेको हुनेछ । यस्तो समाजमा कुनैपनि व्यक्तिलाई कानुनको आडमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहने छैन । किनकी मानवले आर्थिक अभाव असमानता आदिका कारणलेनै आफुलाई सभ्य बनाउन नसकि अपराधिक कृयाकलाप गर्ने गरेको हो । त्यो समाजवादमा कुनै पनि भेदभाव नहुने भएकाले आवश्यकता अनुसार आर्थिक स्रोत पनि प्राप्त हुने हुँदा ऊ हरतरहले सभ्य र सक्षम भैसक्छ । समाजमा नकारात्मक कृयाकलापहरु हुँदैन । जसले गर्दा समाजनमा राज्य, शासन र कानुन कुनै पनि कुराको आवश्यकता पर्दैन । यस्तो सभ्य समाज निर्माण गर्न काँहा सजिलो छर ? त्यसैले चुनौतिको पार्खाल भित्र छ हाम्रो सपना ।



Post a Comment

0 Comments